All Posts By कोशी प्रेस

    Showing ८१-९० of १२,६४८ items.
  • प्रेसर कुकर पड्किएर वृद्धा घाइते

    इटहरी । ताप्लेजुङमा खाना पकाउने प्रेसर कुकर पड्किएर एक वृद्धा घाइते हुनुभएको छ । यहाँको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको सेसम्बुकी ७९ वर्षीया मनमाया सुनुवार घाइते हुनुभएको हो ।नाङ्खोल्याङका वडाध्यक्ष दिलकुमार सुनुवारका अनुसार बुधबार बिहान घरमा खाना तयार गर्ने क्रममा प्रेसर कुकर पड्किएर वृद्धा घाइते हुनुभएको हो । घाइते वृद्धा वडाध्यक्ष सुनुवारका आफ्नै आमा हुनुहुन्छ । दाल पकाएको कुकरको सिट्ठी बन्द भएको र सिट्ठी मिलाउन खोज्दा एक्कासी कुकर पड्किएर आमा घाइते हुनुभएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धा आमाको दायाँ आँखाको डिल र दायाँ हातमा चोट लागेको छ ।घाइते आम

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ४८ पटक पढिएको
  • ‘सिक्दै कमाउँदै कार्यक्रम’

    इटहरी।  सोलुखुम्बुको सोलुदुधकुण्ड नागरपालिका–७ को गार्मा माध्यमिक विद्यालयमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ सुरु भएको छ । कोशी प्रदेश सरकारको विनियोजित बजेटमार्फत कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सहयोग र समन्वयमा सुरु भएको कार्यक्रममा विभिन्न जातका मौसमी तरकारी खेती लगाइएको छ । कक्षा ११ र १२ मा अध्ययन गरिरहेका प्राविधिक धार कृषितर्फका विद्यार्थी यस कार्यक्रममा सहभागी भएका विद्यालयका प्रधानाध्यापक विनोदसिङ तामाङले जानकारी दिनुभयो । कार्यक्रमबाट प्राविधिक धारतर्फका विद्यार्थीको सिप अभिवृद्धि हुनका साथै आर्थिक रूपमा समेत लाभान्वित हुने उहाँले बताउनुभयो ।  २०७० सालबाट कृषि धारको पठनपाठन

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ३७ पटक पढिएको
  • कोशी प्रदेशसभा बैठक, दलित अधिकार विधेयक पेश हुने सम्भावना

    इटहरी।  कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ । गत असार २४ गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा सरकारले ‘दलित अधिकारसम्बन्धी विधेयक’ प्रदेशसभामा पेश गर्ने सम्भावना रहेको छ । यद्यपि, कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी छ ।सत्ता समीकरणमा आएको फेरबदलसँगै आजको बैठकबाट नेपाली कांग्रेस विपक्षी बेञ्चमा बस्नेछ भने विगत दुई वर्षभन्दा बढी समयदेखि प्रतिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता पक्षको बेञ्चमा आसिन हुनेछ । नयाँ सत्ता गठबन्धन निर्माणका क्रममा नेकपाले उक्त विधेयक सभामा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ३२ पटक पढिएको
  • पाथीभराबाट तीन लाख १८ हजार भेटी सङ्कलन

    इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराबाट साउन महिनामा तीन लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात् साउनमा पाथीभराबाट उक्त भेटी रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन महिनामा कुल तीन लाख १८ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा उक्त भेटी रकम सङ्कलन भएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार गत आवको साउन महिनामा भन्दा यसवर्ष करिव ६० प्रतिशत कम मात्र भेटी सङ्कलन भएको छ । गत आवमो साउनमा १० लाल ३९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको थियो । पा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ३१ पटक पढिएको
  • गुम्बाटोलवासीलाई कुहिरोको पानी

    इटहरी। खिजिदेम्बा गाउँपालिका–५, मेले गुम्बाटोलमा कुहिरोबाट खानेपानी सङ्कलन गरी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पिक प्रविधिमार्फत पानी उपलब्ध गराउने उद्देश्यले ‘फग हार्भेस्टिङ’ प्रविधि जडान गरी पानी सङ्कलन सुरु गरिएको हो । खिजिदेम्बा गाउँपालिकाको समन्वयमा जर्मन संस्था डिआइजेड र आइकिआई ग्रान्टको आर्थिक सहयोग तथा स्मार्ट अर्थ नेपालको प्राविधिक सहयोगमा एक करोड रुपियाँभन्दा बढीको लागतमा योजना सम्पन्न भएको हो । समुद्री सतहदेखि करिब दुई हजार ३३० मिटर उचाइमा रहेको मेले गुम्बाटोलमा कुहिरोबाट पानी सङ्कलन गर्ने १० वटा फग हार्भेस्टिङ युनिट जडान गरिएको छ । जालीमा क

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ६० पटक पढिएको
  • ताप्लेजुङमा साढे १३ प्रतिशत बढी धान रोपाइँ

    इटहरी। ताप्लेजुङमा यसवर्ष साढे तेह्र प्रतिशत बढी धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा यसवर्ष पर्याप्त वर्षा भएकाले धान रोपाइँ बढी क्षेत्रमा भएको हो ।कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार धान खेती हुने क्षेत्रको ९८।५ प्रतिशतमा रोपाइँ भएको छ । धान खेती हुने पाँच हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ५८१ हेक्टर क्षेत्रफल बराबरको जग्गामा रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख एवम् कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभयो । कार्यालय प्रमुख श्रेष्ठका अनुसार गत वर्ष ८५ प्रतिशत क्षेत्र अर्थात चार हजार ७९८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । यस वर्ष धान खेतीका लागि पर्याप्

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ९१ पटक पढिएको
  • पाँचथरको फिदिममा रेबिज संक्रमणको उच्च जोखिम: १४ वटै वडामा छाडा तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन तीव्र अभियान

    इटहरी ।  नागरिकलाई आतङ्कित पार्नेगरी कुकुरमा रेबिज संक्रमण देखिएपछि फिदिम नगरपालिकाले खोप अभियान तीव्र पारेको छ। नगरपालिकाले हालसम्म ६२६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको जनाएको छ।कुकुरको चाप बढी रहेको बजार क्षेत्र तथा वडा नं २ र ४ लाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको थियो । अहिले नगरपालिकाका १४ वटै वडामा शिविरमार्फत खोप दिने काम भइरहेको पशु सेवा प्राविधिक नारायणकुमार थापाले बताउनुभयो । मंगलबार वडा ११ मा आठवटा केन्द्रबाट खोप लगाइएको र बुधबार वडा १२ मा पाँचवटा केन्द्र तोकिएको नगरपालिकाले जनाएको छ।नगरप्रमुख मित्रप्रसाद काफ्लेले नगर क्षेत्रका सबै कुकुरलाई खोपको पहुँचमा ल्य

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४५ पटक पढिएको
  • पिङवा खोला दोभानमा मंसिरे धानखेती : बाँदर आतंकले चिन्ता

    इटहरी। पिङवा खोला कलकलाउँदै बगिरहेको छ । छेउमै रहेको बेंसीको फाँटमा मंसिरे धानका बाला हावासँगै लहराइरहेका छन् । टाढाबाट हेर्दा खेत सुनौलो देखिन्छ । मिहिनेतले फलाएको धान घर भिर्त्याउने किसानका आँखामा पनि त्यही सुनौलो भविष्यको सपना छ । तर, यही सपनाको बीचमा पछिल्ला वर्षदेखि एउटा नयाँ चुनौती थपिएको छ-बाँदरको आतंक।तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रेमा पर्ने पिङवा खोला दोभानको खेत लामो समयदेखि स्थानीय किसानका लागि अन्न उत्पादनको महत्वपूर्ण क्षेत्र हो । खोलाको पानी, उर्वर बेंसी जमिन र अनुकूल वातावरणका कारण यहाँ धान खेती राम्रो हुने गरेको छ । एउटै जमिनमा दुई सिजनसम्म खेती गर्न सकिने भएकाले यो क्षेत्र कि

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ३९ पटक पढिएको
  • हिलिहाङमा अपाङ्गता भएका ३० जनालाई सहायक सामग्री

    इटहरी : पाँचथरको हिलिहाङ गाउँपालिकाले अपाङ्गता भएका ३० जना नागरिकलाई विभिन्न प्रकारका सहायक सामग्री वितरण गरेको छ।गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सोमबार सेवाग्राहीलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा सहायक सामग्री वितरण गरेको हो। गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीको उपस्थितिमा सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेका अनुसार तीन थान ह्विलचेयर, एक थान सेतो लठ्ठी, नौ थान ट्वाइलेट चियर, दुई थान ब्याक सपोर्ट बेल्ट, छ थान हियरिङ एड र १५ थान हिँड्ने छडी वितरण गरिएको छ।सहायक सामग्री वितरण गर्दै अध्यक्ष अधिकारी

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ७५ पटक पढिएको
  • मिटरब्याजविरुद्ध झापामा पीडितको प्रदर्शन

    इटहरी :  मिटरब्याजबाट पीडित किसान तथा मजदुरले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् ।  किसान मजदुर आन्दोलन संघर्ष समितिको आयोजनामा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको हो । समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा करिब ७० जना सहभागी भएको धर्नामा मिटरब्याजविरुद्ध नाराबाजी गरिएको थियो ।प्रदर्शनकारीले मिटरब्याजमा संलग्न साहुलाई कारबाही गर्नुपर्ने, कालोसूचीको व्यवस्था बन्द गर्नुपर्ने, पक्राउ पुर्जी खारेज गर्नुपर्ने, भूमाफियामाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्नेलगायत माग राखेका थिए ।  ‘मिटरब्याज साहुलाई कारबाही गर’, ‘कालोसूची बन्द गर’

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]