समाचार

    Showing ३२१-३३० of १२,८२१ items.
  • पत्रकारका लागि फराकिलो व्यवहार : मुख्यमन्त्री

    इटहरी। कोशी प्रदेशका १४ जिल्लामा कार्यरत एक हजार २२७ जना पत्रकार दुर्घटना बिमा कार्यक्रममा समेटिने भएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले पेसागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै पत्रकारको दुर्घटना बिमा कार्यक्रम मङ्गलबार शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थितिमा पत्रकार बिमा कार्यक्रम प्रदेशका १४ जिल्लामा शुभारम्भ गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पत्रकारको हकहित र संरक्षणका लागि फराकिलो व्यवहार गर्ने बताउनुभयो । कोशी प्रदेश सरकारले बीमित पत्रकारको प्रिमियमबापतको रकम एकमुस्ट उपलब्ध गराउने छ । पत्रकार

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ५३ पटक पढिएको
  • ट्याक्टर दुर्घटनामा दुई जना घाइते, अवस्था गम्भीर

    इटहरी। पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्।फिदिमबाट जोरपोखरी जाँदै गरेको मे १ त ६२१९ नम्बरको ट्याक्टर राति ९ः३० बजे सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा हिलिहाङ गाउँपालिका–५ का २६ वर्षीय चालक रमन पदालुङ र सोही ट्याक्टरमा सवार हिलिहाङ–५ कै डिल्ली सुहाङ घाइते हुनुभएको छ। घाइते दुवै जनाको अवस्था गम्भीर रहेकाले पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो।उहाँका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाब

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ६२ पटक पढिएको
  • तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आगामी भदौ २४ गते सञ्चालन हुने भएको छ । तिम्बुङ पोखरीको पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनका लागि ट्रेल रन प्रतियोगिता सञ्चालन हुने भएको हो ।तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो  । उहाँका अनुसार यस वर्ष खुल्ला र महिलातर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ । समितिका अध्यक्ष अमिर राईका अनुसार खुल्लातर्फ प्रथम हुनेले ८३ हजार ५२५, दोस्रोले ६३ हजार ५२५ र तेस्रो हुनेले ४३ हजार ५२५ रुपि

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ११० पटक पढिएको
  • प्रणामी अस्पतालले न्यूनतम शुल्कमा स्वास्थ्य सेवा दिँदै

    इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले सर्वसाधारणलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । अस्पतालले स्वास्थ्य सेवालाई नाफामुखी भन्दा सेवामुखी बनाउने उद्देश्यका साथ विभिन्न उपचार तथा परीक्षण सेवा सर्वसुलभ दरमा उपलब्ध गराउँदै आएको हो। अस्पतालका अध्यक्ष हेम घिमिरेका अनुसार सर्वसाधारणको स्वास्थ्य उपचार सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अस्पतालले न्यूनतम शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । उहाँका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकको ओपीडी सेवा २ सय, इमर्जेन्सी शुल्क २ सय र बेड शुल्क ८ सय मा उपलब्ध छ । अस्पतालमा दैनिक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ९३ पटक पढिएको
  • पूर्वाञ्चल सेकेन्डरी स्कुलले जित्यो स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि

    इटहरी । सुनसरीको इटहरीमा आयोजित स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति चौथो अन्तरविद्यालय सेभेन–ए–साइड फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ । अल स्पोट्र्स कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा आइतबार देखि सुरु भएको दुईदिने प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको रोमाञ्चक फाइनल खेल पूर्वाञ्चल सेकेन्डरी स्कुल र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच भएको थियो। निर्धारित समयमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सयपत्रीलाई ३–२ गोलले पराजित गर्द

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १०१ पटक पढिएको
  • दुई स्थानमा स्वास्थ्य शिविर, १५६ जनाले लिए विशेषज्ञ सेवा

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउने र सङ्खुवासभाको धर्मदेवी नगरपालिका–५ बुद्धचोकमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य जाँच तथा उपचार शिविरबाट १५६ जना लाभान्वित भएका छन् । घुमाउनेस्थित स्कुलडाँडा आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरको आयोजना प्रगतिशील कृषि तथा पशुपन्छीपालन कृषक समूह, घुमाउनेले गरेको हो । त्यस्तै, धर्मदेवी नगरपालिका–५ बुद्धचोक स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरबाट १२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविर धर्मदेवी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्स

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ८५ पटक पढिएको
  • अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलन सम्पन्न, सिर्जना राईको नेतृत्वमा नयाँ कमिटी चयन

    इटहरी । अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सिर्जना राईको अध्यक्षतामा नयाँ प्रदेश कमिटी चयन गरेको छ । महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका सवाललाई प्रभावकारी रूपमा उठाउँदै आगामी दिनमा महिला आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य सहित सम्मेलन सम्पन्न भएको अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीले जनाएको छ। सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका भद्रा हमाल, केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, केन्द्रीय सचि

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १३१ पटक पढिएको
  • मोरङको सीमाबाट भारततर्फ लैजाँदै गर्दा सुँगुरका पाठा बरामद

    इटहरी ।  मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका–३ स्थित चेका खोलाबाट मंगलबार बिहान प्रहरीले सुँगुरका पाठा बरामद गरेको हो ।इलाका प्रहरी कार्यालय मायागन्जबाट खटिएको टोलीले ६ वटा साइकलमा प्लास्टिकका बोराभित्र राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सुँगुरका पाठा फेला पारेको थियो । प्रहरी टोलीलाई देखेपछि सुँगुरका पाठा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरू साइकल र पाठा छाडेर भारततिर नै भागेका थिए । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घटनास्थलबाट ५१ वटा सुँगुरका पाठासहित ६ वटा साइकल बरा

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ४१ पटक पढिएको
  • सुनसरीमा अपराधीमाथि प्रहरीको ‘डिजिटल निगरानी’, एसपी मल्लको नयाँ सुरक्षा रणनीति कस्तो छ

    इटहरी : सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।सुनसरीको नेतृत्व सम्हालेपछि पहिलोपटक सदरमुकाम इनरुवामा सोमबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रहरी उपरीक्षक मल्लले प्रविधिमैत्री प्रहरी सेवा विस्तारमा जोड दिएका हुन् । समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै किसिमको कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे । खुला सीमाका कारण जिल्लामा उत्पन्न हुने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग गरी सुरक्षा व्यवस्था थप मजबुत बनाउने उनले ब

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १०० पटक पढिएको
  • चार ट्रक उत्तिसको काठ बरामद

    इटहरी। खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सवडिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –९ निर्मलिडाँडा र साकेला गाउँपालिका –१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सवडिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षण ह

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]