समाचार

    Showing १-१० of ४,४०३ items.
  • किरण सिवाको ‘बिर्खे दमाईको आवाज’ले चुम्यो राष्ट्रिय कविता प्रतियोगिताको उपाधि

    भोजपुर / नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको उपाधि सुनसरीका कवि किरण सिवाले प्राप्त गरेका छन्। त्रिधार्मिकस्थल हलेसीमा आयोजित प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविताले रु ४० हजार राशीको खुला राष्ट्रिय कविता प्रतियोगिता–२०८१ को उपाधि चुमेको हो। आयोजकसँग दर्ता भएका कवितामध्य छनोटमा परेका १६ वटा कविता प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइएको प्रतियोगितामा भोजपुरका कवि सङ्ग्राम किरातीको क

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ३४ पटक पढिएको
  • प्रतिवेदन नबुझाउने २१ सहकारी संस्थालाई इटहरी उपमहानगरको खबरदारी

    इटहरी : इटहरी उपमहानगरपालिका भित्रका २१ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन नबुझाएको भन्दै सचेत गराएको छ ।कानुन अनुसार साधारण सभा भएको १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने भए पनि सहकारी संस्थाले अटेरी गरेको भन्दै उपमहानगरले खबरदारी गरेको हो ।गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन हालसम्म पनि पेस नगरेको हुँदा जेठ १७ गतेभित्र बुझाउन निर्देशन दिएको छ । सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले सूचना प्रकाशित गर्दै कानुनी कारबाहीको चेतावनी दिएका छन् ।

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • ६५ पटक पढिएको
  • कबड्डी लिगकालागी कोशी प्रदेश स्तरीय खेलाडी छनौट सुनसरीमा

    सुनसरी / नेपालमा हुन लागेको नेपाल कबड्डी लिगकालागी कोशी प्रदेश स्तरीय खेलाडी छनौट सुनसरीमा भएको छ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पर्शुराम वस्नेतको प्रमुख आतिथ्यतामा सुनसरीको इटहरी स्थित रङ्गशालामा आज भएको छनौट प्रतियोगितामा कोशी प्रदेशका तराइ र पहाडि जिल्लाहरुवाट ३५ जना खेलाडि सहभागि भएको थिए । जस मध्ये १५ जना खेलाडिहरु छनौट भएको सुनसरी कब्बडि सघंका अध्यक्ष तरुण यादवले जानकारी दिनु भएको छ । छानाैटमा सहभागि खेलाडिहरुलाइ शुभकमाना दिनु हुदै कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्सुराम वस्नेतले प्रदेशका सम्पुर्ण खेल र  खेलाडिहरुकालागी आफुले हरसम्भव प्रयास गर्ने बताउनु भयो । 

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • ९१ पटक पढिएको
  • सन्दीपलाई उच्च अदालतले दियो सफाइ, जिल्लाको फैसला उल्टियो

    काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइ दिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् ।१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध आठ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै

    • प्रकाशित मितिः जेठ २, २०८१
    • १३६ पटक पढिएको
  • रविविरुद्ध संसदपछि सडकमा उत्रियो कांग्रेस

    काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ।बुधबार तरुणका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ९५ पटक पढिएको
  • ‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

    काठमाडौं / यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । यबि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ । आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमि

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ६१ पटक पढिएको
  • फिदिम नगरपालिकाको आर्थिक सहयोगमा रैथाने बाली प्रवर्द्धनको तालीम

    पाँचथर / पाँचथरको फिदिम नगरपालिकाको आर्थिक सहयोग र जनहित केन्द्र फिदिमको आयोजनामा दुईदिने रैथाने बाली प्रवर्द्धन तालीम सञ्चालन गरिएको छ ।जेठ १ गतेदेखि २ गतेसम्म फिदिम नगरपालिका -२ ठाडेमा त्यहाँका स्थानीयहरुलाई तालीम दिइएको हो। विषेश गरि पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थानीय उत्पादनमा नगरपालिकाले जोडदिन थालेको आयोजक संस्थाका अध्यक्ष बिजयबोध लावतीले बताउनुभयो ।तालीमले स्थानीयहरुमा ठुलो सहयोग पुग्ने वडा सदस्य नवीन ओझाले बताउनुभयो । ओझाका अनुसार रैथाने बालीमा पौष्टिक तप्त प्रचूर मात्रामा छँदैछ, यसबाट मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्ने बताए ।फिदिम नगरपालिकाक

    • प्रकाशित मितिः जेठ २, २०८१
    • १०० पटक पढिएको
  • नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा जेष्ठ ४ गते इटहरीमा रक्तदान कार्यक्रम गरिने

    नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको छ ।नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको हो ।जेष्ठ ४ गते इटहरी उपमहानगरपालिका अगाडि मितेरी होटल प्राङ्गणमा बिहान ६:३० बजे देखि ९ बजे सम्म नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र धरान घोपाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने नेकपा एमाले इटहरी नगर कमिटी अध्यक्ष याम कुमार सुब्बाले बताउनु भयो।

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ८८ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल इटहरी द्वारा इटहरीमा दीप प्रज्वलन लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम

    इटहरी - नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल इटहरी उपमहानगरपालिका कमिटीले लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।आज जेठ १ गते स्थापना दिवसको अवसरमा यूवा संघले इटहरी स्थित जनता माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई सचेतना कार्यक्रम गरेको हो । जनता माविको सहयात्रामा भएको उक्त कार्यक्रममा युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा इटहरी उपमहानगरपालिका- ९ का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यता र जनता माविमाका व्यवस्थापन समितीका अध्यक्ष काशिनाथ दंगालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा संघ सुनसरीका अध्यक्ष सुजन लामा,युथफोर्स कोशीका संयोज

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ६५ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल इटहरी द्वारा इटहरीमा दीप प्रज्वलन

    इटहरी / राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटिले सोमबार इटहरी उपमहानगरपालिकामा दीप प्रज्वलन गरेको छ । नेकपा एमाले को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको अवसरमा इटहरी उपमहानगरपालिका अगाडि दीप प्रज्वलन कार्यक्रम गरिएको नगर कमिटीका सचिव सुमन कटुवालले बताए ।दीप प्रज्वलन कार्यक्रम संघका नगर अध्यक्ष कमल जंग दाहालको अध्यक्षतामा भएको सहसचिव मनिस कोइरालाले बताए ।कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटी अध्यक्ष सुजन लामाले सामाजिक आवश्यकताका आधारमा युवाहरू अघि बढ्नु पर्ने बताए । युवाहरू सधै सकारात्मक सोचका साथ अघि बढेमा समाज सहि दिशातर्फ जाने बताए ।&nb

    • प्रकाशित मितिः जेठ २, २०८१
    • १४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]