समाचार

    Showing १२१-१३० of १२,७६४ items.
  • भोटेकोशी बाढीपीडितका लागि महालक्ष्मीले ४१ लाख सहयोग गर्ने

    इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपियाँसहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपदबाट प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपियाँउपलब्ध गराइने नगरप्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो। यस्तै, नगरपालिकाका जनप्रतिनिधिको १० दिनबराबरको सेवा–सुविधाबाट दुई लाख २२ हजार ३३०, नगरपालिकामा कार्यरत कर्मचारीको

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ४८ पटक पढिएको
  • जगमोहन स्मृति दिवसमा सिर्जना वाचन

    इटहरी। ताप्लेजुङका अग्रज साहित्यकार जगमोहन शाक्यको स्मृति दिवसमा सिर्जना वाचन गरिएको छ । शाक्यको १७ औँ स्मृति दिवसका अवसरमा मङ्गलबार सदरमुकाम फुङलिङमा सिर्जना वाचन कार्यक्रम गरिएको हो ।मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जिल्लाका अग्रज साहित्य सर्जक भरत गुरुङ, चन्द्र मादेन ९आन्छन०, लेकाली कान्छा मुक्कुमलगायतले सिर्जना वाचन गर्नुभयो । यसै गरी होमनाथ दाहाल, सीता पिरती, लीला आँसु, उदय भट्टराई, प्रशान्त लेखकसहित साहित्य सिर्जनामा सक्रिय तथा उदयमान सर्जकले रचना वाचन गर्नुभयो । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकका अनुसार सर्जकले कविता, गजललगायत विधाका रचना

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ४६ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपः उपाधिका लागि सलहेस र फिदिम खेल्ने

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सिराहाको सलहेस युथ क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब खेल्ने भएका छन् । प्रतियोगिताको फाइनलमा पुगेको सलहेस र फिदिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।शुक्रबार हुने प्रतियोगिताको फाइनलमा साविक विजेतासमेत रहेको सलहेस र पहिलो पटक फाइनलमा पुगेको फिदिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिराहाको सलहेस युथ क्लब ताप्लेजुङ गोल्डकपको तेस्रो संकरणको विजेता र दोस्रो संस्करणमा उपविजेता भएको थियो । यस्तै पाँचथरको फिदिम स्पोर्टिङ क्लब यसअघिका ताप्लेजुङ गोल्डकपमा सेमिफाइनलभन्दा अघि बढ्न सफल भएको थिएन ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ४० पटक पढिएको
  • पेगोडा मोडेलमा मानव बेचबिखन तथा मानव अङ्ग बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरेस्थित पेगोडा मोडल सेकेण्डरी विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन तथा मानव अङ्ग बेचबिखनविरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गत भदौ १६ गते आयोजना गरिएको हो । कार्यक्रममा मानव बेचबिखन तथा मानव अङ्ग बेचबिखनका विभिन्न स्वरूप, यसबाट बच्ने उपाय तथा कानुनी प्रावधानका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीर दत्त पन्तले मानव बेचबिखनका आधुनिक स्वरूप, अपराधमा संलग्न व्यक्तिमाथि हुने कानुनी कारबाही तथा जोखिमबाट जोगिन अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गर

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ४७ पटक पढिएको
  • भोटेकोशी बाढीका मृतकको सम्झनामा बराहक्षेत्रमा १०८ दीप प्रज्वलन, सेतो परेवा उडाएर श्रद्धाञ्जली

    इटहरी । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको चीर शान्तिको कामना गर्दै सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रस्थित कोशी संगममा १०८ दीप प्रज्वलन गरिएको छ। कोकाहा र सप्तकोशी नदीको पवित्र संगमस्थलमा मंगलबार साँझ आयोजित श्रद्धाञ्जली कार्यक्रममा एक जोडी सेतो परेवा समेत आकाशमा उडाइएको थियो। बाढीपीडितका लागि राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ हिँडेका सामाजिक अभियन्ता नेत्रप्रसाद चम्लागाईँको नेतृत्व र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुन्दरहरैंचाका उपसभापति उज्ज्वल बन्जरासहित १० जना युवाको टोलीले उक्त कार्यक्रमको आयोजना गरेको हो।बाटोमा गएको पहिरो र बाढीका कार

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १३८ पटक पढिएको
  • भोटेकोशी बाढीपछि कोशी प्रदेशका १६० जना सम्पर्कविहीन

    इटहरी स् भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट १६० जना सम्पर्कविहीन भएका छन्।कोशी प्रदेश प्रहरीका अनुसार भदौ १० गतेदेखि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका तथा काम र भ्रमणका क्रममा सो क्षेत्रमा रहेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी सोलुखुम्बुका ४२ जना छन्। सोलुखुम्बुका तीन जना भने परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्। यस्तै, ओखलढुंगाका २६ जना, मोरङका १८ जना, सुनसरीका १६ जना, उदयपुरका १६ जना, झापाका १३ जना, खोटाङका १० जना र इलामका नौ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। संखुवासभा र भोजपुरका तीन

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १४७ पटक पढिएको
  • बाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग

    इटहरी। भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरको शिक्षादीप कलेजले १२ लाख ५१ हजार सहयोग गरेको छ ।बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली र विद्यार्थीले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन् ।बाढी प्रभावितका लागि कलेज र विद्यार्थीको पहलमा राहत सहयोग गरिएको अध्यक्ष पराजुलीले बताए ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १४० पटक पढिएको
  • पानीको मुहान संरक्षण गर्न वृक्षारोपण

    इटहरी। धनकुटा नगरपालिका–८ स्थित मर्गथान क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई हजार भन्दा बढी बिरूपा रोपिएको छ ।हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान हाईकास परियोजनाअन्तर्गत इसिमोड र सिप्रिडको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पानीका मुहान सुक्दै गएकाले पानीको मुहान संरक्षण र जल पुनर्भरण गर्न विभिन्न प्रजातिका बिरूवा रोपेर वृक्षारोपण गरिएको हो।वातावरणीय तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण मानिएका बाँस, निगालो, वैँस, तेजपात, टिमुर, लप्सी, रिठ्ठो, जामुन, चाप, कटुस, उतिस, अमला, नेपियर र अम्रिसोलगायत विभिन्न प्रजातिका बिरु

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ८४ पटक पढिएको
  • पार्टीको टिसर्ट लगाएर बैठकमा पुगे सुदन किराती

    इटहरी। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् ।मंगलबारदेखि धरानमा जारी पहिलो दिनको बैठकमा किराती पक्षलाई बोलाइएको थिएन् । बुधबार बोलाएपछि पार्टीको टिसर्ट लगाएर पुगेका हुन् ।केन्द्रीय समिति बैठक अघि हर्क साम्पाङले केन्द्रीय समिति सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउनू भनेका थिए । बैठकमा सहभागी अधिकांशले पार्टीको टिसर्ट लगाएका छन् । दोस्रो दिनको बैठक सुरु भएको केन्द्रीय सचिव शान्ति पाख्रिनले जानकारी दिएकी छन् ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ८४ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितलाई मोरङ कारागारका कैदीबन्दीको १ लाख ११ हजार सहयोग

    इटहरी। जिल्ला कारागार मोरङको ‘ए ब्लक’मा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।कैदीबन्दी आफैंले स्वस्फूर्त रूपमा संकलन गरेको रकम बुधबार कारागार प्रशासक राजन घिमिरेलाई हस्तान्तरण गरेका हुन् । प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने घिमिरेले जानकारी दिए । उनका अनुसार बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले ‘ए ब्लक’का कैदीबन्दीले आफैं रकम संकलन गरेका हुन् ।जिल्ला कारागार मोरङको ‘ए ब्लक’मा हाल ५ सय ५६ जना पुरुष कैदीबन्दी रहेका छन् । कारागारमा पुरुष कैदीबन्दीलाई ‘ए’ र ‘बी’ तथा महिलालाई छुट्टै गरी तीनवटा ब्लकमा राखिएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]