सुनसरी / इटहरी ९ स्थित बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले बिविध कार्यक्रमका साथ सातौ अभिभावक दिवस मनाएको छ । स्कुलले शनिबार बृहत कार्यक्रम गर्दै अभिभावक दिवस मनाएको हो । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीको प्रमुख आतिथ्यतामा ‘हामी र हाम्रा धर्म’ शिर्षकमा कार्यक्रम गर्दै अभिभावक दिवस मनाईएको थियो । कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले ‘हामी र हाम्रा धर्म’ शिर्षकमा बिभिन्न प्रस्तुती दिएका थिए । स्कुलका निर्देशक हरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सबै जातजाति र समुदायले मान्ने धर्मलाई उत्तिकै महत्व दिईएको थियो । पिजी देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीले आँफै चलाए
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।विद्यार्थीहरुलाई पाठ्यपुस्तकका साथै अतिरिक्त क्रियाकपालमा सहभागी गराएर व्यवहारिक ज्ञान समेत प्रदान गर्दै आएको इटहरी ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुखको आथित्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । विद्यालयका विद्यार्थीहरूले विभिन्न जात जातिका नृत्य, गाय
सुनसरी / प्रत्येक वर्ष विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को छैठौं सुनसरी जिल्ला अधिवेशन सम्पन्न भएको छ । हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालको प्रमुख आतिथ्यता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । हिसान सुनसरीले नयाँ कार्यसमिति बनाएर शिक्षामा जोड दिएर अगाडि बढ्नु पर्ने हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालले सुझाव दिनुभयो । हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले हिसानले सुनसरीमा शिक्षाको क्षेत्रमा काम गर्दै आएकाले अबको नयाँ कार्य समितिलाई शिक्षामा जोड दिन अनुरोध गर्नुभयो । “गुणस्तरीय शिक्षा
भोजपुर / भोजपुरको साल्पासिलिछो गाउँपालिकामा करदाता सेवाको लागि घुम्ति शिविर सञ्चालन गरिएको छ । यहाँका नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यले शिविरमार्फत सेवा प्रदान गरिएको हो ।करदाता सेवा कार्यालय भोजपुरको सहकार्य तथा जी फाउण्डेशनको आर्थिक सहयोगमा यस गाउँपालिकामा करदाता सेवा सम्बन्धि शिविरबाट सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो ।नागरिकलाई सहजत सेवा प्रदान गर्ने लक्ष्यले शिविर सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष अस्मिता राईले बताउनुभयो ।शिविर सञ्चालनले नागरिकले कर सम्बन्धि आवश्यक जानकारीसँगै सेवा लिने अवसर पाएका छन् । गाउँपालिका नागरिकलाई सहज रुपमा सेवा प्रदान
इटहरी । ललितकला अन्तरग पर्ने चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विद्या समेटेर सुनसरीको इटहरीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी २०८० हुने भएको छ । कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनीका विषयमा पत्रकार गरी यही फागुन २९ गतेबाट प्रदर्शनी सञ्चालन गरिने जानकारी गराइएको हो । इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत बन्दै आएको रमणीय स्थान इटहरी मेट्रिक्समा यही फागुन
इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आउनु भएको छ । दुहबी १० मा रहेको
सुन्दरहरैचा / अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले श्रमिक महिलालाई सम्मान गरेको छ । शुक्रबार ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयाेजित कार्यक्रममा प्रत्येक वडाबाट छनाेट भएका श्रमिक महिलालाई सम्मान गरेकाे हाे । उनीहरूलाई नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरीलगायतले सम्मान गर्नुभएको हाे ।सम्मानित हुनेमा चिया पसल व्यवसाय गर्दै आएकी धनकुमारी चाैधरी, सिलाईकटाई व्यवसाय गर्ने सन्जना पाण्डे चिमाेरिया, कृषि व्यवसायी बविता लिम्बू, चन्द्रकला श्रेष्ठ, ज्याला मजदुर गीता बजगाई ढकाल, रूपा थापा, लिला माउा दर्जी, यामकला सुनार, पार्वती उराव, रहेका छ
इटहरी- इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीले मेयर हेमकर्ण पौडेललाई सार्वजनिक कार्यक्रममै काउन्टर दिएकी छन्। इटहरी उपमहानगरपालिकाले इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमेयर चौधरीले मेयरप्रति लक्षित गर्दै सार्वजनिक मञ्चमै आक्रोश र गुनासो पोखेकी हुन्।खासगरी इटहरी उपमहानगरले अहिले शैक्षिक सुधार गर्ने भनेर सामुदायिक विद्यालयहरूलाई खाजाका लागि निजी कम्पनीलाई ठेक्का दिने, नियमन गर्नेजस्ता काम गर्दै आएको छ। यसबारे उपमहानगरको कार्यपालिकाले निर्णय नगरीकन मेयरले एकलौटी गरेको उपमेयर चौधरीको आरोप छ।‘सरकार भएपछि सबैको हकहितमा बोल्
रामधुनी/ महाशिवरात्रीको अवसर पारेर सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका वडा नं –३ मा उमा महेश्वर शिव मन्दिर सभा भवन सिलान्यास गरिएको छ ।स्थानीय उमा महेश्वर शिव मन्दिर समिति द्धारा निर्माण गर्न लागिएको उक्त सभा भवनको सिलान्यास नगर प्रमुख शंकरलाल चौधरी र उप प्रमुख तारा थापाले संयुक्त रुपमा गर्नु भएको थियो । महेश्वर शिव मन्दिरका अध्यक्ष गोपाल नेपालको अध्यक्षतामा सम्पन्न उक्त सिलान्यास कार्यक्रमका अवसरमा कार्यक्रमकी विशिष्ट अथिति तारा थापाले सभा भवन निर्माण कार्य सम्पन्न भएपछि विभिन्न गोष्ठी सेमिनार, बैठक लगायतका कार्यको लागि उपयोगी हुने अपेक्षा गरिएको र सभाहल निर्माण सम्पन्न भई सुचारु भए हो
मिलन अधिकारी संखुवासभा / नेपाल महिला स्वस्थ्य स्वयं सेविका संघ मादी र मादी नगरपालीकाको संयुक्त आयोजनामा महिलामा लगानी सभ्य र समुन्नत समाजको थालानी भन्ने मुल नारालाई आत्मसात गर्दै, फागुन २४ र २५ गते मादी नगरपालीकाको कवर्डहलमा २ दिवशीय “नमुना महिला नगरसभा अभ्यास“ गरिएको हो । कार्यक्रमको दोस्रो दिनको सुरुवाती चरणमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । महिलाहरुलाई लोकतान्त्रिक पद्धति अनुसार नगर सभा संचालन गर्न गराउन र संसदिय अभ्यासको बारेमा ज्ञान दिने उद्देश्यले २ दिने नमुना नगर सभा कार्यक्रमको प्रशिक्षण सन्ध्या लिंथेपले गर्नु भएको थियो ।&nbs
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.