All Posts By कोशी प्रेस

    Showing ७,६७१-७,६८० of १३,७४३ items.
  • तरहरामा फागुन २४ गते ‘१० के रन’, दुई हजार बढी धावक सहभागी हुने

    इटहरी ।  इटहरी २० तरहरामा यही फागुन २४ गते शनिबार दोस्रो तरहरा ‘१० के रन’ आयोजना हुने भएको छ । शुक्रबार  पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताबारे जानकारी दिइएको हो । दौड प्रतियोगितामा दुई हजार दुई सय धावक, धाविकाहरू सहभागी हुने बताइएको छ । कोशी प्रदेश सहित र खासगरी भारतको सिक्किम, दार्जिलीङ, मिरिकलगायतबाट धावक, धाविकाहरू सहभागी हुने तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए । उनका अनुसार विभिन्न आठ वटा विधामा दौड प्रतियोगिता हुनेछ । जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी हुनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारस

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ६०९ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त हाम्रो समाजमा मनाइने पर्वले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अग्रसर हुन प्रेरणा मिल्ने बताउनुभएको छ ।  उहाँले नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यही विशेषताले नेपालीलाई सदियौँदेखि एकापसमा सहकार्य, समन्वय र बन्धुत्वको भावनाका साथ अघि बढ्न सहयोग पुर्‍याएको सन

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ३०८ पटक पढिएको
  • जिल्ला अस्पताल खोटाङमा बेवारिसे शव अलपत्र

    इटहरी । जिल्ला अस्पताल दिक्तेलमा बेवारिसे वृद्धको शव अलपत्र परेको छ । त्रि–धार्मिक स्थल हलेसीमा बेवारिसे अवस्थामा बस्दै आएका अन्दाजी ६०र६५ वर्षका वृद्धको मृत्यु भएपछि शव अलपत्र परेको हो । सोलुखुम्बु जिल्ला घर र आफुलाई पेम्बा शेर्पा बताउने वृद्ध करिब २ वर्ष यता हलेसी मन्दिर नजिकै बस्दै आएका थिए । उक्त वृद्धको बिहिबार मृत्यु भएपछि पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । आफन्त खुल्न नसकेपछि अस्पतालको शव गृहमा वृद्धको शव अलपत्र परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख ९डिएसपी० प्रतिक बिस्टले बताउनुभयो । हलेसीमा मन्दिर नजिक मागी खादै बसेका वृद्ध बिहिबार दिउँसो साढे ३ बजेको समयमा सुतेकै ठा

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • २१५ पटक पढिएको
  • कोशी प्रदेशसहित देशको विभिन्न भागमा भूकम्पको धक्का

    इटहरी/ कोशी प्रदेशका विभिन्न भागमा रातको २:५२ बजे ठूलो  भूकम्पको धक्का गएको छ। स्थानीयहरू त्रसित भएर घर बाहिर निस्किएका छन् ।काठमाडौँ लगायत विभिन्न देशको विभिन्न भागमा भूकम्पको धक्का महसुस राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्डलाई केन्द्र बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको जानकारी । कहाँ कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको छ।

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ३२८ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिका १० वडा कर्यालयले गर्यो 'बाग्लुङ नगरपालिका वडा-१ को स्वास्थ्य चौकी र वडा कार्यलय अवलोकन

    सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा-१०, प्रकाशपुर स्वास्थ्य चौकीका सम्पूर्ण स्वयंसेविकाहरूले आफ्नो वडा भरिको स्वास्थ्य कार्यक्षेत्रमा सेवा सुविधा बारे  सम्बन्धमा बाग्लुङ नगरपालिका वडा-१ की रामरेखा स्वास्थ्य चौकि प्रमुख अनिता राजभण्डारीसंग स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया गरेका छन । साथै बराहक्षेत्र नगरपालिका वडा १० का वडा सचिब श्री प्रसाद उराउ लगायत वडा सदस्यहरु र वडा कर्मचारीहरुको उपस्थितिमा बाग्लुङ नगरपालिका वडा १ रामरेखा को वडा कार्यालयमा गई वडा जनप्रतिनिधिहरुसँग वडा कार्यालयको कार्य अवस्था बारे अन्तरक्रिया गरी अवलोकन गरिएको छ भन्ने जानकारी वडा सचिबले दिएका छन्। यस अवसरमा दु

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ५८४ पटक पढिएको
  • ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु

    इटहरी । ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाले आजदेखि मेचीनगरअन्तर्गतका मुख्य सडकमार्गमा ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम ९टिभिआरएस० प्रणाली लागु गरेको छ । काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागु भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाएवापत दण्डित सवारी चालकले नगदको सट्टा बैंकिङ प्रणालीबाट कारोवार गर्नुपर्ने हुन्छ । यसअघि झापाको विर्तामोड र दमकमा सुरु भएको टिभिआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पु¥याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • २४४ पटक पढिएको
  • ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति

    इटहरी  । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा आठ लाख रुपियाँ बराबरको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङस्थित इन्द्रबहादुर निरौलाको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो ।  निरौलाको ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको ३ तले घरमा विद्युत् सर्ट भई अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक डीएसपी रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी भएको भन्ने खबर पाउनासाथ तत्काल प्रहरी चौकी हाङपाङबाट प्रहरी टोली खटाइ स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।  आगलागीबाट घरभित्र रहेको अन्नपात, भाँडाबर्तन र लत्ता

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ३२६ पटक पढिएको
  • पाँचथरको हिलिहाङ गाउँपालिका २ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, दुई घाइते

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका २ मा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेका २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हिलिहाङ १ मा सञ्चालित माङसेवा बोर्डिङ स्कुलका विद्यार्थी बोक्ने मे १ ज ३०७३ नम्बरको बलेरो सडकदेखि तल खस्दा गम्भीर घाइते भएका हिलिहाङ १ निवासी ३५ वर्षीय हेमराज योगीको निधन भएको हो । घटना स्थलबाट गम्भीर अवस्थामा उद्धार गरेर ल्याइएका योगीलाई राती पाँचथर अस्पताल ल्याइ पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा हिलिहाङ १ का २६ वर्षीय विनोद तामाङ,र २० वर्षीय मनिष लिङदेन घाइते भएका हुनुभएको छ । उहॉहरु मध्ये तामाङको अवस्था गम

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • २२९ पटक पढिएको
  • खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु

    इटहरी  । खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने बाँस सम्मेलनको बिहीबार सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गर्नुभएको हो । सम्मेलनको दिक्तेलस्थित कभर्डहलमा औपचारिक उद्घाटन गरिएको छ । नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रम स्थल र बाँसकै स्टलहरु निर्माण गरिएको छ। सम्मेलनमा बाँसजन्य सामाग्री, स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्न परिकार प्रदर्शनका लागि ५१ वटा स्टल राख्ने तयारी आयोजकले गरेको छ । सम्मेलनको पहिलो दिन सबै स्टलहरु भरिएका छैनन् । यस्तै, म

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • २८८ पटक पढिएको
  • इलाममा पिकअप दुर्घटनामा २५ जना घाइते

    इटहरी । इलामको  माई नगरपालिका–१ मा बिहीबार दिउँसो पिकअप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। माई नगरपालिकाकै महमाईबाट दानाबारीतर्फ नेपाल मगर सङ्घको कार्यक्रम आउँदै गरेको प्रदेश १–०२–००२ च। ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो।  घाइतेमध्ये २४ जनालाई माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएको छ स्थानीय विमल दाहालका अनुसार घाइते एक जनाको माई अस्पतालमा उपचार भइराखेको छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। 

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • २६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]