इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ ।इटहरी ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल ४४ हजार ४ सय ४४ रूपैयाँ लागतमा भवन बनेको हो । भवन उद्घाटन कोशी प्रदेश सभा प्रमुख सचेतक रेवती रमण भण्डारीले गरका हुन् । पुर्व नगर प्रमुख द्वारीका लाल चौधरी लगाएत जनप्रतिनिधिहरूका साथै स्थानीयहरूको पहलमा भवन उद्घाटन गर्दै वडा अध्यक्ष भक्त लामा ( तामाङ) ले वडाले बिहीबार बाट आफ्ने भवनमा सेवा प्रवाह गर्ने बताउनुभयो ।अब आफ्नै वडा कार्यालय भवनमा बसेर जनप्रतिनिधिहरूले सेवा दिने र नागरिकहरूले पनि सेवा पाउने कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेश सभा सदस्य
भोजपुर / भोजपुर नगरपालिका वडा नं. ५ तल्लो बोखिममा रहेको जगदिश्वरी प्राथमिक विद्यालय को ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगरपालिका उप प्रमुख निर्मला शेर्पाले न्यानो पोषाक वितरण गर्नु भएको छ ।कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस भन्ने र निरन्तर रुपमा विद्यालय आउन प्रोत्साहन मिलोस भनेर आफूल विद्यालयमा सहयोग गरेको कुरा बताउनु भयो ।विशेष गरी निजी विद्यालयमा आकर्षण बढिरहेको अवस्थामा प्रत्येक सामूदायिक विद्यालयमा राज्यले गरेको लगानीको उचित निजी विद्यालयको भन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सदुपयोग वृद्धि गराई हरेक बालबालिकाले सम्मान शिक्षा प्राप्त गरि सक्
सुनसरी / इटहरी वडा नम्बर ५ मा रहेको ज्योति माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण केन्द्र बनेको छ ।विद्यार्थीहरूको मन मुटुको माझ बस्न सफल भएको ज्योति माध्यमिक विद्यालयमा बाल विकास देखि १२ सम्मका कक्षा सञ्चालनमा रहेको विद्यालयमा ८ सय जना भन्दा बढी विधार्थी अध्यनरत विद्यालयमा ९ देखि १२ कक्षा सम्म सिबिल इन्जिनियर समेत पढाइ हुन्छ भने ११ ,१२ मा विज्ञान विषय पढाइ हुदै आएको छ ।आगामी सत्र २०८१ साल देखि बाल विकास र ६ देखि ९ कक्षा सम्म अङ्ग्रेजी माध्यममा पढाउने योजना रहेको विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले बताउनु भयो ।विद्यार्थीलाई मनोरञ्जनका लागि खेल प्रायप्त मात्रमा मैदान ,
इटहरी / नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर १२ मा ७ दिने नेतृत्व बिकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नं १२ का बिभिन टोल बाट ३१ जना महिला, पुरुषहरुको सहभागिता रहेको थियो । तालिम निकै नै महत्त्वपूर्ण भएकाले यस्तै यस्तै किसिमका तालिम आगामी दिनपनि पनि ल्याउन वडा कार्यालयलाई तालिममा सहभागी लिला फुयाल बताउनुभयो ।तालिममा सहभागी हरूले आफ्नो अनुभव देखेर दक्षता र क्षमता विकास देखिएको कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष भुवन राज पोखरले बताउनु भयो । महिलाहरूले सकेको ज्ञान अरूमा प्रदान गर्न सके वडा विकास लान सकिने उहाँको
सुनसरी- सुनसरी जिल्लामा पछिल्लो समय भारतीय तथा नेपाली नक्कली नोटको कारोवार बढ्न थालेको छ । भारतसँग जोडिएको खुल्ला सिमानाका कारण सुनसरीमा एक पछि अर्को नक्कली नोटको कारोवार सार्वजनिक हुन थालेको छ ।यसैबीच जिल्ला प्रहरी सुनसरीले आइतबार साँझ सुनसरीको सदरमुकाम इनरुवाको सुनसरी खोलामा ट्राफिक प्रहरीले भारतिय सवारी चेकजाच गर्ने क्रममा १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित २२ वर्षीय महम्मद शैयादलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलनको अयोजना गर्दै घटना सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कोरपियोमा ल्य
इटहरी/ २०८० फागुन २ गते भ्यालेन्टाईन्स डे तथा सरस्वती पुजाको अवसर पारेर इटहरीमा १ दिने बृहत् ‘फुड एन्ड म्युजिक फेस्ट-२०२४’ तयारी पूरा भएको आयोजक संस्था ग्लोबल ड्रीम्स म्यानेजमेन्टका अध्यक्ष स्मित कार्किले जानकारी दिए ।उक्त फुड एन्ड म्युजिक फेस्ट-२०२४’ को मुख्य आकर्षणको रुपमा देश तथा विदेशमा लोकप्रिय ‘ड एज ब्याण्ड’ रहेको आयोजकले जनाएको छ ।‘ड एज ब्याण्ड’को ‘तिम्रो याद’, ‘नचाहेको हैन’, ‘मेरो आँशु’, ‘थाहा छैन’, ‘गन्तब्य’ जस्ता गीतहरु युवापुस्ता माझ लोकप्रिय छन् । त्यस्तै सुदन राई एण्ड व्याण्ड, पुर्ण राई एण्ड दाजुभाई लगायतको ब्याण्डहरुको पनि प्रस्तुति रहने बताईएको छ । खानाका परिकारहरुसं
सुनसरी - इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव हुने भएको छ ।जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटेल तथा लज व्यवसायी समिति इटहरीको आयोजनामा फागुन १ देखी ११ गतेसम्म महोत्सव गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव गरिन लागिएको आयोजकको दाबी छ ।इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा हुन लागेको महोत्सवमा इटहरीको प्रथम नागरिक थारु सहित यस क्षेत्र तथा आसपासका
विराटनगर / विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ ।महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरिन् । वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । स
सोलुखुम्बु / जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए।दिवसको अवसरमा सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ।फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुनेछन्। सर्वोच्च अदालतले नेपाल सरकारको निर्णयविरुद्ध परमादेश जारी गरे पनि अ
इटहरी । श्री पञ्चमी अर्थात् सरस्वती पूजालाई मध्यनजर गर्दै सुनसरीको इटहरी स्थित सुषमा गाेदावारी सेकेन्डरी स्कुलले विशेष अभियान चलाएको छ । जसमा साना नानीहरूलाई निःशुल्क भर्ना देखि विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको छ ।सरस्वती पूजाको अवसरमा आफ्ना नानीहरुलाई अक्षरारम्भ गराउनको लागि अभिभावकहरूलाई सादर आमन्त्रण समेत गरेको छ। सो दिन स्कुलमा विशेष कार्यक्रम पनि आयोजना गरिएको जनाइएको छ ।विगत १८ वर्ष देखी गुणस्तरीय शैक्षिक सेवा सुविधा प्रदान गर्दै आइरहेको बिध्यालय प्रदेशमै अब्बल रहेकाे छ । विद्यालयका हरेक कक्षा कोठामा डिजिटल प्रविधिबाट अध्ययन अध्यापन , स्मार्ट बोर्ड , गुणस्तरीय शिक्षा ,अन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.