इटहरी । स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झवि लाल डुम्रे विजयी भएका छन्। उनी २५ हजार ३५४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। डुम्रेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लले २० हजार ८३० मत पाएका छन्। यस्तै नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका पदकबहादुर विकले ८४८ मत पाए।
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् । उनले ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् ।साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् । साम्पाङले जेन्जी आन्दोलन पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए । पार्
इटहरी । नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार उपस्थिति जनाएको छ । दशकौंदेखि पुराना दलको किल्ला मानिएका झापा, मोरङ र उदयपुर जिल्लामा रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा क्लिन स्विप गरेको छ। अहिलेसम्म नतिजा आएका झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कूल १३ वटा क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको हो । जनताले यसपटक अनुहार होइन, एजेन्डा र परिवर्तनलाई रोजेका छन् । जसको परिणामस्वरूप पूर्वका यी तीन जिल्लाका सबै सिटमा रास्वपाले शानदार विजय हासिल गरेको छ । सबैभन्दा ठूलो र रोचक उथलपुथल झापा जिल्लामा देखिएको छ । झापा(५, जहाँबाट नेकपा एमाल
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गरेका हुन् । निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार
इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८७ हजार ८६१ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएको छ भने १ हजार ३४६ मत बदर भएको छ । निर्वाचन परिणाम अनुसार कांग्रेसका उम्मेदवार जनकराज गिरीले १७ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हे
इटहरी। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का पारशमणि गेलाल विजयी भएका छन्।गेलाल करिब १९ हजार मतान्तरले विजयी भएका हुन्। उनले ३० हजार ५९० मत ल्याउँदा श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत मात्र ल्याएका छन्।यसअघि उदयपुर २ मा रास्वपाकै सूर्यबहादुर तामाङ सात हजार मतको अन्तरले निर्वाचित भइसकेका छन्। तामाङ १४ हजार ८०२ मत पाएर विजयी हुँदा नेकपा ९एमाले०का अम्बरबहादुर रायमाझीले सात हजार ६४८ मत पाएका छन्।
इटहरी । भोजपुर जिल्लाको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीको ध्रुवराज राईले चौध हजार २४१ मतको साथ अग्रता कायम गरेको छ। नेकपा ९एमाले० को शेरधन राई बाह्र हजार ३१९, नेपाली कांग्रेसको बालकृष्ण थापा ८, २०९, राष्ट्रिय स्वतन्त्रता पार्टीको रमेश ओझाको पाँच हजार ९३७ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ३७२ मत प्राप्त गरेका छन्।अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुङ्मा,भोजपुर, रामप्रसाद, षडानन्द र साल्पासिलोच्छो मत गनिसक्दाको मतपरिणाम रहेको छ।
इटहरी । बर्दिया निर्वाचन क्षेत्र न। १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुर सिंह थारु विजयी भएका छन्। उनी ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन् ।ललितपुर क्षेत्र नम्बर २ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेल ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरे । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ र नेकपा ९एमाले०का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् ।कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार
इटहरी । सिराहा निर्वाचन क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी हुनुभएको छ। निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार, गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीले नौ हजार ७८४ मत प्राप्त गर्नुभएको छ। सिराहा–१ मा रहेका ४१ वटै वडामा प्रथम स्थान हासिल गर्न सफल गुप्ताले, कांग्रेसका पुराना नेता चौधरीभन्दा चार गुणभन्दा बढी मत प्राप्त गर्दै विजयी हुनुभएको हो। तेस्रो स्थानमा नेकपा एमालेका पूर्व प्रतिनिधि सभा सदस्य राम शङ्कर यादवले सात हजार ८८६ म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.