समाचार

    Showing १८१-१९० of १२,७८५ items.
  • सामाजिक सेवामा होटल तथा पर्यटन व्यवसायी संघ, आश्रमका बालबालिकालाई पौष्टिक भोजन

    इटहरी। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, सुनसरीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिएको छ । संघका पदाधिकारी तथा सदस्यहरू धरान–३ तुर्केस्थित सरस्वती बाल आश्रममा पुगेर अभिभावकविहीन तथा असहाय बालबालिकालाई एक छाक पौष्टिक भोजन गराएका छन् । संघले सामाजिक सेवाको अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै विभिन्न आश्रम तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि धरान, रामधुनी, भेडेटार, बराहक्षेत्र, इटहरीलगायतका क्षेत्रमा रहेका आश्रम तथा सामाजिक संस्थामा सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने संघको योजना छ । कार्यक्रममा जिल्ला

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ५४ पटक पढिएको
  • उदयपुरमा ११ क्विन्टल गाँजासहित तीन जना पक्राउ

    इटहरी। उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्षेत्रबाट ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो ।उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र बोलेरोसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्न

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १२८ पटक पढिएको
  • इटहरीमा नेपाल अर्गानिक एग्रो फार्म सञ्चालनमा, २५१ प्रकारका खाद्य सामग्री उपलब्ध

    इटहरी । स्थानीय तथा अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित इटहरीमा नेपाल अर्गानिक एग्रो फार्म प्रालि सञ्चालनमा आएको छ । इटहरी–६, सीबी कलेज छेउमा फार्मको आउटलेट सञ्चालनमा ल्याइएको हो। संगीता शर्माले सञ्चालनमा ल्याउनुभएको फार्ममा हाल करिब २५१ प्रकारका खाद्य सामग्री उपलब्ध रहेको जनाइएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तालाई गुणस्तरीय तथा अर्गानिक खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फार्म सञ्चालनमा ल्याइएको सञ्चालक शर्माले बताउनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक शर्माले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुभयो।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १४५ पटक पढिएको
  • सात दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न, ७० प्रशिक्षार्थीलाई प्रमाणपत्र

    इटहरी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघमा आबद्ध राष्ट्रिय महिला उद्यमी समिति सुनसरी र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ इटहरीको संयुक्त आयोजनामा सञ्चालित सात दिने एडभान्स फेसन डिजाइन तालिम सम्पन्न भएको छ।इटहरीस्थित जेसिज भवनमा आयोजित तालिम समापन तथा सिलाई उद्यमी राष्ट्रिय सम्मान कार्यक्रमका अवसरमा तालिममा सहभागी ७० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ।राष्ट्रिय महिला उद्यमी समिति सुनसरीकी अध्यक्ष पूजा बोहराको अध्यक्षता तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नेपाल कपडा तथा सिल

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ९५७ पटक पढिएको
  • सुन्दरहरैंचामा ‘नेवा बान’ संरक्षण र स्थायी प्रहरी चौकी स्थापनाको माग, स्थानीय बासिन्दा आन्दोलित

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा ऐतिहासिक तथा सार्वजनिक महत्वको ‘नेवा बान’ संरक्षण र स्थायी प्रहरी चौकी स्थापनाका लागि स्थानीयवासीले आवाज उठाएका छन्। पुस्तौँदेखि नेवार समुदायले जोगाउँदै आएको करिब १६ कठ्ठा ५ धुर सरकारी जग्गामा पछिल्लो समय अतिक्रमण बढेपछि स्थानीयले नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। सार्वजनिक सम्पदाको रक्षाका लागि स्थानीयको विरोधपछि गत असार १६ गतेदेखि त्यहाँ भइरहेको निर्माण कार्य रोकिएको छ। त्यसैगरी, क्षेत्रको बढ्दो जनसङ्ख्या र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थायी प्रहरी चौकी स्थापनाको मागसमेत जोडका साथ उठाइएको छ। यस क्षेत्रमा लागुऔषध दुव्र्यसन, च

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ५१० पटक पढिएको
  • बाढीपछि छोरो बेपत्ता : आफन्तजनको पीडा– अब बा-आमालाई कसरी खबर सुनाउने

    इटहरी। गत भदौ १९ गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहँदा केही आशालाग्दा त केही हृदयविदारक खबरहरू बाहिरिएका छन् । मोरङको बेलबारी–२ माइत भएकी ४३ वर्षीया देवकुमारी गुरुङ बाढीपछि चीनमा भेटिएको आधिकारिक सूचना प्राप्त भए पनि उनको परिवार भने अझै अन्योलमा छ ।जिल्ला प्रशासन कार्यालय मोरङले देवकुमारी चीनमा भेटिएको भन्दै सूचना जारी गरेको छ । तर, उनकी दिदी कमलाका अनुसार माइती पक्षलाई यसबारे कुनै जानकारी दिइएको छैन । ‘बहिनी चीनमा रहेको भन्ने आधिकारिक खबर हामीसम्म आइपुगेको छैन, हामी उनीसँग सिधै कुरा गर्न आतुर छौँ,’ कमलाले भनिन् । यता मोरङका सहायक प्रमुख जिल्ल

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ७८ पटक पढिएको
  • आलोचना गरेकै कारण ‘दण्ड’ कि विपद्मा जनशक्ति परिचालन ? निरौलालाई रसुवा पठाउने निर्णयले उठायो गम्भीर प्रश्न

    इटहरी :  विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं नेपाल सरकारका सहसचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवाको टिमुरे क्षेत्रमा खटाउने संघीय सरकारको निर्णयले प्रशासनिक वृत्तमा नयाँ बहस जन्माएको छ ।विपद्का बेला दक्ष र अनुभवी जनशक्ति परिचालन गर्नु सरकारको नियमित दायित्व हो । तर, एउटा संवेदनशील विषयमा सार्वजनिक रूपमा आलोचनात्मक धारणा राखेका कर्मचारीलाई त्यसको केही समयमै संकटग्रस्त क्षेत्रमा खटाउने निर्णय भएपछि उक्त निर्णय आवश्यकताका आधारमा भएको हो कि आलोचनात्मक अभिव्यक्तिको परिणाम ? हो भन्ने प्रश्न उठेको छ । भूमि व्

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ८१ पटक पढिएको
  • दुई महिनापछि खुल्यो मेची राजमार्ग, तत्काल साना सवारी मात्रै चल्ने

    इटहरी। गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।सडक डिभिजन इलामको झण्डै दुई महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक सवारीसाधनका लागि सडकमा यातायात सेवा पुनः खुलाउन सफल भएको प्रजिअ ढकाले बताए । माथिबाट खसेको पहिरो पन्छाउनुका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना सवारीका लागि सडक खुला गरिएको सडक डिभिजन इलामका कार्या

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ८३ पटक पढिएको
  • आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

    इटहरी : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका संखुवासभाका २९ वर्षीय साजन गुरुङलाई पक्राउ गरेको हो। उनको साथबाट आइसक्रिमको बट्टाभित्र लुकाएर राखिएको २३ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० बाट इलाका प्रहरी कार्यालय पथरीको टोलीले मिक्लाजुङ गाउँपालिका–७ का आयुष बोहोरालाई पक्राउ गरेको छ। उनको साथबाट ९ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ५७ पटक पढिएको
  • बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

    इटहरी : रसुवाका बाढीपीडितका लागि इटहरीस्थित जनता माध्यमिक विद्यालयले एक लाख ४० हजार ८ सय ९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा सोमबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयले उक्त रकम प्रदान गर्न लागेको जनाएको छ।दंगाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्षसमेत हुन्। उनले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि द

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]