इटहरी। जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना ९आरसीआइपी० कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र रु ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो । शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्र
इटहरी। एक सातादेखिको लगातारको बन्दका कारण स्वदेशी पर्यटकको भिड लाग्ने इलामको अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्र सुनसान छन् । ताप्लेजुङ पाथीभरा मन्दिरमा केबुलकार निर्माण र त्यसपछि उत्पन्न विवादपछि गरिएको बन्दले इलामका प्रमुख पर्यटकीय स्थल अन्तु, कन्यामसहितका क्षेत्र सुनसान बनेका हुन् । लगातारको बन्दका कारण मेची राजमार्गमा यातायात सञ्चालन हुन नसक्दा पर्यटक आउन छाडेपछि पर्यटकीय क्षेत्र सुनसान भएका हुन् । सूर्योदय नगरपालिकाको कन्याम, अन्तु, रोङ गाउँपालिकाको सानो पाथीभरा मन्दिर, सन्दुकपुर गाउँपालिकाको सन्दुकपुरडाँडा, देउमाई नगरपालिकाको पानीटार, इलाम नगरपालिकाको इलाम बजार क्षेत्र सुनसान छन् । कन्य
इटहरी। एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भइरहेको छ । सडक विस्तारका लागि २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको हो । एक वर्षको अवधिमा ११ प्रतिशत भौतिक र ६।५५ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना निर्देशनालय ९एडिबी० का निर्देशक चूडाराज ढकालका अनुसार माघ १९ मा काम सुरु भए पनि रुख कटान, बिजुलीका पोल सार्ने, खानेपानीका पाइप स्थानान्तरण गर्ने, केबल नेटका तार हटाउनेलगायतका कामले साइट क्लियर गर्न बढी समय खर्च भयो । अझ असोजसम्म परेको काम गर्न ‘डिस्टर्ब’ भयो । उहाँले अब समग्रमा मासिक ३।५ प्रतिशतको भौतिक
इटहरी । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकतासमेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक ९डोली पैसा० छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक ९डोली पैसा० छापिएको ऐतिहासिक बजार हो टक्सार । भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको
इटहरी। ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको नो केबलकार समूहले सडकमा रुख ढालेर अवरोध गरेको छ । आम हड्तालको आह्वान गरेको समूहले मङ्गलबार मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्ध गरिएको हो । सडकमा अवरोध सिर्जना गरिएपछि राति बिरामी लिएर सदरमुकाम आउँदै गरेका एम्बुलेन्स बाटैमा रोकिएको छ । सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसुती गराउन नसकिए पछि हिलिहाङ २ देखि फिदिम ल्याइँदै गरेको हिलिहाङ १ की कल्पना जोगी तामाङलाई बोकेको एम्बुलेन्स सडमै रोकिँदा बिरामीको बिचल्ली भएको हो । पाथिभरामा केबकार निर्माण प्रकृयाको विरोध ग
इटहरी । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका १ स्थितबाट एक नाल भरुवा बन्दुकसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय बिर्खराज राई रहेका छन् । राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रवि रावलसहितको प्रहरी टोलीले पक्राउ गरेको हो । राईको घर खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेकोसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरुवा बन्दुकसहित पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधि भण्टाबारीले जितेको छ । सम्पन्न फाइनल खेलमा भोक्राहालाई ५ विकेटले पराजित गर्दै कोशी क्रिकेट क्लब भण्टाबारी दोस्रो वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको च्याम्पियन बनेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ् गर्दै भोक्राहाले १८ औं ओभरमा अल आउट हुँदै ५९ रनको योगफल तयार पारेको थियो । ६० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ् गरेको भण्टाबारीले १० औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भण्टाबारीलाई च्याम्पियन गराउन सकिल अहमदले सर्वाधिक ४ विकेट लिए भने सहवाज आलम र आल्मिन आलमले २–२ विकेट
इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा तिनै तहका सरकार ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेका धार्मिक सम्पदाका संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणका काममा लागेका छन् । नगर क्षेत्रका धार्मिक स्थलमा दैनिक रूपमा देशविदेशबाट धार्मिक पर्यटक दर्शनका लागि आउने गरेका छन् । भारतको विहार प्रदेशसँग नजिकको दुरीमा रहेको छ वराहक्षेत्र नगर । यहाँ विहारबाट उल्लेखनीय रूपमा तीर्थालु, व्रतालु तथा धार्मिक पर्यटक वराहक्षेत्र, चतरा धाम, औलिया मठ र रामधुनी मन्दिरको दर्शन गर्न आउने गरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । वराहक्षेत्र नगरपालिकामा रहेको औलिया मठ क्षेत्र, वराहक
इटहरी । सुनसरीमा सरस्वती पूजाका लागि एक हजारभन्दा बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारका अनुसार एक हजार बढी मूर्ति बिक्री हुँदा एक करोडको आर्थिक कारोबार भएको छ । एक महिनाअघिदेखि आकर्षक रूपमा बनाएको मूर्तिबाट राम्रो आम्दानी गरेको इनरुवाका मूर्तिकार लक्ष्मण मेहताले बताउनुभयो । आफूहरूलाई एक महिनादेखि भ्याइनभ्याइ भएकोमा सोमबार सरस्वती पूजा हुने भएकाले आइतबार मात्रै एक सयभन्दा बढी मूर्ति आफूले बिक्री गर्दा पाँच लाखको कारोबार भएको मेहताले बताउनुभयो । सरस्वती पूजाका लागि विद्यालय, शैक्षिक संस्था र व्यक्तिले समेत मूर्ति लाने भएकाले सोचेभन्दा राम्रो आम्दानी भएको अर्का मूर्तिकार सञ्जय चौधरील
इटहरी । झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भर्टमा सोमबार बिहान ४ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा झापा गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते हुनुभएको थियो । घाइते सिटौलाको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याउन साथ बिहान ५ बजे चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.