इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बाढी तथा पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित आवासमा स्थानान्तरण गर्ने गरी प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाको वडा नंं. १ सावादिन र वडा नं. २ खेजेनिमका घरपरिवारलाई चालु आर्थिक वर्षभित्रै स्थानान्तरण गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।सुरक्षित स्थानमा स्थानान्तरण गर्न जमिन खरिद गरी आवास निर्माणको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिममा रहेका परिवारको पहिचान गरी सुरक्षित स्थानमा स्थायी आवास केन्द्र निर्माण गरेर स्थानान्तरण गर्ने गाउँपालिकाको योजना रहेको छ । बाढी तथा पहिरोका कारण
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल सोमबार हुँदै छ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुने भएको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार नेपाल पुलिस र झापाको खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार अन्तिम क्वार्टरफाइनलमा विजयी हुने टोलीले बुधबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतियोगिताको सेमिफाइनल खेल खेल्नुपर्ने छ । यस्तै मङ्गलबार हुने पहिलो सेमि
इटहरी। शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो । आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्र तर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ द म्या
इटहरी । नेपाल रेडक्रस सोसाइटी उदयपुरले जिल्लाका दुईवटा नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।रेडक्रस सोसाइटी उदयपुरका अध्यक्ष मदनराज कटुवालका अनुसार त्रियुगा नगरपालिका गाईघाट र चौदण्डीगढी नगरपालिका बेल्टारका स्थानीय बासिन्दाहरूलाई रेडक्रस उदयपुरले निःशुल्क रूपमा रगत उपलब्ध गराउने भएको हो । प्रति युनिट एक हजार पाँच सय रुपियाँ मूल्य पर्ने रगत रेडक्रसमार्फत निःशुल्क उपलब्ध गराइदैँ आएको थियो । यसबारे रेडक्रस उदयपुरका अध्यक्ष मदनरान कटुवालले चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा र त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतसँग सहमति पत्रमा हस्ताक्षर गरी निःशुल्क
इटहरी। भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिनुभयो । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनः स्थापनामा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ । समाजका राष्ट्रिय समिति विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय छन् ।
इटहरी। काभ्रे र सिन्धुली जिल्लामा परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा पानीको बहाव करिब १ दशमलभ ५ मिटर बढेपछि सप्तकोसी नदि किनारका बस्तीमा प्रहरीले सतर्कता अपनाउन माइकिङ गरेको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोसी नदीमा आइतबार बिहान ६ बजे सप्तकोसी नदिको चतरामा १ लाख ९ हजार ४ सय क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । आइतबार दिउँसो १२ बजे भने १ लाख २८ हजार क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरिएको कन्ट्रो रुमका कर्मचारी मुरली सिंहले बताउनुभयो । अहिले ब्यारेजको १७ वटा ढोका खोलिएको छ । ब्योजमा भने आइतबार बिहान ६ बजे १ लाख ६० हजार
इटहरी : विराटनगरमा मध्यराति चोरीको प्रयास भएको छ । चोरी गर्न गएका एक जना पुरुषको भाग्ने क्रममा मृत्यु भएको छ । चोरी गर्न घरभित्र प्रवेश गरेका पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्ति छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेको देखिन्छ । उनी घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएका थिए ।घरधनीले थाहा पाएर होहल्ला गर
इटहरी स् सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प २२६५ नम्बरको स्
इटहरी स् विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।विराटनगर महानगरपालिका–४ गणेशचोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा आइतबार मध्यराति चोरी गर्न पुगेका अन्दाजी ३५–४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती पुरुष छिमेकीको अर्को घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। घरको तीन तलामाथि पुगेपछि घरधनीले उनलाई देखेर होहल्ला गरेका थिए। होहल्लापछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि उनी भाग्ने क्रममा तीन तलामाथिबाट हाम्फालेका थिए। गम्भीर घाइते भएका उनको राति करिब १२ः२० बजेतिर घटनास्थलमै मृत्य
इटहरी स् भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार अझै आफन्तको खोजीमा छन्। कोही जीवित भेटिने आशामा छन्, कोही कम्तीमा शव भेटिए अन्तिम संस्कार गर्न पाइयोस् भन्ने प्रतीक्षामा।यही अवस्थामा पहिचान नखुलेका शव धमाधम गाड्न थालेपछि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले प्रश्न उठाएका छन्। चितवनको नारायणी नदीमा भेटिएका बेवारिसे शव व्यवस्थापनका लागि देवघाट क्षेत्रको वनमा खाडल खनेर शव गाड्ने तयारी भइरहेका बेला निरौलाले सामाजिक सञ्जालमार्फत सरकारलाई शव व्यवस्थापनमा हतार नगर्न आग्रह गरेका हुन्। उनको प्रश्न छ( ‘बाढीमा बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.