आर्थिक

    Showing ६६१-६७० of १,२०४ items.
  • माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

    इटहरी। जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी  दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् । सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर ९अधिकृत छैटौँ० युवराज दाहालले जानकारी दिनुभयो । वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ । वडा नं ३ को सिङ

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • २४७ पटक पढिएको
  • सुन्दरहरैँचामा पुस्तकालय , शैलुन सहित सुविधा सम्पन्न सार्वजनिक शाैचालय निर्माणका लागि एक्स्पाे हुने

    सुन्दरहरैँचा  | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित  नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा  खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक

    • प्रकाशित मितिः माघ २८, २०८१
    • ४८२ पटक पढिएको
  • हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो

    इटहरी ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी ९घरेलु मदिरा०लाई औद्योगिकीकरण गर्ने गरी प्रवर्द्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवर्द्धनको काम सुरु गरेको हो । परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायीकरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोग

    • प्रकाशित मितिः माघ २२, २०८१
    • ३०४ पटक पढिएको
  • दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु

    इटहरी।  जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो । दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना ९आरसीआइपी० कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र रु ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।   शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्र

    • प्रकाशित मितिः माघ २२, २०८१
    • २६८ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तार तीव्र, निर्माण कार्यले गति लिँदै

    इटहरी। एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भइरहेको छ । सडक विस्तारका लागि २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको हो । एक वर्षको अवधिमा ११ प्रतिशत भौतिक र ६।५५ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना निर्देशनालय ९एडिबी० का निर्देशक चूडाराज ढकालका अनुसार माघ १९ मा काम सुरु भए पनि रुख कटान, बिजुलीका पोल सार्ने, खानेपानीका पाइप स्थानान्तरण गर्ने, केबल नेटका तार हटाउनेलगायतका कामले साइट क्लियर गर्न  बढी समय खर्च भयो । अझ असोजसम्म परेको काम गर्न ‘डिस्टर्ब’ भयो । उहाँले अब समग्रमा मासिक ३।५ प्रतिशतको भौतिक

    • प्रकाशित मितिः माघ २२, २०८१
    • २५० पटक पढिएको
  • सरस्वतीको मूर्तिबाट करोडको कारोबार

    इटहरी । सुनसरीमा सरस्वती पूजाका लागि एक हजारभन्दा बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारका अनुसार एक हजार बढी मूर्ति बिक्री हुँदा एक करोडको आर्थिक कारोबार भएको छ । एक महिनाअघिदेखि आकर्षक रूपमा बनाएको मूर्तिबाट राम्रो आम्दानी गरेको इनरुवाका मूर्तिकार लक्ष्मण मेहताले बताउनुभयो । आफूहरूलाई एक महिनादेखि भ्याइनभ्याइ भएकोमा सोमबार सरस्वती पूजा हुने भएकाले आइतबार मात्रै एक सयभन्दा बढी मूर्ति आफूले बिक्री गर्दा पाँच लाखको कारोबार भएको मेहताले बताउनुभयो । सरस्वती पूजाका लागि विद्यालय, शैक्षिक संस्था र व्यक्तिले समेत मूर्ति लाने भएकाले सोचेभन्दा राम्रो आम्दानी भएको अर्का मूर्तिकार सञ्जय चौधरील

    • प्रकाशित मितिः माघ २१, २०८१
    • २५५ पटक पढिएको
  • सोलुखुम्बुमा जापानी लगानी,माउन्ट फुजी स्प्रिङले हिमाली पानी निर्यात गर्ने

    इटहरी। जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख शेर्पा र जापानी लगानीकर्ता ‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीका अध्यक्ष अवाइ हिडेरो बिच सहमति भएको हो । जापान भ्रमणमा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो । जापानलगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिङ्गापुर, मलेसिया, युएई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन ग

    • प्रकाशित मितिः माघ १६, २०८१
    • २८६ पटक पढिएको
  • भुक्तानी नपाउदा दूध सङ्कलन प्रभावित

    इटहरी । झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दुधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दूधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रमुख प्रबन्धक चिरञ्जीवि भण्डारीका अनुसार दूधको रकम नपाएका कारण आफुहरूले किसानलाई ८७ लाखभन्दा बढि भुक्तानी दिन बाँकी रहेको छ । दूध सङ्कलन गर्ने की नगर्ने भनेर अन्योल भएको भण्डारीको भनाइ छ । एक वर्ष अघिदेखिको भुक्तानी आफुहरूले पाउन बाँकी रहेको दुग्ध सङ्कलक किसानहरूले बताउँदै आएका छन् । सहकारी संस्थाहरूले पैसा नपाएपछि दूध ल्याएका किसानहरूले पनि भुक्ता

    • प्रकाशित मितिः माघ १५, २०८१
    • ३२६ पटक पढिएको
  • नेपालमै पहलो पटक रासन कार्ड र रासन वितरण

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी रासन र रासन कार्ड वितरण गर्न सुरु गरेको छ । सोमबार वडा कार्यालयले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहत वितरण सुरु गरेको हो । पहिलो चरणमा अति विपन्न २० परिवारलाई वडा समितिले छनौट गरी रासन प्रदान गरिएको वडाध्यक्ष नैना राईले जनाउनु भएको छ । उहाँले विपन्न ३ जनाको परिवारलाई १० केजी चामल र ३ जना भन्दा बढीको परिवारलाई महिनैपिच्छे १५ केजीको दरले चामल उपलब्ध गराउँदै जाने वडा समितिको उद्देश्य रहेको बताउनुभयो । उहाँले यस  चालु आर्थिक वर्षको लागि एक लाख रुपैयाँ मात्र बजेट छुट्याएर वडा भित्रका अति विपन्न परिवारलाई रासन

    • प्रकाशित मितिः माघ १५, २०८१
    • २४७ पटक पढिएको
  • विराटनगरमा विराट एक्स्पो सुरू, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

    विराटनगर : विराटनगरमा शनिबारदेखि विराट एक्स्पो २०२५ सुरू भएको छ । उद्योग संगठन मोरङले एक्स्पोको आठौं संस्करण आयोजना गरेको हो । एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । उद्घाटन समारोहमा उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन संघीय सरकारले नीति निर्माण गर्नुपर्ने बताए ।उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालका अनुसार नेपाल, भारत, बंगलादेश र प

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]