इटहरी । भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तुको निर्यात बढाउने सरकारी नीति र व्यवसायीको प्रयासमा भारतीय भन्सारको नयाँ नियमले समस्या सिर्जना गरेको छ । विराटनगर–जोगबनी नाका हुँदै भारततर्फ वस्तु निर्यात गर्दा भारतीय पक्षले लागु गरेको ‘टोकन प्रणाली’ र पार्किङ शुल्कमा गरिएको अस्वाभाविक वृद्धिले नेपाली निर्यातकर्ता पीडित भएका हुन् । जोगबनीस्थित भारतीय भन्सार कार्यालयले मालवाहक सवारीसाधन जाँचका लागि लागु गरेको समयसीमा र जरिबानाको प्रावधानले नेपाली व्यवसायीलाई ‘अतिरिक्त भार’ बोकाएको छ । नयाँ व्यवस्था अनुसार, निर्यातका लागि टोकन लिएको २४ घण्टाभित्र सवारीसाधन भारतीय भन्सारमा प्रवेश भ
इटहरी। झापाको अर्जुनधारा नगरपालिका –८ रातोपुलमा स्थानीय सन्तोष साहुको घरमा आगलागी हुँदा करिव ९० लाख रुपियाँ बरावरको क्षति भएको छ । बिहीवार राति ८ः ३५ बजेको समयमा साहुको २ तले घरको तल्लो तलामा रहेको हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगालागी भएको थियो । २ वटा सर्टर जलेर पूर्णतः ध्वस्त भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आगलागी इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपलिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकल स्थानीयवासी लगायातको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट पसलभित्र रहेको सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट लगायातको सामग्रीहरु जलेर करिब ९० लाख बराबरको
इटहरी/ समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी गरिसकेको छ ।कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको प्रवक्ता गणेशप्रसाद भट्टले बताए ।‘कार्यविधि मस्यौदामा १ लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने प्रस्ताव गरिएको छ,’ भट्टले भने, ‘१ लाख बचत भएका बचतकर्तालाई पूरै दिनेरनदिने सन्दर्भमा अर्थ मन्त्रालयको राय पर्खेका छौं ।’सहकारी मन्त्रालयले
इटहरी । चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँ भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको छ । ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र८२ को यही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् दुई दशमलव १ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँल
इटहरी । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देख
इटहरी। बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताउनुभयो । गत वर्ष ७५ ह
इटहरी | नेपाल युवा उद्यम मञ्च सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको ‘लर्निङ सेसन’ कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीले श्रमिक तथा रोजगारदातालाई लक्षित गर्दै सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७६ सालदेखि श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य भइसकेको भन्दै अझै पनि विभिन्न बहानामा कोषमा सूचीकृत हुन नचाहने प्रवृत्ति देखिनु चिंता जनक रहेको बताए।उनले भने, “कानुनले भनेको मान्नैपर्छ। सामाजिक सुरक्षाबाट जोगिन खोज्दा झन्झट आफैँले थेग्नुपर्ने अवस्था आउँछ
इटहरी। आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए । गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए । काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता
इटहरी । विराटनगरमा दूध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दूध उत्पादन सुरु गरेको छ । पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दूध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दूधको उपयोगका लागि पुनः पाउडर दूध उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले काठमाडौँस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध–तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको जनाएको छ । नयाँ सम्झौता प्रक्रियामा केही स
इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको सोमबार शिलान्यास गरिएको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले कानेपोखरी(५, भौंसावारीमा प्रमुख प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकार र कानेपोखरी गाउँपालिकाको संयुक्त लगानीमा १० करोड ९७ लाख ७० हजार २७८ रुपियाँ ७३ पैसामा भवन निर्माण हुने भएको हो । हेटौँडाको अर्थ(श्रीमान जेभीले लागत इस्टमेट भन्दा ३२ दशमलव २८ प्रतिशत अर्थात पाँच करोड २३ लाख २४ हजार ६२३ रुपियाँ ९० पैसा घटीमा भवन निर्माणको ठेक्का लिएको छ । गत कात्तिक २७ गते पालिका र निर्माण कम्पनीबिच सम्झौता भएको प्रशासनिक भवन २०८४ को कात्तिक मसान्तसम्ममा निर्मा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.