आर्थिक

    Showing ५७१-५८० of १,२०४ items.
  • सवारी कर र चालक अनुमति पत्रबाट कोशी प्रदेशको ६० प्रतिशत आन्तरिक आय, दश महिनामै २ अर्ब २२ करोड राजस्व संकलन

    इटहरी । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७।६४ प्रतिशत हो । वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महि

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४०६ पटक पढिएको
  • रामधुनीमा पहिलो फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव हुने

    इटहरी । थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिको आयोजनामा रामधुनी नगरपालिकाको झुम्कामा पहिलो रामधुनी फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव जेष्ठ ९ गतेदेखि सुरु भई जेष्ठ २४ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय जातजातीको मौलिक संस्कृति, परम्परा र खानपानलाई संरक्षण तथा प्रवद्र्धन गर्न फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव गर्ने थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिले जानकारी दिएको छ । महोत्सवमा करिब २० वटा स्टलहरू राखिनेछन्, जसमा थारु समुदायका परम्परागत परिकार, पुराना औजार, भेषभूषा लगायतका सामाग्रीहरूको प्रदर्शनी गरिनेछ । प्रत्येक दिन साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३३२ पटक पढिएको
  • मिक्लाजुङ रोजगार शाखाको डिजिटल पाश्वचित्र हस्तान्तरण तथा अध्यावधिक सम्बन्धी अभिमुखिकरण सम्पन्न

    मिक्लाजुङ गाउँपालिका रोजगार  शाखाले वैदेशिक रोजगारीबाट  फर्किएका व्यक्तिहरुको पुन एकीकरण रेमि परियोजना अन्तर्गत डिजिटल पाश्वचित्र  हस्तान्तरण तथा अध्यावधिक  सम्बन्धी अभिमुखिकरण  कार्यक्रम सम्पन्न गरेको छ गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष बबी कुमार राईले गर्नु भएको थियो ।  सो अवसरमा  डिजिटल पाश्र्व चित्र हस्तान्तरण  गरिएको हो । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएपछि नेपाल मै उद्यमशिलता, रोजगार सिर्जना, तथा जीवनस्तर उकास्न सकिने सम्भावनाबारे जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरू वडा सचिवहरू, साथै वै

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३४८ पटक पढिएको
  • मोरङमा मकैको उत्पादन र उत्पादकत्व बढ्दै

    इटहरी । मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा मकैको उत्पादकत्व समेत वृद्धि भएको छ । उहाँका अनुसार गत आवमा २० हजार ४५२ हेक्टरमा मकै खेती हुँदा १ लाख ४१ हजार ११८ दशमलव ८० मेट्रिक टन मकै उत्पादन भएको थियो । गत वर्ष प्रति हेक्टर ६ दशमलव ९० मेट्रिक टन मकै उत्पादन भएको थियो । यो वर्ष प्रति हेक्टर उत्पादन सात मेट्रिक टन पुगेको छ । किसानले समयमा मल र सिँचाइ गर्न पाउने हो भने उत्पादकत्व अझ बढ्ने ज्ञान केन्द्र प्रमुख दीपा देवले बताउनु भयो । आ

    • प्रकाशित मितिः जेठ २, २०८२
    • ४०८ पटक पढिएको
  • मोरङको रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरमा

    इटहरी । दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरमा पुगेको छ । लामो समय निर्माण प्रक्रिया रोकिएर पुनः निर्माण थालेको ठेकदार कम्पनीले २०८२ को दशैंमा कार्यालय सर्ने गरी काम गरिरहेको छ । नगरपालिकाका लेखा अधिकृत एवम् सुचना अधिकारी निता सिग्देलका अनुसार हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ३७ दशमलव २९ प्रतिशत वित्तीय प्रगति भएको छ । अबको काम वाल फिनिसिङ, विद्युत वाइरिङ, धारा जडान, मार्वल विच्छ्याउने मात्र बाँकी छ ।निर्माण कम्पनीले दशैं सम्ममा सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।साविकका महादेवा, झुर्किया, सिंजुवा, इटहरा गाव

    • प्रकाशित मितिः जेठ २, २०८२
    • ३९१ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तह याक संरक्षण र प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिदै

    इटहरी । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी याक पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् । पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन् । सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थि

    • प्रकाशित मितिः जेठ १, २०८२
    • ३७६ पटक पढिएको
  • धनकुटा जिल्लामा प्रहरीको नवनिर्मित भवन उद्घाटन समारोह सम्पन्न

    इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन समुद्घाटन समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । सङ्घीय सरकारको विनियोजित १२ करोड बजेट बाट निर्मित भवनको प्रहरी महानिरीक्षक दीपक थापाले एक समारोहका साथ उद्घाटन गर्नुभएको हो । नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भौतिक संरचनाहरूमा कार्यालय, हिरासत भवन, ब्यारेक भवन, कार्यालय प्रमुख आवास , सिनियर प्रहरी आवास, भान्सा घर तथा शौचालय, स्नान घरलगायत  छन् । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरदकुमार थापा, प्रमुख जिल्ला अध

    • प्रकाशित मितिः जेठ १, २०८२
    • ३३९ पटक पढिएको
  • इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल मर्मत गरिँदै

    इटहरी । इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ । केहि दिनअघि पुल भाँचिएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको पहलमा मर्मतको काम सुरु गरिएको हो । पुल भाँचिएर यातायत सञ्चालनमा अवरोध भएपछि तत्काल यातायत सञ्चालन गर्नेगरी पुल मर्मत गर्नका लागि दुबै पालिकाले पाँच, पाँच लाख रुपियाँ छुट्याएका थिए । जनप्रतिनिधि र प्राविधिकले भाँचिएको पुलको अनुगमन गरी तत्काल मर्मत गर्ने निर्णय गरेको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘नागरिकलाई समस्या आउन नदिनका लागि दुबै पालिकाको समन्वयमा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३५६ पटक पढिएको
  • भोजपुरमा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ ।कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक–एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि प्रस्तसत कार्यक्रमबाट मद्दत पुग्ने

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३७६ पटक पढिएको
  • भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ ृगुराँसे पदमार्ग पर्यटकको रोजाइमा

     इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ ृगुराँसे पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो ।लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताउनुभयो । पदमार्ग निर्माणले यहाँको व्यापार व्यवसायसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुगेको उहाँले बताउनुभयो ।  किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो । यहाँ

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]