आर्थिक

    Showing २४१-२५० of १,२४६ items.
  • विराटनगर–१९ बैजनाथपुरमा हाइब्रिड चार्जिङसहित आधुनिक फ्युल सेन्टर सञ्चालन

    इटहरी । विराटनगर महानगरपालिका–१९, बैजनाथपुरमा पुरानो पेट्रोल पम्प न्यु कान्तिपुर फ्युल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलाल चोक–विराट चोक सडकखण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोल पम्पपरिसरमा अहिले विद्युतीय ९इभी० चार्जिङ स्टेसन पनि थपिएको हो । यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्रिड सवारीलक्षित पुनर्संरचना गरिएको चार्जिङ तथा फ्युल सेन्टर हो । जहाँबाट इभी र इन्धन दुवै विकल्प भएका हाइब्रिड सवारीका लागि सहुलियत पुग्ने छ । त्यसबाहेक इभी मात्रै वा इन्धन मात्रै प्रयोग हुने सवारीलाई पनि सहज हुने छ । सञ्चालक पोखरेलका अनुसार पुरानो पेट्रोल पम्पलाई पनि नयाँ र त्यही परि

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २०० पटक पढिएको
  • अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्य वृद्धिसँगै महँगियो इँटा

    इटहरी । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ । सरकारले डिजेलको मूल्य प्रतिलिटरमा १२ रुपियाँले वृद्धि गरेपछि इँटाको ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । इँटा उद्योगबाट निर्माणस्थलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्च बढेपछि उद्योगीले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपियाँसम्म मूल्य बढाएका छन् ।  सुन

    • प्रकाशित मितिः चैत ९, २०८२
    • १५२ पटक पढिएको
  • भोजपुरको पौवादुङमाका किसान उद्यममा जोडिदै

    इटहरी । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसान अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानी गर्ने बाटोमा अघि बढेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको दूध बिक्री गर्दै किसानले गाउँमै आयआर्जन गर्न थालेका छन् । यसले वैदेशिक रोजगारी र बाह्य आयस्रोतमा निर्भरता घटाउँदै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको छ । श्यामशिलाका किसान निमदोर्ची शेर्पा यस

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १९५ पटक पढिएको
  • स्थानीय पूर्वाधार विकास विभागले बजेट नपठाउँदा मोरङमा भवन निर्माण प्रभावित

    इटहरी । स्थानीय पूर्वाधार विकास विभागले समयमा बजेट नपठाइदिँदा  मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण रोकिने भएको छ । विभागले ठेक्काको ५० प्रतिशत वित्तीय खर्च बेहोर्ने सर्तमा पथरीशनिश्चरे नगरपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण थालेको थियो । नगरपालिकाले आफूले बेहोर्ने ५० प्रतिशत रकमसहित हालसम्म पाँच करोड ७४ लाख रुपियाँ निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ । हालसम्म ५० प्रतिशत मात्र वित्तीय प्रगति भए पनि भौतिक प्रगति ७० प्रतिशत भइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाका अनुसार स्थानीय पूर्वाधार विकास विभागले ८१ लाख रुपियाँ मात्र पठाएको छ

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १८८ पटक पढिएको
  • खानीडाँडा–याम्खा–पञ्चमी सडक कालोपत्रको काम सुरु, ३० करोड बजेट विनियोजन

    इटहरी ।  खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजार बजेटमा सम्झौता गरेर कालोपत्रको काम सुरु गरेको जनाइएको छ । सम्झौताअनुसार बिहीबारदेखि ठिक दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख व

    • प्रकाशित मितिः चैत ६, २०८२
    • १९२ पटक पढिएको
  • मोरङको उर्लाबारी–४ मा बक्राहाखोला किनारको घाट निर्माण अझै सम्पन्न भएन

    इटहरी ।  मोरङको उर्लाबारी–४ मा बक्राहाखोला किनारमा तीन वर्ष अघि निर्माण सुरु गरिएको बक्राहाघाट अझै पूरा भएको छैन। तीव्र शहरीकरण र जनघनत्व बढ्दै गएपछि उर्लाबारी नगरपालिकाले तीन वर्ष अघि पाँच महिनामा निर्माण सम्पन्न गर्ने योजना सहित घाट निर्माण सुरु गरेको थियो।उर्लाबारी–४ का स्थानीय ३५ जनाले ४ बिघा जग्गा बक्राहाघाट निर्माणका लागि उपलब्ध गराएपछि सोही स्थानमा घाट निर्माणको डिपीआर तयार गरिएको थियो। २०७४ मा नगरपालिकाले नगरको गौरवको योजना अनुसार घाट निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, जग्गा उपलब्ध नभएपछि बजेट रोकिएको थियो।अघिल्लो नगर प्रमुख खड्गबहादुर फागोले नगरको गौरवको आयोजन

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २१९ पटक पढिएको
  • भोजपुरको पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

    इटहरी।  भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभययो । उहाँका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताउनुभयो । ती सबै परिवारल

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २१० पटक पढिएको
  • मध्यपूर्व तनावको असरः तोरी अभावसँगै खाने तेलको मूल्य वृद्धि

    इटहरी। विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल) का सञ्चालक विजय बरालले गत वर्ष चार हजार पाँच सय रुपियाँ प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गर्नुभयो । आफ्नै मिलमा तोरी पेलेर निकालेको तेल चार सय रुपियाँ प्रतिलिटरमा बिक्री भएको थियो । मोरङ, सुनसरी, झापामा उत्पादन हुने तोरी खरिद गरेर कच्चा वा तेल बिक्री गर्ने गरेका बरालले यस वर्ष भने कच्चा तोरी अभाव झेल्नु परेको छ । कच्चा तोरी खरिद गर्दा पनि छ हजार पाँच सय प्रतिमन मूल्य किसानको खेतमै बुझाउनुपर्ने भएको छ । कच्चा तोरी विराटनगरमा बिक्री गर्दा सात हजार प्रतिमन पुग्छ । बरालका अनुसार किसानको खेतबाट तोरी उठाएर मिलसम्म ल्या

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २०३ पटक पढिएको
  • मोरङको बेलबारीमा बन्यो धिमाल होमस्टे

    इटहरी । मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं। १० स्थित  माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइसकेको छ भने सङ्ग्रहालय निर्माणको चरणमा छ । मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रीतिरिवाज, परम्परा, वेशभूषा, खानपान र संस्कृति देख्न र हेर्न सकिने गरी धिमाल जीवित सङ्ग्रहालय र धिमाल घरबास नर्माण गरिएको हो । बेलबारी –१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । १२१ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्

    • प्रकाशित मितिः चैत ५, २०८२
    • १९२ पटक पढिएको
  • ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घर तथा सार्वजनिक संरचनमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

    इटहरी। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ ।प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो । मानिसको घर गोठ र वडा कार्यालयसहितका सार्वजनिक संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा ७५ लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रनाउ गौतमले जानकारी दिन

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]