All Posts By कोशी प्रेस

    Showing ७,५५१-७,५६० of १३,७३९ items.
  • ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका द्धारा कृषक, कर्मचारी र पत्रकार सम्मानित

    इटहरी  । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कृषक, कर्मचारी तथा पत्रकारलाई पुरस्कृत गरेको छ। गाउँपालिकाले ८ औँ स्थापना दिवसको अवसरमा चार–चार जना कृषक र कर्मचारी तथा एक जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो। पालिकाले विभिन्न वडाका चार जना उत्कृष्ट किसानलाई जनही ५० हजार रुपियाँका दरले पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबोले जानकारी दिनुभयो। उहाँका अनुसार वडा नम्बर १ नाङ्खोल्याङका प्रकाश राई, वडा नम्बर २ थेचम्बुका लक्ष्मी कटुवाल, वडा नम्बर ३ तिरिङ्गेका राजकुमार इजम र पदमजङ लिम्बूलाई समान ५० हजार रुपियाँसहित प्रशंसा पत्रले सम्मान गरिएको हो। लामो समय अगाडिदेखि स्थानीय गा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ३८१ पटक पढिएको
  • मोरङमा सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा

    इटहरी ।  सिमसार क्षेत्रको अतिक्रमणले मोरङमा कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा कछुवाको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् । बेलबारीमा रहेको बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो । अहिलेसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् । सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्त्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको प्राणी शास्त्रका उपप्राध्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २३० पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

    इटहरी । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६, व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् । प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४२१ पटक पढिएको
  • नो केबुलकार पक्षद्वारा चरणबद्ध आन्दोलन घोषणा, अनिश्चितकालीन यातायात बन्दसहितको कार्यक्रम सार्वजनिक

    इटहरी। ताप्लेजुङको पाथीभरा ९मुक्कुमलुङ० क्षेत्रमा निर्माण गर्न थालिएको केबुलकारको विरोध गर्दै आएको ‘नो केबुलकार’ पक्षले अर्को चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।नो केबुलकार पक्षअन्तर्गत मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदीलय सङ्घर्ष समितिले अनिश्चितकालीन यातायात बन्दसहितको कार्यक्रम सार्वजनिक गरेको हो। मुक्कुमलुङ संरक्षण र केबलकार खारेजको मुद्दा टुङ्गो नलागेसम्म वार्तालाई खुला राख्दै सार्वजनिक कार्यक्रमअन्तर्गत जनसभा, आमसभा, अनशन र यातायात बन्दसमेत रहेका छन्। फागुन २८ गते बुधबार काठमाडौँमा बुद्धिजीवी भेला गर्दै आन्दोलनको कार्यक्रम सुरु गर्ने विज्ञप्तिमा उल्लेख गरिएको

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४२३ पटक पढिएको
  • ताप्लेजुङमा निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको नेपालकै ठुलो जलविद्युत आयोजना माथिल्लो तमोरको कामले तीव्रता पाउने

    इटहरी । ताप्लेजुङमा निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको नेपालकै ठुलो जलविद्युत आयोजना माथिल्लो तमोरको कामले अब तीव्रता पाउने भएको छ । कुल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना सञ्चालनमा रहेको विवादको समाधान भएसँगै निर्माणको कामले तीव्रता पाउने भएको हो । आयोजनाको मुख्य प्रभाव क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकाको समन्वयमा भएको सर्वपक्षीय छलफलमार्फत सहमति बनेपछि कामले तीव्रता पाउने भएको छ । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार आयोजना सञ्चालनमा रहेको विवाद समाधानका लागि सात बुँदे सहमति भएको छ । आयोजना सञचालन गर्दा खानेपानीको मुहान तथा स्रोत सुक्ने, सि

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ४७९ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह मङ्गलबार हुँदै

    इटहरी । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह मङ्गलबार हुँदै छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउँदै हुनुहुन्छ । सूचना अधिकारी अधिकारीका अनुसार कला सङ्कायतर्फ २०४, कानुनतर्फ ४९७, शिक्षाशास्त्र सङ्कायतर्फ ९०६, व्यवस्थापन सङ्कायतर्फ दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ  ६५४ तथा इन्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित हुने छन् ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ३९० पटक पढिएको
  • विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा

    इटहरी । विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । भन्सार कार्यालयमा मालवस्तु जाँचपास गराएर उद्योगमा अनलोड गरेर फर्कंदै गरेको र मालवस्तु बोकेर जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर प्लेट समान भेटिएपछि अनुसन्धान सुरु गरिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले घटनापछि दुवै ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । राजस्व छलीको सम्भावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जिएच ०४३३६ नम्बरका दुई गाडी नियन्त्रणमा लिइएको हो । उद्योगबाट सामान अनलोड गरेर भन

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ३४९ पटक पढिएको
  • अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शन धनकुटामा सम्पन्न

    इटहरी। अन्तर्राष्ट्रिय रङ्गकर्मीको एक समूहले धनकुटामा विभिन्न देशका सडक नाटक प्रदर्शन गरेको छ । धनकुटा नगरपालिका–५ स्थित कोप्चेमा सर्वनाम नाटक संस्थाको सहयोगमा कोप्चे पुनर्जागरण अभियानको आयोजनामा नाटक आयोजना गरिएको हो । प्रदर्शनमा नेपाल, भारत बङ्गलादेश, दक्षिण कोरिया, फिलिपिन्स, जापानलगायत १७ देशका ४० जना कलाकारको सहभागिता रहेको छ । नाटक मूर्त र अमूर्त रूपमा प्रस्तुत गरिएको थियो । धनकुटामा विभिन्न देशका नाटक प्रदर्शन गरिएको अभियानका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो ।  सडक नाटक धनकुटालगायत बैङ्कक, ढाका, काठमाडौँ, सिओल, भुवनेश्वर, लिल, साङ्घाई, बुसान, हङकङ, लन्डन, टोकियोलगायतका स्थ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २७४ पटक पढिएको
  • पूर्वराष्ट्रपतिसहित चालिस जना अभिनन्दित

    इटहरी । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवलाई उज्ज्वल इनरुवावासीले अभिनन्दन गरेका छन् । इनरुवामा उज्ज्वल सुनसरीले उहाँसहित ४० जनालाई अभिनन्दन तथा सम्मान गरेको हो । सम्मान कार्यव्रmममा प्रथम राष्ट्रपति डा। रामवरण यादवले देशको पर्यावरण बचाउन र चुरे संरक्षण आवश्यक रहेको बताउनुभयो । यादवले देशको परिवर्तन ल्याउनमा आफ्नो मात्रै नभई देशका सम्पूर्ण जनताको उत्तिकै भूमिका रहेकाले कसैले चाहँदैमा अर्को व्यवस्था आउने कुरा दिवा सपना मात्रै हुने टिप्पणी गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र केही गतिविधिप्रति लक्षित गर्दै यादवले जनताको त्याग, बलिदानी र सङ्घर्षबाट प्राप्त भएको लोकतन्त

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २४६ पटक पढिएको
  • झापाको बिर्तामोडमा ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते

    इटहरी।  झापाको बिर्तामोडमा  ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते बनेका छन् । सोमवार राती १ बजेको समयमा तरबार प्रहारबाट एमाले निकट युवा सङ्घका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ वर्षीय खगेन्द्रराज आङदेम्बे९राज०, एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ वर्षीय विश्वदीप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० वर्षीय अजय खवास घाइते भएका हुन् । घाइतेहरू सबैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केन्द्रीय सदस्य खगेन्द्रको आइसियुमा र बाँकीको अवस्था सामान्य रहेको  इलाका प्रहरी कार्याल

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • २५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]