All Posts By कोशी प्रेस

    Showing ७,५०१-७,५१० of १३,७३९ items.
  • उदयपुरको बेलका, केराबारी, सुन्दरहरैंचाका ३ जना ब्राउनसुगर सहित विराटनगरमा पक्राउ

    इटहरी ।  प्रहरीले उदयपुरको बेलका(२ का २० वर्षीय सुजन खड्कालाई आइतबार विराटनगरमा लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनको साथबाट ११ ग्राम ४ मिलिग्राम ब्राउनसुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबारै इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरोको प्रहरी टोलीले विराटनगर(१५ मोरङ केराबारी(३ का २४ वर्षीय उत्तम याक्खा, सुन्दरहरैंचा(५ का ४५ वर्षीय मातृका सुवेदीलाई ब्राउनसुगर सहित पक्राउ गरेको छ । प्रहरीले जनाए अनुसार उनीहरूको साथबाट २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ४३७ पटक पढिएको
  • बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

    इटहरी।  बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो । मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उहाँले बताउनुभयो । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ४१६ पटक पढिएको
  • चैत्र ८ गते इटहरीमा ‘नेपाल आइडल सिजन ६’ को अडिसन हुने

    इटहरी | नेपाल आइडल सिजन ६ को अडिसन इटहरीबाट सुरु हुने भएको छ ।  इटहरीमा चैत्र ८ गते विहिबार अडिसन हुने भनिएको छ । इटहरीको कस्तुरी कलेजमा बिहानै देखि अडिसन सुरु हुनेछ । इटहरीपछी पोखरामा चैत्र १२ गते र नेपालगंजमा चैत्र १६ गते आइडलको अडिसन हुनेछ । त्यसपछि काठमाडौँको अडिसन हुनेछ तर काठमाडौँ अडिसन डेट भने फाइनल भएको छैन । तर, चैत्र भित्र नै अडिसन हुने सम्भावना रहेको आइडलको प्रोडक्सन टिमले भनेका छन् ।  नेपाल आइडल सिजन ६ अघिल्ला सिजन भन्दा सभ्य र भव्य ढंगले गर्न लागिएको बताइएको छ । यसपटक निर्देशकमा एलीन श्रेष्ठ छन् । अघिल्लो दुई सिजनको निर्देशक सुरेश पौडेल भने प्रोजेक्ट हेडको रुपमा हुन

    • प्रकाशित मितिः चैत ४, २०८१
    • ८३२ पटक पढिएको
  • भोलानाथ मगरलाई कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघद्वारा सम्मान

    इटहरी | समाजसेवी एवं दानवीर भोलानाथ खप्तरी मगरलाई कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघले  विशेष सम्मान प्रदान गरेको छ। संस्थाको कार्यालय सञ्चालनका लागि उहाँले  रुपैयाँ नगद सहयोग गर्नुभएको छ। साथै, कार्यालयको व्यवस्थापनलाई सहज बनाउन स्टीलको दराज पनि प्रदान गर्नु भएको बन्दै संस्थाले मगरको योगदानको उच्च मूल्यांकन गर्दै, समाजमा उहाँको गरिमामय योगदानको साथ सम्मान गरेको हो  । संघका पदाधिकारीहरूले उहाँको सामाजिक उत्तरदायित्वको भावना प्रेरणादायी रहेको भन्दै आगामी दिनहरूमा समेत यस्तै सहयोगको अपेक्षा व्यक्त गरेको कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघका सचिव डम्बर बहादुर तामाङले बताउनुभयो

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ८०६ पटक पढिएको
  • सडकको डिभाइडरमा ठोक्किएर एम्बुलेन्स पल्टिदा चालक आशिष राईको मृत्यु

    इटहरी । एम्बुलेन्स चालक उदयपुर पञ्चायती ४ घर भई मोरङको बुढीगङ्गा(२ का २४ वर्षीय आशिष राईको शनिवार राती दुर्घटनामा मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार मोरङको बुढीगङ्गा(३ कोशी लोकमार्गमा पौने ११ बजे राती मनमाया स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स पल्टिदा राई गम्भीर घाइते भएका थिए । चालक राईलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगरमा पुर्‍याएपछि उपचारको क्रममा मृत्यु भएको हो । दक्षिणबाट उत्तर आउँदै गरेको एम्बुलेन्स अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ३७७ पटक पढिएको
  • धनकुटा शहिदभूमिका शिव राई समेत ६ जना युवा लागुऔषध सहित पक्राउ

    इटहरी । प्रहरीले धनकुटा शहिदभूमी गापा ४ का ३१ वर्षीय शिव राईलाई शनिवार विराटनगरमा लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा राईको साथबाट २ ग्राम ७१ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । यसैगरी बिर्तामोड(४ का अभिषेख साहलाई १ ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद झापाको प्रहरी टोलीले पक्राउ गरेको उनको बारेमा थप अनुसन्धान भइरहेको छ । पथरीशनिश्चर(२ का २५ वर्षीय दीपक तामाङ, २६ वर्षीय मनिस तामाङ, २० वर्षीय रोहन निरौला, २६ वर्षीय मानब लिम्बूलाई इ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ४५२ पटक पढिएको
  • पाहुना चराको फर्किने क्रम सुरु,जाडो छल्न तराई झरेका चरा आफ्नै वासस्थान फर्किन थाले

    इटहरी  । तराईमा जाडो  क्रमिक रूपमा कम हुँदै गएपछि जाडो छल्न आन्तरिक रूपमा बसाइँ सरेर तराई झरेका चरा पुनः आफ्नै वासस्थानतिर फर्कन थालेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायतका तराई क्षेत्रबाट पाहुना चरा फर्कन थालेका हुन् । चराहरू विशेष गरी जाडोमा अति जाडो र गर्मीमा अति गर्मी सहन सक्दैनन् । जाडोमा तराई र गर्मीमा आफ्नै स्थायी वासस्थानतिर फर्कने गरेको चराविद् अनिष तिम्सिना बताउनुहुन्छ । उहाँका अनुसार पूर्वीनेपालको दुई हजारदेखि तीन हजार उचाइको पहाडका आसपास क्षेत्रमा रहेका चरा जाडो छल्न तराई क्षेत्रमा झर्छन् र गर्मी लाग्न थालेसँगै पुर्वीपहाडी क्षेत्रमै फर्कन थाल्छन् । पहाडी र हिमाल

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ४७६ पटक पढिएको
  • हात्ती नियन्त्रणको योजना ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग

    इटहरी । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरेको छ । जङ्गली हात्तीको आक्रमणमा परेर केही समययता कमल गाउँपालिकामा चार जनाको ज्यान गइसकेकाले सो पालिकाले प्रधानमन्त्री ओलीलाई यस्तो कार्यक्रमको माग गरेको हो । दिनहुँ जसो जङ्गली हात्ती मानवबस्तीमा पसेर जनधनको क्षति पु(याउन थालेको बताउँदै प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यस्तो माग प्रस्तुत गर्नुभएको हो । पूर्वपश्चिम राजमार्गको उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलबाट हात्ती गाउँबस्तीमा पस्ने गरेका छन् । अध्यक्ष राईक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ३२४ पटक पढिएको
  • नेकपा एमाले सम्वद्ध नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ताप्लेजुङको अध्यक्षमा मदनकुमार सेन्दाङ लिम्बू चयन

    इटहरी  । नेकपा एमाले सम्वद्ध नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ताप्लेजुङको अध्यक्षमा मदनकुमार सेन्दाङ लिम्बू चयन हुनुभएको छ । सङ्गठनको १४ औं जिल्ला अधिवेशनले सेन्दाङ अध्यक्ष रहेको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा क्षितिजकुमार गौतम, महिला उपाध्यक्षमा पूजा साम्सोहाङ, सचिव रुपेन्द्र वनेम, सहसचिव माया तामाङ, कोषाध्यक्ष नरेन्द्रकुमार अधिकारी र सहकोषाध्यक्षमा सरला नेपाली चयन हुनुभएको छ । सङ्गठनको ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेश समितिका अध्यक्ष महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो । सङ्गठनको विधानमा भएको व्यवस्थाअनुसार

    • प्रकाशित मितिः चैत ३, २०८१
    • ३२१ पटक पढिएको
  • झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा चितुवाको आतङ्क

    इटहरी । झापाको मेचीनगर नगरपालिका वडा नं। ४ बाहुनडाँगीमा एकसाता यता चितुवा आतङ्कका कारण स्थानीय त्रसित भएका छन्। चितुवाले गाईबस्तु तथा बाख्रा मार्न थालेपछि स्थानीय आतङ्कित भएका हुन्।  दैनिक चितुवा देखिन थालेको र यसले क्षति पुर्‍याउदा स्थानीय त्रसित भएको वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। उहाँका अनुसार चितुवा आतङ्कको विषयमा डिभिजन वन कार्यालय झापा र सरोकारवाला निकायमा जानकारी गराइएको छ।  वन डिभिजन कार्यालय झापाले चितुवा नियन्त्रणका लागि आवश्यक खोर बनाएर टोली पठाउने जानकारी पाएको कार्कीले बताउनुभयो। हात्तीको रेखदेख र सूचना दिँदै आएको स्थानीय र्‍यापिट रेस्पोन्स टिमले

    • प्रकाशित मितिः चैत २, २०८१
    • ३४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]