इटहरी । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१ र ८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए । उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिक टन मल मौज्दात रहेको छ । जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पो
इटहरी । पूर्वाधार विकास कार्यालय अन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताउनुभयो । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रस
इटहरी | पछिल्लो समय सहकारी संस्थाहरूप्रति विश्वास घट्दै गएको अवस्थामा, इटहरी–२० मा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको मन जित्दै उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उक्त सहकारीले २ करोड ३१ लाख ५१ हजार रुपैयाँ बढी नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८२.४५ प्रतिशत वृद्धि हो।विगतका केही वर्षहरूमा सहकारी क्षेत्रमा देखा परेका अनियमितता र अपचलनका घटनाहरूले बचतकर्ताहरूमा त्रास उत्पन्न गरेको छ। तर, शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले भने पारदर्शी व्यवस्थापन, प्रविधिमैत्री सेवा र उद्यमशीलतालाई प्राथमिकता दिँदै बचतकर्ताको विश्वा
काठमाडौं / नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउने भएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो ।यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरी डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडेलहरूको लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँमा तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ, जसले गर्दा अब यो ई
इटहरी । प्रहरीकै सेटिङमा भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ। राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीको दुर्गा मन्दिर नजिकैबाट अन्दाजी एक करोड मूल्य बराबरको लत्ताकपडा तथा मोर्टर पार्टस् बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, बोर्डर आउट पोस्ट नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र नकलबन्दा प्रहरी चौकी लगायतको सेटिङमा तस्करीको लाइन खुलाएर
इटहरी । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो । नेपाल वायु सेवा निगमसँग रहेको दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो । पुस पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बिचबाटै फर्किएको थियो । तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि स
इटहरी । उद्यमशीलता प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले रामधुनी नगरपालिकामा बहुमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ । कोशी प्रदेश सरकार, रामधुनी नगरपालिका, र दायित्व संस्थाको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमले स्थानीय नागरिकलाई स्वरोजगार बनाउन तथा साना उद्योग व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ । प्रबन्धक संजय पोखरेलको अध्यक्षता तथा रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रमले साना उद्योग व्यवसाय गर्नेलाई सहज हुने छ । उद्यमीहरूलाई व्यवसाय क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कार्
इटहरी । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताउनुभयो । ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट बीआइएस नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिनुभयो । बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरुको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेप
इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०(०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । कार्यालयको तथ्यांकअनुसार गत आव २०८०(०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आवभन्दा राजस्व संकलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार, ब्याजब
इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–५ थुकिमाको सिङथाप टोलका सन्तोष तामाङको घर आइतबार जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आगलागीबाट तामाङको काठ र जस्तापाताको प्रयोग गरेर बनाइएको दुई तले कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, केही सुनका गरगहाना, ७० हजार रुपियाँ नगद र अन्य सामग्रीसमेत जलेर नष्ट भएको छ । गलागीबाट नागरिकतासहितका महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको प्रह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.