समाचार

    Showing २४१-२५० of १२,८१८ items.
  • सुनसरीका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित ६ जना पक्राउ

    इटहरी स् सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प २२६५ नम्बरको स्

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ८७ पटक पढिएको
  • विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

    इटहरी स् विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।विराटनगर महानगरपालिका–४ गणेशचोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा आइतबार मध्यराति चोरी गर्न पुगेका अन्दाजी ३५–४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती पुरुष छिमेकीको अर्को घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। घरको तीन तलामाथि पुगेपछि घरधनीले उनलाई देखेर होहल्ला गरेका थिए। होहल्लापछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि उनी भाग्ने क्रममा तीन तलामाथिबाट हाम्फालेका थिए। गम्भीर घाइते भएका उनको राति करिब १२ः२० बजेतिर घटनास्थलमै मृत्य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६४ पटक पढिएको
  • पहिचान नखुलेका शव गाड्न हतार नगर्न सचिव निरौलाको सुझाव

    इटहरी स्  भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार अझै आफन्तको खोजीमा छन्। कोही जीवित भेटिने आशामा छन्, कोही कम्तीमा शव भेटिए अन्तिम संस्कार गर्न पाइयोस् भन्ने प्रतीक्षामा।यही अवस्थामा पहिचान नखुलेका शव धमाधम गाड्न थालेपछि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले प्रश्न उठाएका छन्। चितवनको नारायणी नदीमा भेटिएका बेवारिसे शव व्यवस्थापनका लागि देवघाट क्षेत्रको वनमा खाडल खनेर शव गाड्ने तयारी भइरहेका बेला निरौलाले सामाजिक सञ्जालमार्फत सरकारलाई शव व्यवस्थापनमा हतार नगर्न आग्रह गरेका हुन्। उनको प्रश्न छ( ‘बाढीमा बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार र

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ४१ पटक पढिएको
  • आगलागीपछि बन्द बिर्तामोडको भाटभटेनी फेरि सञ्चालनमा

    इटहरी । आगलागीका कारण करिब एक वर्षदेखि बन्द रहेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि स्टोर आइतबारदेखि ग्राहकका लागि खुला गरिएको हो। गत वर्ष भदौ २४ गते भएको आगलागीबाट स्टोरमा क्षति पुगेपछि सेवा बन्द गरिएको थियो। लामो समयको पुनर्निर्माणपछि भाटभटेनीले पुरानै स्थानबाट कारोबार पुनः सुरु गरेको हो। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विज्ञप्तिमार्फत बिर्तामोड स्टोर पुनः सञ्चालनमा आएको जानकारी दिएका छन्। उनले ग्राहकको सुविधालाई केन्द्रमा राख्दै आधुनिक सेवा र गुणस्तरीय सामग्री उपलब्ध गराउ

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६२ पटक पढिएको
  • भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन

    इटहरी स्  भोटेकोशीमा आएको बाढीपछि रोजगारीका क्रममा रसुवा पुगेका भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई छन्। दङ्गाल रसुवाको मैलुङस्थित सैनिक पोस्टमा कार्यरत थिए। राई र शेर्पा दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत रहेको प्रहरीले जनाएको छ। त्यस्तै गोपी राई तु

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ६१ पटक पढिएको
  • विपत्तिमा अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

    इटहरी स्  प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।  समाजको आइतबार सम्पन्न बैठकले विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सरकारको कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।समाजका अध्यक्ष महेन्द्र चम्लगाईंले सामाजिक सञ्जालमार्फत बैठकको निर्णय सार्वजनिक गरेका छन्। उनले विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार र पुनर्स्थापनाको अभियानमा समाज ऐक्यबद्धताका साथ रहने प्रतिबद्धता जनाएका छन्। पछिल्लो समय देशका व

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ७० पटक पढिएको
  • मिक्लाजुङमा राति ४० मिटर तल खस्यो ट्याक्टर, चालकको ज्यान गयो

    इटहरी स्  मोरङको मिक्लाजुङमा कच्ची सडकबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडास्थित शुके–जौवारी कच्ची सडकमा शनिबार राति करिब १० बजे दुर्घटना भएको हो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारीका २६ वर्षीय ट्याक्टर चालक शुक्र दमाई गम्भीर घाइते भएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उनलाई उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याइएको थियो।अस्पताल पुर्‍याएको केह

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ५२ पटक पढिएको
  • तमोर नदीमा ५५ मिटर लामो बेल ब्रिज तयार

    इटहरी स्  फक्ताङलुङ गाउँपालिकाका दुई वडालाई जोड्ने तमोर नदीमाथि मोटर गुड्ने बेल ब्रिज निर्माण सम्पन्न भएको छ। पुल तयार भएसँगै उत्तरी क्षेत्रका बस्तीमा यातायात आवागमन सहज हुने भएको छ।  फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा–६ लेलेप जोड्ने गरी तमोर नदीमा पुल निर्माण गरिएको हो। तमोर इनर्जी प्रालिको पहलमा निर्माण भएको पुलको लम्बाइ ५४।८ मिटर र चौडाइ ४।५ मिटर छ।माथिल्लो तमोर जलविद्युत आयोजनाका अनुसार पुल निर्माणमा ७ करोड ८५ लाख १९ हजार १ सय ७६ रुपैयाँ खर्च भएको छ। मोटर गुड्न मिल्ने गरी निर्माण गरिएको पुलले जलविद्युत आयोजना क्षेत्रसँगै स्थानीय बस्तीलाई समेत सडक सञ्जालसँग जोड्न सहयोग पुग्ने अप

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २७ पटक पढिएको
  • विराटनगरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा राजवंशीको मृत्यु

    इटहरी स् विराटनगरमा मुसाले काटेको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का अन्दाजी ४५ वर्षीय मनोजकुमार राजवंशी रहेका छन् ।राजवंशी विराटनगर महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ नजिकै सुरेन्द्र थापाको घरमा डेरा गरेर बस्दै आएका थिए । कोठामा मुसाले काटेको वाइरिङको तार जोड्ने क्रममा उनलाई अचानक शनिबार राति करिब ११ः३० बजेतिर करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २९ पटक पढिएको
  • सप्तकोशीमा बहाव बढेपछि माछा मार्ने, दाउरा टिप्ने र सेल्फी खिच्न रोक

    इटहरी । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। प्रहरीले नदी तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनसमेत प्रहरीले अनुरोध गरेको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]