All Posts By कोशी प्रेस

    Showing ८,४९१-८,५०० of १३,७४३ items.
  • ग्रामथानको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी दर्ता

    मोरङ / मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ।तामझामका साथ कार्यकर्ताको भीड लिएर विभिन्न दलका केन्द्रीय स्तरका नेताहरु आआफ्नो उम्मेदवार लिएर मनोनयन दर्ता गराउन पुगेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दलहरुलाई अलग अलग मनोनयन दर्ता गर्ने समय उपलब्ध गराएअनुसार उनीहरु दलबलसहित पुगेका थिए।विभिन्न दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको छ। मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, राष्

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • २४८ पटक पढिएको
  • कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा प्रदर्शन

    इटहरी । पहिचान पक्षधरहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । आइतबार विराटनगरमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संर्घष समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । उहाले अहिले संविधान संशोधन गर्ने तयारी भईरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गर्नुभयो । निर्वाचन वा आन्दोलनबाट मात्र प्रदेशको नाम प

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • २३० पटक पढिएको
  • उदयपुरका दुई वडामा उपनिर्वाचनस् १६ उम्मेदवारको मनोनयन दर्ता

    इटहरी । उदयपुरको त्रियुगा र बेलका नगरपालिकाका एक–एक वडामा हुन लागेको उपनिर्वाचनमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा १ स्वतन्त्र सहित ९ जना र बेलका नगरपालिका वडा न. ९ मा ७ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । त्रियुगा नगरपालिकामा सत्ता साझेदार दल नेपाली काँग्रेसबाट संजिव काफ्ले, नेकपा एमालेबाट लक्ष्मी नारायण चौधरी, विपक्षी दलहरु नेकपा माओबादी नविन बान्तवा राई, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उर्मिला चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ध्रुब पोखरेलले निर्वाचनमा उम्मेदवारी दिएका छन्  भने जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, न

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • १८१ पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न, आचारसंहिता लागू

    काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आइतबार उम्मेदवारी दर्ता गरिएको छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा हुने उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरिएको हो । देशका बिभन्न स्थानमा पालिकाका प्रमुख र उपप्रमुख एक÷एक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् । पालिका केन्द्रमा नौ र वडा केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय मार्फत मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । बिभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले आयोगले तोकेको स्थानमा पुगेर मनोनयन दर्ता गराएका छन् । सोमबा

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • १६३ पटक पढिएको
  • रास्वपाद्वारा मंसिर ८ देखि नयाँ चरणको आन्दोलन घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राख्ने काम भएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । पार्टी सभापतिका साथै समसामयीक जनजिविकाका बिषयमा प्रधानमन्त्रीलाई माग पत्र बुझाउन खोज्दा पनि प्रधानमन्त्रीले समय उपलव्ध नगराएका कारण दोश्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको रास्वपाले जनाएको छ । पत्रकार सम्मेलनमा रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले आन्दोलनका एजेण्डा सुनाउदै सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनु

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • १८३ पटक पढिएको
  • इटहरीमा बसको ठक्करबाट एकको घटनास्थलमै मृत्यु, अवस्था तनावग्रस्त

    इटहरी / इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।इटहरी बाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक जनता मावि इटहरीमा कक्षा ९ मा अध्ययनरत सम्झना यादव रहेको स्थानीयले बताएका    छन् ।दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्णरूपले जलेको छ ।दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बने

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • ६५६ पटक पढिएको
  • सहकारी ठगलाई कानुनी कारबाहीको माग: सहकारी संघका पूर्व महासचिव घनश्याम खतिवडा

    इटहरी – सहकारी क्षेत्रमा देखिएको ठगी प्रवृत्तिप्रति चासो व्यक्त गर्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व महासचिव घनश्याम खतिवडाले सहकारी ठगी काण्डमा मुछिएका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।मोरङको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभामा बोल्दै अध्यक्ष खतिवडाले सहकारी क्षेत्रलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिको अन्त्य गर्न कानुनी प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले भन्नुभयो, "सहकारी ठगहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनुहुँदैन। सहकारी जस्तो संवेदनशील क्षेत्रको बदनाम गर्नेलाई तुरुन्

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • २०६ पटक पढिएको
  • उद्योग वाणिज्य सङ्घ इटहरीले ‘क’ वर्गको मान्यता प्राप्त गर्यो

    इटहरी / इटहरी उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ। यस निर्णयले इटहरीको उद्योग, व्यापार, र व्यवसायिक विकासको क्षेत्रमा नयाँ सम्भावना र अवसरका ढोका खोल्ने विश्वास गरिएको छ।नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी समितिको असोज २ गते बसेको बैठकले इटहरी उद्योग वाणिज्य सङ्घलाई ‘क’ वर्गको मान्यता दिने निर्णय गरेको हो। महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीद्वारा हस्ताक्षर गरिएको पत्रमा इटहरी सङ्घले स्तरउन्नतिको लागि गरेको अनुरोधलाई सकारात्मक रुपमा लिंदै यो निर्णय गरिएको उल्लेख गरिएको छ।सङ्घका अध्यक्ष जीवन पराजुलिका अनुसार, ‘क’ वर्गको मान्यता प्राप्

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • १५३ पटक पढिएको
  • नेपाल(भारत सीमामा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोकिने

    काठमाडौं । नेपाल–भारतको सीमामा तेस्रो मुलुकका नगरीकको अवैध प्रवेश रोक्ने तयारी भएको छ । दुई देशका सुरक्षासम्बन्धी अधिकारीहरूको शनिवारदेखि जारी उच्चस्तरीय बैठकमा यस्तो प्रस्ताव पेस भएको हो । सोमबारसम्म सञ्चालन हुने बैठकले सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा यो प्रस्ताव उल्लेख छ । बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • २०७ पटक पढिएको
  • प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित

    काठमाडौं । आइतबार बस्ने भनिएको संसदीय समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको आजको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक आह्वान गरेको थियो। मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यहरूलाई  बैठक स्थगित भएको सूचना पठाइएको छ। चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ ९२, डिसेम्बर० गते चीनको राजधानी बेइजिङ जान लागेका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई, ने

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • १८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]