इटहरी स् ‘हामी अहिले टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ।’ भोटेकोशीमा विनाशकारी बाढी आएको दिन गत बुधबार बिहान करिब ८ः४४ बजे सोमप्रसाद कट्टेलले परिवारलाई फोनमा भनेको यही वाक्य अहिले उनका आफन्तका लागि अन्तिम सम्झना बनेको छ।त्यसपछि सोमप्रसादको फोन आएन।विराटनगर महानगरपालिका–५ का सोमप्रसाद काठमाडौंस्थित सम्राट ट्राभल्स एन्ड टुरिजम ट्रेकिङ सेन्टरमा कार्यरत थिए। घुमफिरका लागि रसुवा पुगेका उनी भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन छन्। बाढी आएको दिनदेखि उनको अवस्था अज्ञात छ।सोमप्रसादसँगै उनका भान्जा बेलबारी नगरपालिका–११ का अनोज धमला पनि रसुवा पुगेका थिए। बाढी प्रभावित क्षेत्रमा पु
इटहरी। सुनसरीका दुई अलगअलग स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।दुहबी नगरपालिका–११ स्थित नहरचोकको भित्री सडकखण्डबाट २८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहरचोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो। गाँजासहित सुनसरीको देवानगन्ज गाउँपालिका–३ का २३ वर्षीय एम।डी। जावेद मियाँलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। त्यस्तै, कोशी गाउँपालिका–१ लौकहीबाट १७ किलो १४० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसर
इटहरी। मोरङको लेटाङ नगर अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । लेटाङ–५ स्थित टुक्रे वन क्षेत्रको एक बिघा दुई कट्ठा जग्गामा निर्माण भएको यो अस्पताल २०७८ सालको पुस १० गते लेटाङ आधारभूत अस्पतालका रूपमा शिलान्यास भएको थियो । शिलान्यास भएको पाँच वर्षपछि लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले अस्पतालको सेवा शुभारम्भ गर्नुभएको हो । सङ्घीय सरकारको ससर्त अनुदानबाट प्राप्त नौ करोड ९९ लाख ३६ हजार ९३१ रुपियाँमा निर्माण हुने भनिएको अस्पतालको डिजाइन परिवर्तन हुँदा निर्माणको लागत १२ करोड ९० लाख ९१ हजार ६९६ पुगेको थियो । जसमध्ये लेटाङ नगरपालिकाको स्रोतबाट तीन करोड ४३ लाख ७२ हजार ४४७ रुपियाँ थ
इटहरी । प्राविधिक अध्ययनपछि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित ६५ परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको लामो समय भइसकेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती बस्ती स्थानान्तरण गर्ने निर्णय गरे पनि प्रक्रिया भने कानुनी झमेलाका कारण अझै टुङ्गोमा पुग्न सकेको छैन । निर्णय भइसक्दा पनि बस्ती सार्न नसक्दा पीडितहरू यसपालिको बर्खामा पनि पुराना भइसकेका र भत्किन लागेका अस्थायी टहरामै बस्न बाध्य छन् ।मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय वनेम विगत एक वर्षदेखि बस्ती स्थानान्तरणका लागि केन्द्र र प्रदेशका मन्त्रालयमा निरन्तर धाइरहनुभएको छ तर बस्ती कहिले सर्छ भन्ने
इटहरी । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर विराटनगरमा साहित्यकार तथा समालोचक स्व। दधिराज सुवेदीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरिएको छ । परोपकार अभियान समूह विराटनगरद्वारा आयोजित एक विशेष समारोहमा वक्ताले सुवेदीको बहुआयामिक व्यक्तित्व र पुस्तकालय क्षेत्रमा उहाँले पुर्याउनुभएको सेवाको स्मरण गर्नुभयो ।मुख्य वक्ता साहित्यकार बलराम पोखरेलले दधिराज सुवेदी एक अथक साधक भएको उल्लेख गर्नुभयो । उहाँले सुवेदीको सरल जीवनशैली र साहित्यप्रतिको निष्ठाले नयाँ पुस्तालाई सधैँ ऊर्जा दिने बताउनुभयो । यस्तै प्राज्ञ एवं दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले सुवेदीको समालोचकीय
इटहरी। ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगिताको फाइलनमा पुग्नलाई पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ एफसीबिच खेल हुने भएको हो ।फिदिम स्पोर्टिङ क्लब र झापा ११ को सेमिफाइनल खेल दिउँसो ३ बजे हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार काठमाडौँको चित्लाङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै फिदिम सेमिफाइनलमा पुगेको थियो । यस्तै, नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै झापा ११ सेमिफाइनल पुगेको हो । फिदिम र झापा ११ बिच हुने खेल
इटहरी । इटहरीस्थित फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा तीनदिने ‘संघीय नमुना संसद २०८३’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले आयोजित कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर श्रेष्ठले यसको महत्त्वमाथि प्रकाश पार्नुभयो। कार्यक्रममा कोशी प्रदेशका सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नमुना संसदमा विद्यार्थीहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्
इटहरी । मिक्लाजुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाभरिका ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहायक सामग्री वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकार सहयोगीका रूपमा रहेको अनुभूति हुने गरी पालिकाले काम गरिरहेको बताउनुभयो । शारीरिक असहजताका कारण कुनै पनि नागरिक आधारभूत अधिकार तथा अवसरबाट वञ्चित हुन नहुने उल्लेख गर्दै अध्यक्ष राईले आवश्यकता पहिचानका आधारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि वि
इटहरी। कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका पाँच जिल्लामा कुपोषणको दर उच्च पाइएको हो ।कार्यालयका अनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ । त्यस्तै, मोरङमा १६ हजार ७८९ बालबालिकाको परीक्षण गर्दा ९ दशमलव ९ प्रतिशत, खोटाङमा ६ हजार ४६ मध्ये ७ दशमलव २० प्रतिशत, उदयपुरमा ७ हजार ९१२ मध्ये ६ दशमलव ८८ प्रतिशत र झापामा २७ हजार ६४१ मध्ये ६ दशमलव ३६ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ । यस्तै, संखुवासभामा ५ दशमलव ८० प्रतिशत, धनकुटामा
इटहरी। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट कस्मेटिक सामानभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध मंगलबार बरामद भएको छ ।सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) धनापट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका ती व्यक्ति प्रहरीलाई देखेपछि झोला छाडेर भारततर्फ फरार भएका थिए ।सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार प्रहरीले उक्त झोला खोलेर चे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.