काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो।गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख १३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी थिए। बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी थिए।कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो। नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ। नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, मोबाइल
इलाम / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशकमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उहाँले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै यस लाइ सफल पार्न समेर आग्रह गर्नुभयो । पर्यटकलाइ सहजीकरण गर्न कोशी प्रद
काठमाडौं, साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसैगरी बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको छ ।काठमाडौं । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ ।
इटहरी / काठमाण्डौंको नयाँ बसपार्कमा सुनसरीका एक युवा मृत अवस्थामा फेला परेका छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै केही महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र सुनसरी इटहरी उपमहानगरपालिका-१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।शवको प्रकृति हेर्दा उनको ४/५ दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी अधिकारीले बताए ।
काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।
काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।शेरधन राई – कोशीलीलानाथ श्रेष्ठ – मधेशडा. राजन भट्टराई – बागमतीकिरण गुरुङ – गण्डकीपद्मा अर्याल – लुम्बिनीगोरखबहादुर बोगटी – कर्णालीलेखराज भट्ट – सुदूरपश्चिम
विराटनगर / निक्षेप तथा कर्जा सुरक्षण कोष र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले उक्त सहमति पत्रमा हस्ताक्षर गरे। यो समझदारीले कोशी प्रदेशका नागरिकलाई उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने बताइएको छ।प्रदेश सरकारको योजना अनुसार कक्षा १२ उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिई यसै वर्ष अनलाइन रोजगारी दिइनेछ।समझदारी पत्रमा उल्लेख भए अनुसार यसले बैंक तथा वित्तीय संस्थाल
सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं १० प्रकाशपुर स्थित वडा कार्यालय परिसरको पुरानो भवनमा शारीरिक सुगठन केन्द्र (व्यायामशाला), वडा नं १० को कार्यालयले सञ्चालनमा ल्याएको ट्याक्टर तथा प्रकाशपुर स्वास्थ्य चौकीमा निर्माण भएको खोप केन्द्रको उद्घाटन गरिएको छ ।नगरपालिकाको १० लाख बजेटबाट युवाहरूलाई लक्षित गरी तयारी गरिएको शरिरिक सुगठन केन्द्र (व्यायामशाला), सरसफाइ लगायतका सेवा दिन वडाले खरिद गरेको ट्याक्टर र प्रकाशपुर दुग्ध सहकारी संस्थाको सामाजिक विकास कोषको रकमबाट निर्माण भएको खोप केन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।व्यायामशाला, ट्याक्टर र खोप केन्द्र भवनको नगर प्रमुख रमेश
विराटनगर / बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका एक कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट आज फरार भएका हुन् ।कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । प्रहरीका अनुसार बिहीबार बिहान उनी ५ बजे फरार भएका छन्।शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ । विराटनगर महानगरपालिका ८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी ह
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वडा नं ६ र वडा नं ९ मा पर्ने श्रीलंका टप्पु तर्फ सप्तकोशी नदिले कटान गरि राखेको छ । केही दिन देखिको सप्तकोशी नदिको कटानले टप्पुका स्थानियहरुलाई त्रषित बनाएको छ । सप्तकोशी नदिले टप्पुको जलाल , शिशौली घाट र चिलैया क्षेत्रमा दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको स्थानिय बृद्बिकुमार माझी बताउछँन् ।कोसीमा क्रमश पानिको बहाब घट्दे गए पछि पानीले बलौटे माटो खोत्लने कार्य तिब्र रुपमा हुने गर्दछ । बलौटे माटो भएकाले कोशीको कटान तिब्र रुपमा हुने गरेको स्थानीय राजकुमार चन्द्रबसीको भनाई छ । कोशीले तिब्र गतिमा कटान सुरु गरेको जानकारी दिए पछि नगर प्रमुख रमेश क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.