All Posts By कोशी प्रेस

    Showing ८,६८१-८,६९० of १३,७४३ items.
  • नेपाल विद्युतिय प्राविधिक समुह कोशी प्रदेशको अध्यक्षमा उमेश पोख्रेल

    सुनसरी / नेपाल विद्युतिय प्राविधिक समूह (नेविप्रास) कोशी प्रदेशको अध्यक्षमा उमेश पोख्रेल निर्वाचित भएका छन्। सुन्दरहरैँचाको हसिना एग्रो टुरीजममा सम्पन्न  पाँचौं साधारणसभा तथा दोस्रो महाधिवेशनबाट पोख्रेल नेतृत्वको नयाँ कार्यसमिति चयन गरिएको हो। महाधिवेशन सुन्दरहरैँचाको हसिना एग्रो टुरिजममा सम्पन्न भएको थियो, जसमा संघीय सांसद अशोक कुमार चौधरी प्रमुख अतिथि थिए भने अध्यक्षता निवर्तमान अध्यक्ष यज्ञ राज दाहालले गरेका थिए।महाधिवेशनले पोख्रेललाई अध्यक्षमा चयन गर्दै अन्य पदाधिकारीहरू पनि सर्वसम्मतिले निर्वाचित गरेको छ। उपाध्यक्षमा नवजीवन अधिकारी, सचिवमा वीर बहादुर लामा, सह-सचिवमा केदार भण्डारी, र

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ५२६ पटक पढिएको
  • कोशी प्रदेशमा बाढी पहिरोमा ११ जनाको मृत्यु, कहाँ कहाँ के के क्षति

    विराटनगर / देशभर नै बाढी पहिरोले बितण्डा मचाईरहेको अवस्थामा कोशी प्रदेशमा पनि बाढी र पहिरोले धनजनको क्षति गरेको छ । हालसम्म कोशीमा ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ। धनकुटा र सोलुखुम्बुमा २/२ तथा इलाम र उदयपुरमा १/१ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए।उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवासी जनजाति महासंघको ट्रस्ट भत्किँदा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ। फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा डेरा बस्थिन्। फिदिम

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३१६ पटक पढिएको
  • कोशीमा २४ घण्टा बढीदेखि थुनिएकाको उद्धारमा कठिनाई,मुख्यमन्त्री सहितको टोली घट्ना स्थलमा

    विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र वराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन्।निरीक्षणका क्रममा मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षानिकायका प्रदेश प्रमुख सहभागी थिए।मुख्यमन्त्री कार्कीले वराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षानिकायका प्रमुखहरूलाई आग्रह गरे ।स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षानिकायसँग समन्वय गरेका छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ। यस्तै प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिएका छ

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २७८ पटक पढिएको
  • उद्गम बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न

    इटहरी / इटहरीको उद्गम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। यो सभा प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने सहकारीका अध्यक्ष मिलन त्रितालले कार्यक्रमको अध्यक्षता गरेका थिए। त्रितालले यस अवसरमा संस्थाको विगत वर्ष (२०८०/८१) को वार्षिक प्रतिवेदन तथा आगामी वर्षका लागि तय गरिएको कार्ययोजना प्रस्तुत गरेका थिए।संस्थाले विगत १३ वर्षदेखि इटहरीमा निरन्तर रूपमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। यो सहकारीले सदस्यहरूको वित्तीय विकास र सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। यस वर्षको साधारण सभामा विभिन्न विधामा उत्कृष्ट

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २५६ पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढ्न निर्देशन

    काठमाण्डौ, १२ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिका रहेका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकबीच टेलिफोन वार्ता भएको छ ।प्रधानमन्त्री ओलीले शनिबार बिहान गृहमन्त्री लेखकलाई फोन गरेका थिए । आफूले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिको विवरण लिएको ओलीले बताए ।सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले भनेका छन्, ‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन् । अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु ।’उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार

    • प्रकाशित मितिः असोज १२, २०८१
    • ४४९ पटक पढिएको
  • अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्र जोखिम

    संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ।मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।प्रहरी प्रमुख श्रेष्ठका अनुसार अरुण तेस्रो जलविद्युत परियोजनाको डाइभर्सन टनेल भरिएर पानीको सतह बढेका कारण अ

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २२३ पटक पढिएको
  • कोशीमा 'रेड अलर्ट': बिहारको पूर्व चेतावनी, व्यारेजमा ७ लाख क्युसेक पुग्न सक्छ जलसतह

    कोशी / बेसिन क्षेत्रमा अत्यधिक वर्षा भएको भन्दै भारतको बिहार राज्यको जल संशाधन विभागले पूर्व चेतावनी जारी गरेको छ । निरन्तरको वर्षाले कोशी नदी क्षेत्रमा सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानी पुग्न सक्ने चेतावनी जारी गरेको हो ।बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । यदि विभागले जारी गरे अनुरुपकै स्थितिको जलसतह पुगेमा त्यसले नसोचेको ठूलो क्षति निम्त्याउने बिहारका कोशी अध्येता तथा इन्जिनियर राहुल यादुका बताउँछन् ।यादुकाले भनेजस्तै जलसतह बढ्दा त्यसको सोझो प्रभाव नेपाली भूभागमा समे

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २४४ पटक पढिएको
  • नागरिक समाज इटहरीको यी विषयमा असन्तुष्टि

    इटहरी / इटहरी उपमहानगरपालिकाले नगरका समस्याहरू समाधान गर्न विभिन्न योजना र कार्यक्रमहरू संचालन गरिरहेको भए पनि, ती योजना धेरैजसो कागजी योजनामा मात्र सीमित हुने गरेको नागरिकहरूबीच असन्तुष्टि छ। इटहरीको तीव्र सहरीकरणसँगै नगरपालिकाको समग्र व्यवस्थापनमा देखिएका चुनौतिहरू अझै पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्।फोहोरमैला व्यवस्थापनमा चुनौतीइटहरी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि केही सकारात्मक कदम चालेको छ, जस्तै फोहोर निस्तारणका लागि नयाँ स्थानको खोजी र पुनः प्रयोगको अवधारणालाई प्रवर्द्धन गर्नु। तर यसमा अझै धेरै काम गर्न बाँकी छ। फोहोरको मात्रा बढ्दै जाँदा व्यवस्थापनमा कठिनाइ आएको छ, जसले न

    • प्रकाशित मितिः असोज ११, २०८१
    • ३२७ पटक पढिएको
  • प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकमा आश्रय सुधार केन्द्र

    बिराटनगर / मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा यही असोज १७ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिताको प्रायोजकको रुपमा आश्रय सुधार केन्द्र रहेको छ। लागुऔषधको दुर्व्यसनमा फसकाहरुलाई नयाँ जीवन दिंदै आएको सुधार केन्द्रले दोश्रो पुरस्कार बराबरको रकम ३० हजार सहयोग गरेको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए। सुधार केन्द्रले समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आएको छ भने एलएक्स सिटी फुटबल प्रतियोगितालाई पनि १० हजार पीस टिकट सहयोग गरेको थियो। भुल्के युवा समाजको आयोजनामा प्रथम सलकपुर खुल्ला फुटबल प्रतियोगिता सुन्दरहरैंचा वडा नम्बर ८ को मुख्य आर्थिक सह

    • प्रकाशित मितिः असोज ११, २०८१
    • ३५७ पटक पढिएको
  • विराटनगरमा १४१.१ मिलिमिटर वर्षा

    विराटनगर / पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको  छ । हिजो बिहानबाट सुरु वर्षा रोकिएको छैन ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको हो । वर्षाका कारण विराटनगरकाे विभिन्न क्षेत्र डुवानमा परेकाे छ ।पछिल्लाे २४ घण्टामा धेरै वर्षा भएको दोस्रो स्थानमा विराटनगर छ । विराटनगर भन्दा धेरै वर्षा सप्तरीको कञ्चनपुरमा     १५१‍.८ मिलिमिटर मापन भएकाे छ । इलामको कन्याममा १०७‍.२, झापाको कन्काई मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ र कैलालीको धनगढीमा १०१ मिलिमिटर वर्षा मापन भएको छ ।१०० मिलिमिटर भन्दा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • ३२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]