काठमाडौं / नेपाल तरुण दलले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । तरुण दल सुनसरीका सभापति सिजन गुरूङले आज विज्ञप्तिमार्फत जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।त्यस्तै तरूण दल नेपालका अध्यक्ष विद्वान गुरुङले आज विज्ञप्तिमार्फत जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । साथै, तरुण दलले दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।हिजो (बुधबार) काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा त्रिभु
इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता 'मिसेस पुर्बेली आईकन-२०२४' आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा हुने यो प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए । विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई 'मिसेस पुर्बेली आईकन-२०२४' उपयुक्त म
इटहरी । पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा पर्यटक सहायता पोष्ट स्थापना भएको छ । घुम्न आउने पर्यटकहरुलाई सुरक्षाको पुर्णरुपमा अनुभूति दिलाउने उद्देश्यले नेपाल प्रहरीको पर्यटक सहायता पोष्ट स्थापना भएको हो । तीन जनाको दरबन्दी रहेको उक्त पर्यटक सहायता पोष्टको बुधबार एक कार्यक्रम बीच साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले उद्घाटन गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एवं एसपी श्याम सिंह चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । गाउँपालिका प्रमुख रुम्दालीका अनुसार नेपाल प्रहरीले भेडेटामार ३ जना पर्यटक प्रहरीको दरबन्दी दिएको छ । भेडेटार चोक स्थित पोष्टमा हवल्दारको नेत
संखुवासभा / संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको हो । जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको हो ।अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगु र स्क्रब टाइफसका भेटिएका हुन् । उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जान
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहनुभएको छ । मन्त्री गुरुङका अनुसार आयोगको सदस्यसचिवमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल तोकिनुभएको छ ।आयोगलाई ४५ दिन म्याद दिइएको छ । सौर्य एअरको
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ। नगर प्रमुख केदार प्रसाद गुरागाई र उप–प्रमुख अंकली चौधरीले भवनको उद्घाटन गरेका हुन्। नगरप्रमुख गुरागाईले १२ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताए। ७ र १० नम्बर वडाको भवन बन्न बाँकी रहेको र ती वडाको पनि चांडै बन्ने बताएका थिए।‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख गुरागाईले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौंबाँकी दुई वडाको पनि चांडै बन्छ।’ उनले वडा कार्यालय भवन निर्माण गर्न बाँकी रहे
इटहरी / इटहरी २० तरहरामा शनिबार हुन लागेको कोरा साइक्लिङको तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजक तरहरा साइक्लिङले तयारी पूरा भएको जनाएको हो । कार्यक्रम संयोजक बहादुर तामाङका अनुसार साइक्लिङमा कोशी प्रदेशका पाँच सय बढी साइक्लिस्टहरूको सहभागिता हुनेछन् । शिक्षामा लगानी, बालबालिकालाई भोलिको सुनौलो बिहानी भन्ने सन्देशका साथ कोरा आयोजना गर्न लागिएको उनले बताए । कोरा च्यालेन्ज नेपालका विभिन्न स्थानमा वार्षिक रूपमा आयोजना हुने र यसले स्थानीय धार्मिक स्थलहरूको प्रचार गर्ने बताइएको छ । साइक्लिङका अध्यक्ष खड्ग भण्डारी (रमेश)ले धार्मिक स्थलको वरिपरी घडीको दिशामा घुम्दै परिक्रमा ग
काठमाडौं/ त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बतायो । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् ।रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो ।ग
९ साउन, काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।थप विवरण आउन बाँकी छ ।
९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । अहिले उद्दारको काम चलिरहेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.