समाचार

    Showing २३१-२४० of १२,७८५ items.
  • ईक्यान दिवसमा उत्सव छाडेर बाढीपीडितको साथमा पूर्वाञ्चल, १ लाख ११ हजार रुपैयाँ सहयोग

    इटहरी स् नेपाल शैक्षिक परामर्श संघ ९ईक्यान० पूर्वाञ्चल शाखाले ३०औँ ईक्यान दिवसको अवसरमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै ईक्यान पूर्वाञ्चल शाखाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। हरेक वर्ष भदौ १३ गते ईक्यान दिवस मनाउँदै आएको संस्थाले यस वर्ष दिवसलाई उत्सवका रूपमा मात्र नभई विपद्मा परेका नागरिकप्रति मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका रूपमा मनाउने निर्णय गरेको ज

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५३ पटक पढिएको
  • कोशी र मधेशका सत्ताइस जना सम्पर्कमा

    इटहरी। भोटेकोशी नदीमा गत बुधबार आएको आकस्मिक बाढीका कारण सम्पर्कविहीन भएका कोशी प्रदेशका नागरिकमध्ये १५ जना सम्पर्कमा आएका छन् भने १३९ जना अझै सम्पर्कविहीन छन् । प्रदेशका विभिन्न जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा गएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढीका कारण सबैभन्दा बढी प्रभावितमध्ये सोलुखुम्बुका सर्वसाधारण रहेका छन् । सो कार्यालयले उपलब्ध गराएको विवरण अनुसार सोलुखुम्बुका ४१ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने ३९ जनाको अवस्था अझै अज्ञात छ । त्यसै गरी ओखलढुङ्गाका

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ६२ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपः चित्लाङ र पाँचथरको खेल आज

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा शनिबार दोस्रो क्वार्टरफाइनल खेल हुने भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा आज काठमाडौँको चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबिच खेल हुने भएको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार चित्लाङ फुटबल र फिदिम स्पोर्टिङ क्बलबिचको खेल दिउँसो २ः३० बजे सुरु हुने छ । यी दुई टोलीबिच हुने खेलको बिजेता सेमिफाइनल प्रवेश गर्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । आठ टोली सहभागी भएको प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ६० पटक पढिएको
  • बेत्राबतीबाट बेपत्ता असई पौडेलको शव चितवनमा फेला पर्‍यो, परिवारको जिम्मा लगाइयो

    काठमाडौं । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ । भोटेकोशीमा आएको बाढीले बेत्रावती चौकी बगाउँदा पौडेल पनि बेपत्ता भएका थिए ।नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका डीएसपी चन्द्रभुषण यादवका अनुसार पोस्टमार्टमपछि परिवारले जिल्ला अस्पताल चितवन पुगेर पौडेलको शव बुझेका हुन् ।चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ ।  उनी बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले बताए ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २०६ पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन

    काठमाडौँ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब ९ करोड रकम पुगेको छ । यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौजदात रहेकोमा भोटेकोशी बाढीपछि ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम थप भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैठकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका हुन् । बुधबार बिहान नेपाल(चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठुलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १२७ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ५४७ पुग्यो

    काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७  जनाको शव फेला परेको छ।  नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो।रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९७७ जना सम्पर्क विहिन छन् । प्रहरीका २८, सेनाका ४५, शसस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्क विहिन भएको प्राधीकरणले जानकारी गराएको छ ।नेपाल प

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १४५ पटक पढिएको
  • भोटेकोशी बाढीमा सुनसरीका १५ जना सम्पर्कविहीन

    सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन् । रामधुनी नगरपालिका–५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन्।दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–९ की मीना बजगाईँ, बराह

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ८४ पटक पढिएको
  • भोटेकोशी विपद् स् कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

    इटहरी । प्राकृतिक विपद्मा कोशी प्रदेश सरकारले आर्थिक सहयोगसहित राहत तथा उद्धारमा हातेमालो गर्ने भएको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकारले तीन करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को कठिन घडीमा प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको बताए। उनका अनुसार राहत तथा उद्धारका लागि आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ।मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २४६ पटक पढिएको
  • प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा दिने

    काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै, बैठकले गत बुधबार नेपाल(चीन सीमा रसुवागढी एवम् भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।साथै बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय ग

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १०४ पटक पढिएको
  • बाढीपहिरोको कहरबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । बाढीपहिरोको कहरबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार दक्षिण–पश्चिमी प्रान्त सिचुआनको लोङचाङ शहरमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्प नेपाल–तिब्बत सीमानजिकै बाढीप्रभावित क्षेत्रबाट सयौँ माइल टाढा गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन । यसै साताको सुरुवातमा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि दुवै देशमा उद्धार तथा राहत कार्य जारी छ । उक्त विपद्‌मा सयौँ मानिसको मृत्यु भएको छ भने अझै सयौँ बेपत्ता छन् । यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले शु

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]