इटहरी । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपियाँबराबरका व्यक्तिगत तथा घरायसी सरसफाइ सामग्री सहयोग गर्ने भएको छ ।बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले कम्पनीले सहयोग गर्न लागेको हो । बाढीपछि विस्थापित तथा प्रभावित परिवारको दैनिक जीवनमा सरसफाइका सामग्रीको अभाव हुन सक्ने र त्यसबाट विभिन्न सङ्क्रामक रोग फैलिने जोखिमसमेत रहने भएकाले हाइजिन सामग्रीलाई राहतको महत्त्वपूर्ण हिस्सा बनाइएको कम्पनीले जनाएक
इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपियाँ सहयोग गर्ने भएको छ ।नगरपालिकाको कार्यपालिका बैठकले विपदबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट पाँच लाख, जनप्रतिनिधिको सेवा–सुविधाबाट एक लाख ५३ हजार, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट ६ लाख ४८ हजार ९४२
इटहरी।अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मङ्गलबार पहिलो सेमिफाइनल खेल हुने भएको छ । भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङ र सिराहाको सलहेस युथ क्लबबिच पहिलो सेमिफाइनल खेल हुने भएको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार मङ्गलबार हुने सेमिफाइनल खेल दिउँसो ३ बजे हुने छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार पाहुना टोली जर्जियन युनाइटेड आयोजक ताप्लेजुङ ११ लाई दुई–एक गोलअन्तरले हराउँदै सेमिफाइनल पुगेको हो ।त्यस्तै, ललितपुरको सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै सलहेस युथ क्लब सेमिफाइनल पुगेको आयोजक समितिका अध्यक्ष मादेन
इटहरी। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ । संघका पदाधिकारी तथा सदस्यहरू धरान–३ तुर्केस्थित सरस्वती बाल आश्रममा पुगेर अभिभावकविहीन तथा असहाय बालबालिकालाई एक छाक पौष्टिक भोजन गराएका छन् । संघले सामाजिक सेवाको अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै विभिन्न आश्रम तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि धरान, रामधुनी, भेडेटार, बराहक्षेत्र, इटहरीलगायतका क्षेत्रमा रहेका आश्रम तथा सामाजिक संस्थामा सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने संघको योजना छ । कार्यक्रममा जिल्ला
इटहरी। उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्षेत्रबाट ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो ।उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र बोलेरोसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्न
इटहरी । स्थानीय तथा अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित इटहरीमा नेपाल अर्गानिक एग्रो फार्म प्रालि सञ्चालनमा आएको छ । इटहरी–६, सीबी कलेज छेउमा फार्मको आउटलेट सञ्चालनमा ल्याइएको हो। संगीता शर्माले सञ्चालनमा ल्याउनुभएको फार्ममा हाल करिब २५१ प्रकारका खाद्य सामग्री उपलब्ध रहेको जनाइएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई गुणस्तरीय तथा अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फार्म सञ्चालनमा ल्याइएको सञ्चालक शर्माले बताउनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक शर्माले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुभयो।
इटहरी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघमा आबद्ध राष्ट्रिय महिला उद्यमी समिति सुनसरी र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इटहरीको संयुक्त आयोजनामा सञ्चालित सात दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न भएको छ।इटहरीस्थित जेसिज भवनमा आयोजित तालिम समापन तथा सिलाई उद्यमी राष्ट्रिय सम्मान कार्यक्रमका अवसरमा तालिममा सहभागी ७० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ।राष्ट्रिय महिला उद्यमी समिति सुनसरीकी अध्यक्ष पूजा बोहराको अध्यक्षता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नेपाल कपडा तथा सिल
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा ऐतिहासिक तथा सार्वजनिक महत्वको ‘नेवा बान’ संरक्षण र स्थायी प्रहरी चौकी स्थापनाका लागि स्थानीयवासीले आवाज उठाएका छन्। पुस्तौँदेखि नेवार समुदायले जोगाउँदै आएको करिब १६ कठ्ठा ५ धुर सरकारी जग्गामा पछिल्लो समय अतिक्रमण बढेपछि स्थानीयले नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। सार्वजनिक सम्पदाको रक्षाका लागि स्थानीयको विरोधपछि गत असार १६ गतेदेखि त्यहाँ भइरहेको निर्माण कार्य रोकिएको छ। त्यसैगरी, क्षेत्रको बढ्दो जनसङ्ख्या र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थायी प्रहरी चौकी स्थापनाको मागसमेत जोडका साथ उठाइएको छ। यस क्षेत्रमा लागुऔषध दुव्र्यसन, च
इटहरी। गत भदौ १९ गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहँदा केही आशालाग्दा त केही हृदयविदारक खबरहरू बाहिरिएका छन् । मोरङको बेलबारी–२ माइत भएकी ४३ वर्षीया देवकुमारी गुरुङ बाढीपछि चीनमा भेटिएको आधिकारिक सूचना प्राप्त भए पनि उनको परिवार भने अझै अन्योलमा छ ।जिल्ला प्रशासन कार्यालय मोरङले देवकुमारी चीनमा भेटिएको भन्दै सूचना जारी गरेको छ । तर, उनकी दिदी कमलाका अनुसार माइती पक्षलाई यसबारे कुनै जानकारी दिइएको छैन । ‘बहिनी चीनमा रहेको भन्ने आधिकारिक खबर हामीसम्म आइपुगेको छैन, हामी उनीसँग सिधै कुरा गर्न आतुर छौँ,’ कमलाले भनिन् । यता मोरङका सहायक प्रमुख जिल्ल
इटहरी : विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं नेपाल सरकारका सहसचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवाको टिमुरे क्षेत्रमा खटाउने संघीय सरकारको निर्णयले प्रशासनिक वृत्तमा नयाँ बहस जन्माएको छ ।विपद्का बेला दक्ष र अनुभवी जनशक्ति परिचालन गर्नु सरकारको नियमित दायित्व हो । तर, एउटा संवेदनशील विषयमा सार्वजनिक रूपमा आलोचनात्मक धारणा राखेका कर्मचारीलाई त्यसको केही समयमै संकटग्रस्त क्षेत्रमा खटाउने निर्णय भएपछि उक्त निर्णय आवश्यकताका आधारमा भएको हो कि आलोचनात्मक अभिव्यक्तिको परिणाम ? हो भन्ने प्रश्न उठेको छ । भूमि व्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.