आर्थिक

    Showing २७१-२८० of १,२०४ items.
  • झापा इनर्जीले पाँच महिनामा साढे चार करोडको बिजुली बिक्री

    इटहरी ।  सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२र८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले  ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २११ पटक पढिएको
  • मालपोत कार्यालय ताप्लेजुङ द्धारा पाँच महिनामा एक करोड १० लाख राजस्व सङ्कलन

    इटहरी। मालपोत कार्यालय ताप्लेजुङले पाँच महिनाको अवधिमा एक करोड दश लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको पाँच महिना अर्थात् साउन महिनादेखि मङ्सिर मसान्तसम्ममा मालपोत कार्यालयले उक्त राजस्व रकम सङ्कलन गरेको हो। मालपोत कार्यालयले मङ्सिर मसान्त सम्ममा राजिष्ट्रेसन दस्तुरबापत र पुँजीगत लाभकर दुवै गरी कुल एक करोड १० लाख ८६ हजार १३२ रुपियाँ राजस्व सङ्कलन गरेको छ। चालु आवको मङ्सिर सम्ममा रजिष्ट्रेसन दस्तुरबापत ५७ लाख ८६ हजार ६४४ रुपियाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभयो। कार्यालय प्रमुख शेर्पाका अनुसार मङ्सिर सम्ममा पुँजीगत लाभकरब

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २२० पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पाँचमहिनामा र तीन अर्ब ८० करोड राजस्व सङ्कलन

    इटहरी। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५।८० प्रतिशत हिस्सा ओगटेको छ ।  त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४।१४ प्रतिशत, या

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २०५ पटक पढिएको
  • धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता कायम

    इटहरी। आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४२५ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यलय धनकुटाले दिएको तथ्याङ्क अनुसार जिल्लामा मतदाता सङ्ख्या यस्तो कायम रहेको पाइएको हो । जिल्लामा अघिल्लो निर्वाचनको तुलनामा अहिले मतदाताको सङ्ख्यामा वृद्धि पाइएको छ । अघिल्लो निर्वाचनसम्म धनकुटामा एकलाख १६ हजार नौ सय ९१ जना मतदाता रहेको थिए । अहिले एक हजार चार सय ३४ जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्दा तीन हजार दुई सय ७२ जनाले नाम दर्ता गराएको भए पनि एक हजार चार सय ३४ जना मतदाता मात्रै थप भएका हुन् ।

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २४२ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिका द्धारा तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान सहयोग गरेको छ । तरकारी खेती उत्पादन तथा बजारीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरेको हो । सिदिङ्वा गाउँपालिका–३ आङ्खोप र वडा ४ साब्लाखुका किसानलाई तरकारी खेतीका लागि अनुदान सहयोग उपलब्ध गराइएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार तरकारी खेतीका लागि सतप्रतिशत अनुदानमा तरकारीको बीउ र खेती गर्दा आवश्यक पर्ने सामग्री वितरण गरिएको छ । आङ्खोपका विभिन्न तीन र साब्लाखुका दुईवटा टोल विकास संस्थामा आवद्ध रहेका किसानलाई तरकारीको बीउ लगायतका सामग्री उपलब्ध

    • प्रकाशित मितिः पुस १५, २०८२
    • १९६ पटक पढिएको
  • काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु

    इटहरी। काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा अनलाइन मूल्याङ्कन सफ्टवेयर प्रणाली लागु भएको छ । सन्दर्भ मूल्यसूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठ वटा भन्सारका परीक्षणका रूपमा यो प्रणाली लागु गरिएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागु गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चु

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २६३ पटक पढिएको
  • भोजपुर सदरमुकाम क्षेत्रका नागरिकलाई सिलिचुङ खानेपानी आयोजनाले दिलायो राहत

    इटहरी।  भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ । भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले  गरी पाँच वटा मुहानबाट पानी सङ्कलन गरी स्थानीय नागरिकको घरघरमा वितरण गरिएको समितिका अ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २४९ पटक पढिएको
  • उर्लाबारी–१ मा तोरीखेती प्रवर्द्धनका लागि १६ लाखको कृषि सामग्री सहयोग

    इटहरी  । मोरङको उर्लाबारी नगरपालिकाले वडा १ का तोरीखेती गर्ने किसानलाई १६ लाख मूल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ । तेलहन बाली पकेट सञ्चालन कार्यक्रम अन्तर्गत नगरपालिकाको १२ लाख रुपियाँ र किसानको ४ लाख ३३ हजार ८ सय रुपियाँ गरी कुल १६ लाख ३३ हजार ८ सय रुपियाँको उपकरण र बीउ वितरण गरिएको हो। वडा १ को सिंहदेवी कृषक समूहले तेलहन बाली लगाउने किसानको लगत सङ्कलन गरी किसानलाई राहत कार्यक्रममा सहभागी गराएको हो । कार्यक्रम अन्तर्गत किसान समूहलाई तोरीको बीउ चार सय किलो, सल्फर ५२५ किलो, ६० थान त्रिपाल, बोरिङ मोटर २२ थान, पाइप रोल ३० थान, डिजिटल काँटा ८ थान, ठेला १५ थान र स्प्रेयर १९ थान सञ्च

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २९२ पटक पढिएको
  • इलामका क्षतिग्रस्त सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

    इलाम । इलामका सडक मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षतिग्रस्त सडक र पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो ।क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवा खोला पुल, जोगमाई खोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अब सडक

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २७५ पटक पढिएको
  • धनकुटामा अलैँची उत्पादन बढ्यो

    इटहरी । धनकुटामा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैचीको उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैचीँ खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैचीँ उत्पादन भएको थियो। जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैचीँ उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो। धनकुटामा गत आर्थिक वर्षमा उत्प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]