इटहरी । धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भोडेटार चोकबाट प्रहरीले १५ किलो ६३ ग्राम गाँजा र दुईवटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।बिहीबार बिहान करिब ७ बजेतिर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २८ प ७२७७ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी–४ ज्यामिरे घर भएका अन्दाजी ४४ वर्षीय भीमबहादुर लिम्बू र मोटरसाइकलमा पछाडि सवार फाक्सिब बस्ने अन्दाजी २३ वर्षीय सागर लिम्बूलाई पक्राउ गरेको हो ।यसैगरी धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–५८ प ६००९ नम्बरको मोटरसाइकल चालक वीरबहादुर लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार
इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दामा झुम्का कारागारमा बन्दी रहेका सुनसरीको इनरुवा नगरपालिका–९ का ४४ वर्षीय विनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान ८ बजेतिर अस्थायी प्रहरी पोष्ट पोखरीचोक, सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकबाट चौधरीलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी। कोशी लोकमार्गअन्तर्गत पाख्रीबास–खाँदबारी सडक खण्डमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित माङमाया खोला छेउमा रहेको रुपाटार खेत यतिबेला धानले हरियाली बनेको छ ।तराई क्षेत्रमा उत्पादन हुने धानसरह उत्पादन हुने भएकाले रुपाटारको जमिनलाई धान खेतीका लागि निकै उपयुक्त मानिन्छ । अरुण उपत्यका क्षेत्रमा अवस्थित यस खेतमा स्थानीय किसानले वर्षमा तीन पटकसम्म विभिन्न बाली लगाउने गरेका छन् । उक्त खेत किसानका लागि उर्वर भूमि र आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । समुद्री सतहबाट तुलनात्मक रूपमा कम उचाइमा रहेको अरुण उपत्यका क्षेत्रमा पर्ने रुपाटारमा तराईकै झल्को दिने गरी धान उत्पादन हुने गरेको स्थ
इटहरी स् प्रहरीको हत्कडीसहित फरार भएका भद्रपुरका २४ वर्षीय सन्देश हस्दा हातहतियार र वन्यजन्तुको अखेटोपहारसहित पक्राउ परेका छन्। भदौ १४ गते आइतबार राति बिर्तामोड नगरपालिका–६ स्थित देउनियानजिक चोरीमा संलग्न रहेको सूचनाका आधारमा हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।पक्राउपछि हत्कडी लगाएर प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा हस्दा प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए। हत्कडीसहित फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा बिर्तामोड नगरपालिका–६ स्थित सेन्ट जेभि
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली उपाधि जित्ने दाउमा छन् । फाइनलमा पुगेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब उपाधि जित्ने दाउमा रहेका हुन् ।लाखेजात्रा सञ्चालन समितिले बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा फाइनल पुगेको टोलीका मुख्य प्रशिक्षक तथा कप्तानले आफूहरू प्रतियोगिताको उपाधि जित्ने दाउमा रहेको बताएका छन् । सलहेस युवा क्लबका मुख्य प्रशिक्षक राजिपकुमार यादवले उपाधि जित्नेगरी आफ्नो टोलीले खेल खेल्ने बताउनुभयो । ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणदेखि सलहेसले सहभागिता हुने अवसर प्राप्त भएको र अ
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव र यलम्बरका मूर्ति, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको छ । समुद्री सतहबाट करिब दुई हजार ३०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिमशृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । धार्मिक आस्थाका कारण पूजाआजाका लागि यहाँ
इटहरी स् नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको जनाएको छ । अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र प्रभावकारी बनाउन यो प्रविधि उपयोगी हुने विश्वास लिएको सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए ।हाल गणले दुई थान ‘गोप्रो क्यामेरा’ सञ्चालनमा ल्याएको उनले जानकारी दिए । सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य अपराध नियन्त्रणम
इटहरी। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश मधेश प्रदेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।जीवन विकासमा कार्यरत कर्मचारीहरूले एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २५ लाख ५ हजार रुपैयाँ कोषमा जम्मा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । विपद्को कठिन घडीमा सामाजिक उ
इटहरी : नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला भन्ने सोचले अर्जुन विष्टलाई पिरोल्थ्यो । उमेर थियो, जोस र जाँगर बाँकी थियो । केही न केही गर्नैपर्छ भन्ने सोच उनमा थियो ।विदेश जाने चाहना थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र अरूका लागि उदाहरण बन्ने लक्ष्यका साथ उनले कृषि व्यवसाय सुरु गरे । आज त्यही कृषिले विष्टलाई सफल व्यावसायिक कृषकको नयाँ परिचय दिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट अहिले सफल व्यावसायिक कृषकका रूपमा स्थापित भएका छन् । कृषि व्यवसायबाट उनले वार्षिक रु २८ लाखसम्म आम्दानी गर्दै आएको बताए । विसं २०७७ मा नेपाल प्रहरीको सेवाबाट अवकाश लिएपछि विष्टले कृषि व्य
इटहरी । सङ्खुवासभा जिल्लामा सञ्चालित दुई ठुला बहुवर्षे सडक आयोजनाहरू वर्षौंदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनीविरुद्ध कडा रूपमा प्रस्तुत भएको । निर्माण व्यवसायीले पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले तोकिएको समय सीमाभित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको हो । मन्त्रालयमा आयोजित विशेष छलफलमा मन्त्री आचार्यले आयोजनाहरूलाई ‘क्रोनिक’ को सङ्ज्ञा दिँदै अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने बताउनुभयो ।मन्त्री आचार्यले म्याद थप्ने परम्परा अन्त्य गर्दै गुफापोखरी–बाह्रबिसे सड
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.