समाचार

    Showing ३१-४० of ४,४०३ items.
  • लिटल फ्लावर्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कलमा चुनाव

    इटहरी / इटहरीमा रहेको लिटल फ्लावर्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कलमा क्याप्टेन र भाइस क्याप्टेनको लागि चुनाव भएको छ । इटहरी वडा नम्बर – ५ मा रहेको लिटल फ्लावर्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुुलमा स्कुलको  , रेड हाउस , व्लु हाउस , ग्रिन हाउस , येल्लोे हाउसको क्याप्टेन र भाइस क्याप्टेनको लागि चुनाव भएको छ । विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्म का विद्यार्थीहरूले मतदान गरेका थिए । विद्यालयका ५ सय ७४ जना विद्यार्थी मतदाताबाट ५ सय ३ मत खसेको हो । उनीहरूको मतबाट नै क्याप्टेन छानिने भएको छ । विद्यार्थीहरूमा लोकतन्त्र व्यवस्था अनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत

    • प्रकाशित मितिः बैशाख २८, २०८१
    • ८३ पटक पढिएको
  • इटहरीको मोडर्न स्कुलमा आँखा शिविर – चारसय विद्यार्थीको आँखा परीक्षण

    इटहरी / इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना गरिएको छ ।विहिवार विद्यालय प्राङ्गणमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट आएका मानिसहरूको निःशुल्क आँखा जाँच तथा शिविर गरिएको हो । नवदृष्टि  आँखा अस्पताल इटहरीसँगको सहकार्यमा विद्यालयले आँखा जाँच गरेको हो ।विद्यार्थीहरुमा आँखामा समस्याहरु बढेको पाइएपछि विद्यार्थीहरुलाई लक्षित गरि निःशुल्क शिविर गरिएको विद्यालयका सह–प्रधानाध्यापक रमेश निरौलाले जानकारी दिए ।उनका अनुसार स्कूले विद्यार्थीमा फरक कारक प्रकृतिका आँखाका समस्या देखिएकाले अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उप

    • प्रकाशित मितिः बैशाख २७, २०८१
    • १७१ पटक पढिएको
  • पार्किङ शुल्क असुल्ने व्यक्तिद्वारा इटहरीका पत्रकार अधिकारी माथि दुर्व्यवहार

    इटहरी / इटहरीमा गुडिरहेको गाडीबाट अवैधरुपमा पार्किङ शुल्क असुल्ने व्यक्तिहरुले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।इटहरी बाट सञ्चालित विराट टेलिभिजन , काठमाडौंको टिभी टुडे र कोशी प्रेसका सम्वाददाता  मिलन अधिकारीमाथि इटहरीको पुर्व लाइनमा रिपोर्टिङ गर्दुने गर्ने क्रममा दुर्ववहार भएको छ  ।पार्किङ शुल्क लिइरहेका व्यक्ति र स्थानीयबिच चलिरहेको विवादको भिडियो संकलन गर्ने क्रममा धम्की दिँदै आक्रमण प्रयास गरेको पीडित अधिकारीले बताएका छन् । उनले स्थानीयले जोगाएका कारण नै आफूमाथि आक्रमण भने हुन नपाएको बताए ।‘म पुग्दा त्यहाँ गाडी धनी र पैसा असुल्नेहरुबिच विवाद भएर प्रहरीले दुवैलाई लगिसकेको थियो ।

    • प्रकाशित मितिः बैशाख २७, २०८१
    • ११० पटक पढिएको
  • बाल गायिका कञ्चन रिमालको नयाँ गीत ‘तेह्रथुमकी रानी‘ रिलिज

    तेह्रथुम । बाल कलाकार कञ्चन रिमालको नयाँ गीत ‘तेह्रथुमकी रानी‘ रिलिज भएको छ । ‘तेह्रथुमकी रानी‘ शिर्षकमा रहेको गीतमा बाल गायिका कञ्चनले स्वर दिएकी छन् ।कुन्दन राईको संगीत, गायत्री लम्सालको शब्दमा देशभक्ति बाल गीत निमार्ण गरिएको छ । गुराँसको राजधानी तीनजुरे क्षेत्र सहित तेह्रथुमको विभिन्न भाग र पूर्व क्षेत्रमा छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।तेह्रथुम जिल्लामा पहिलोपटक १२ वर्षीया बाल कलाकारले तेह्रथुमसँग सम्बन्धित गीत र म्युजिक भिडियो सार्वजनिक भएको हो।

    • प्रकाशित मितिः बैशाख २७, २०८१
    • १५९ पटक पढिएको
  • कोशीका नव नियुक्त मुख्यमन्त्री कार्की र दुई मन्त्रीले लिए शपथ

    सुनसरी / कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । आज (बिहीबार) मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् । कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् ।नेकपा (एमाले) का उपनेता समेत रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री बनेका छन् ।उनीहरू दुवैले शपथ ग्रहण गरेका छन् । उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका थिए । बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए । बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश सांसदहर

    • प्रकाशित मितिः बैशाख २७, २०८१
    • १०१ पटक पढिएको
  • खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ को आयोजना हुदै

    खोटाङ / खोटाङमा ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक  तथा पर्यटन महोत्सव–२०८१’को आयोजना हुने भएको छ । आगामी बैशाख ३१ गतेदेखि जेष्ठ १० गतेसम्म आयोजना हुने ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक  तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत कराते, खुल्ला म्याराथन, सांगीतिक र साहित्यिक प्रतियोगिता जस्ता विविध विधाहरुलाई एकैपटक समेटिएर आयोजना गरिने भएको हो ।नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा नेपाल सितोरियो कराते संघ खोटाङको व्यवस्थापनमा हुने महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला हाफ म्याराथन प्रतियोगिता, विभिन्न उमेर समूहको दौड प्रतियोगिता र साहित्यिक

    • प्रकाशित मितिः बैशाख २६, २०८१
    • २३१ पटक पढिएको
  • ईलाम २ बाट प्रतिनिधिसभामा निर्बाचित सुहाङले लिए शपथ

    काठमाडौं / नेकपा एमालेका नवनिर्वाचित संसद सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। गत वैशाख १५ गते  इलाम २ प्रतिनिधिसभाको उप चुनावमा नेम्बाङ विजयी भएका थिए।  उनले नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका थिए।  नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका थिए।  यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए। इलाम २ मा ६९ हजार ३ सय ७४ म

    • प्रकाशित मितिः बैशाख २६, २०८१
    • ६४ पटक पढिएको
  • रामजानकी मन्दिर बृद्धाश्राममा अखिल नेपाल महिला संघ इटहरीद्वारा फलफूल तथा कपडा वितरण

    इटहरी / माता तिर्थ औसीको अवसरमा आयोजित  कार्यक्रममा  इटहरी वडा नम्बर १६ मा रहेको रामजानकी मन्दिर बृद्धाश्रामका आमाहरूलाई अखिल नेपाल महिला संघ इटहरी उपमहानगर समितिद्वारा फलफूल तथा कपडा वितरण गरेको छ ।बृद्धाश्रामका १४ जना बढी आमाहरूलाई फलफूल ,कपडा र नगद वितरण गरेको हो । आमाहरूलाई  महिला संघले गरेको सहयोग ठुलो हुने नगर कमिटीका अध्यक्ष कमला निरौलाले बताउनुभयो । सबै जनालाई आमालाई सम्मान गर्दै  उहाको भनाइ छ ।आमाहरू लाई सम्मान गरेर आयोजना गरेको कार्यक्रमले बृद्धाश्रामलाई ठूलो सहयोग भएको रामजानकी बृद्धाश्रामका अध्यक्ष खगेन्द्र आचार्यले बताउनुभयो । सो कार्यक्रममा महिला संघका प्रतिनि

    • प्रकाशित मितिः बैशाख २६, २०८१
    • ८२ पटक पढिएको
  • आकश इन्स्टिच्युट इटहरीले गर्यो माया घर इटहरीलाई खाद्यन्न वितरण

    इटहरी \ इटहरीमा रहेको आकाश इन्स्टिच्युटले माया घर नेपालमा खाद्यन्न तथा लत्ता कपडा वितरण गरेको छ ।एक कार्यक्रका बिच  इन्स्टिच्युटले चामल ,तेल, दाल लगायत खाद्यन्न तथा २५ थान टिसर्ट वितरण गरेको छ ।साथै नगद रु ५ हजार समेत सहयोग गरेको छ । नेपाल तथा विदेशमा रहेर  उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थीहरुलाई  विगत सत्र बर्ष देखि शैक्षिक परामर्श  दिदै  आएको सो संस्थाले यसरी सामजिक कार्यक्रममा समेत सहभागिता जनाउदा थप सामजिक  जिम्मेवारी महसुस भएको  संस्थाका सन्चालक गोपाल निरौलाले बताउनुभयो ।इन्स्टिच्युटले सामजिक कार्यक्रममा समेत सहभागिता जनाउँदा थप सामजिक जिम्मेवारी म

    • प्रकाशित मितिः बैशाख २५, २०८१
    • ८४ पटक पढिएको
  • दर्शकलाई धन्यवाद दिँदै पुर्वबाट फर्किए केकीसहित ‘बोक्सीको घर’टिम

     सुनसरी / कोशी प्रदेशमा ‘बोक्सीको घर’ फिल्म हेर्ने दर्शकलाई धन्यवाद दिएर सोमबार फिल्मकी निर्माता तथा अभिनेत्री केकि अधिकारी काठमाडौ फर्किएकी छन् । यतिबेला फिल्म दोश्रो सातामा सफलतापुर्वक चलिरहेको छ । पहिलो सातामा कोशी प्रदेशमा पनि दर्शकको यो फिल्मका लागी निकै राम्रो उपस्थिति थियो । त्यसैलाई मध्यनजर गर्दै फिल्मका तर्फबाट केकि सहित लेखक तथा निर्देशक सुलक्षण भारती र फिल्ममा अत्यन्तै रुचाईएकी बाल कलाकार सुपला सापकोटा कोशी प्रदेशका दर्शकलाई धन्यवाद दिन आएका थिए ।भद्रपुर विमानस्थलमा ओर्लिएको टिमले झापा विर्तामोडको क्विएफएक्समा दर्शकलाई धन्यवाद दिँदै टिम दमक अवस्थित डि-म्याक्स सिनेमा हलमा पुगेको

    • प्रकाशित मितिः बैशाख २५, २०८१
    • २०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]