All Posts By कोशी प्रेस

    Showing ८,१५१-८,१६० of १३,७४३ items.
  • सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

    इटहरी ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो । ‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् । संयोजक चौधरीले माघेस

    • प्रकाशित मितिः माघ १, २०८१
    • १२२ पटक पढिएको
  • मदन भण्डारी अस्पतालमा सिटी स्क्यान सेवा

    इटहरी। मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा उद्घाटन गर्नुभएको हो ।  सो अवसरमा स्वास्थ्यमन्त्री राईले गणतन्त्रको लाभ निम्न वर्गले अझै लिन नसकिरहेको बताउनुभयो । उहाँले निजी अस्पतालले कृत्रिम विवरण बनाएर अस्पताल नवीकरण गर्न कागजात पेस गर्ने तर असाहय, अपाङ्ता भएका, सडक मानव र विपन्न वर्गका बिरामीको विवरण बुझाउन नसकेको बताउनुभयो । अस्पताल दर्ता ऐनले तोकेको मापदण्ड अनुसार अस्पतालको शøया सङ्ख्याका आधारमा निश्चित प्रतिशत विपन्न वर्गका बिरामीको उपचार गर्नु पर्छ तर कुनै

    • प्रकाशित मितिः माघ १, २०८१
    • ८० पटक पढिएको
  • देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

    सुनसरी। धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र–१ चतराधामस्थित वराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठूलो सङ्ख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबह

    • प्रकाशित मितिः माघ १, २०८१
    • ८१ पटक पढिएको
  • रवि अझै कम्तीमा दुई दिन हिरासतमा रहने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार पनि न्यायीक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहित ४४ जना विरुद्ध  मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकम सहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो म

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २८८ पटक पढिएको
  • सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

    इटहरी । सोलुखुम्बुमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए। सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ । माथिल्लो सोलुखुम्बुमा यसअघि नै हिमपात भए तल्लो सो

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३२९ पटक पढिएको
  • प्रान्तीय पुल सूचना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

    इटहरी । नेपाल सरकार र स्वीस विकास सहयोग संस्था एसडिसिको सहकार्यमा आयोजित“मोटरेबल स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत “प्रान्तीय पुल सूचना व्यवस्थापन प्रणाली“सम्बन्धी दुई–दिने तालिम सम्पन्न भएको छ । सुनसरीको इटहरीमा आयोजित तालिममा प्रान्तीय पुलहरूको प्रभावकारी व्यवस्थापन, अनुगमन र डाटाबेस व्यवस्थापन गर्ने क्षमतामा सुधार ल्याउने विषयमा सहभागिहरुलाइ प्रशिक्षण दिइएको  थियो । प्रदेश सरकारको पुल सम्वन्धी र अन्य सुचनाहरुलाई समेत व्यवथित गर्न नयाँ प्रविधिहरुलाइ प्रयोगमा ल्याउनु पर्ने समापन कार्याक्रममा कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका प्रवक्ता रमेश कुमार श्रेष्ठले बताउनु भयो । तालिममा

    • प्रकाशित मितिः पुस २९, २०८१
    • १९९ पटक पढिएको
  • रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट

    इटहरी  । इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप९डिजिटल० प्रर्णाली सुरु गरिएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप९डिजिटल० प्रणाली सुरु गरिएको हो । पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २८० पटक पढिएको
  • यातायात व्यवस्था कार्यालय रुम्जाटारको सेवा हर्कपुरमा विस्तार

    इटहरी  । ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ । करिब पाँच वर्षदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा सञ्चालित कार्यालयको सेवा अब जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरमा पनि विस्तार हुने भएको हो । गत पुस १९ गते बसेको मन्त्रीस्तरको बैठकले हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारी अस्थायी रुट परमिट जारी र ब्लुबुक नविकरण सेवा विस्तार गर्न यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गालाई पत्रचार गरिएको छ । हाल रुम्जाटारमा रहेको कार्यालयबाट मध्यपहाढी लोकमार्गमा चल्ने सवारी साधन तथा सिद्धिचरण लोकमार्ग सोलुखुम्बु–कटारी सा

    • प्रकाशित मितिः पुस २९, २०८१
    • १९५ पटक पढिएको
  • इटहरीमा इन्जिनियर पदको ज्यालादारी विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनको आपत्ति

     इटहरी ।  इटहरी उपमहानगरपालिकाले इन्जिनियर पदका लागि मासिक ज्यालादारी सेवामा निकालेको विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले कडा आपत्ति जनाएको छ। उपमहानगरपालिकाले पुष २४ गते इन्जिनियर (बिल्डिङ एन्ड आर्किटेक्ट) र इन्जिनियर (स्ट्रक्चरल) छैटौँ तहको लागि दरखास्त आह्वान गरेको थियो।एसोसिएसनका केन्द्रीय महासचिव विनोद प्रकाश पण्डितले इन्जिनियर जस्तो सामाजिक प्रतिष्ठा बोकेको पेसामा 'ज्यालादारी' हैसियतमा विज्ञापन निकालिएको भन्दै विरोध गरेका छन्। उनले इन्जिनियर उपाधिको उपहास हुने गरी जारी गरिएको विज्ञापन तत्काल सच्याउन माग गरेका छन्।यसैबीच, एसोसिएसनका कोसी प्रदेश सभापति जगरनाथ शाह

    • प्रकाशित मितिः पुस २९, २०८१
    • १९८ पटक पढिएको
  • नाला र सडक निर्माणप्रति स्थानीयको असन्तुष्टि

    इटहरी। मोरङको बुढीगङ्गा गाउँपालिका–१, टङ्कीसिनवारी चोकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको निर्माण ठेक्का लगाएको योजनाले स्थानीयवासी बाढी तथा डुबानबाट पीडित हुनुपर्ने भन्दै उनीहरूले पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेका हुन् । स्थानीयले टङ्कीसिनवारीदेखि जम्मा भएको पानी दुई किलोमिटर पूर्व रहेको खदरा खोल्सामा झार्ने गरी सडकमा आरसिसी ड्रेन निर्माण गर्न लागेकोमा विरोध जनाएका छन् । स्थानीय सरकार बुढीगङ्गा गाउँपालिकाले डुबान नियन्त्रणका लागि बस्तीको प

    • प्रकाशित मितिः पुस २९, २०८१
    • २३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]