समाचार

    Showing ३१-४० of १२,००० items.
  • पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट भरुवा बन्दुक सहित एक पक्राउ

    इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–२ मङजावुङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बन्दुक पड्किए जस्तो आवाज आएको सूचनापछि खटेको प्रहरी टोलील ४० वर्षका स्थानीय चोककुमार शेर्मालाई नियन्त्रणमा लिएको हो । प्रहरीले शेर्माका साथबाट एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने चार थान छर्रा ९गोली० बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णले जानकारी दिनुभयो । शुक्रबार पक्राउ परेका शेर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँचथर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको उहाँले ब

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ३० पटक पढिएको
  • झापामा शिशुको डायपरमा ब्राउन सुगर, तीन जना पक्राउ

    इटहरी। झापामा लागुऔषध कारोबारीहरूले प्रहरीलाई छल्न नयाँ–नयाँ तरिका अपनाउने गरेका छन्। कहिले जुत्ताको तलुवा, कहिले सवारीसाधनको गोप्य भाग, कहिले कपडाको सिलाइभित्र त कहिले खाद्यान्नका प्याकेटमा लुकाएर लागुऔषध ओसारपसार हुने गरेको छ।तर यसपटक झापाको भद्रपुरमा प्रहरीले फेला पारेको घटना निकै गम्भीर र स्तब्ध बनाउने खालको रहेको छ। लागुऔषध ब्राउन सुगर कुनै झोला वा सवारीसाधनको गोप्य भागमा नभई दुई महिनाको शिशुले लगाएको डायपरभित्र लुकाइएको अवस्थामा फेला परेको हो।बुधबार साँझ करिब ५ः१५ बजे भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एउटा अटोलाई शंकाका आ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ३७ पटक पढिएको
  • इलाका प्रहरी कार्यालय पथरी लागू औषध तथा अपराध नियन्त्रणमा सक्रिय

    इटहरी । इलाका प्रहरी कार्यालय पथरीले लागू औषध नियन्त्रण, अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न निरन्तर सक्रिय रूपमा काम गरिरहेको जनाएको छ। कार्यालयले आज बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गत असार महिनामा भएका गतिविधिबारे जानकारी गराएको हो।कार्यालय प्रमुख डीएसपी वीरदत्त पन्तका अनुसार असार महिनामा विभिन्न मुद्दामा २७ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये जबरजस्ती करणी जस्तो जघन्य अपराधमा २ जना, लागू औषध सम्बन्धी कसुरमा १० जना, चन्दा असुलीमा १ जना र चेक ठगीमा १ जना रहेका छन्। त्यस्तै, झुण्डिएर आत्महत्याका ५ वटा तथा भवितव्य ज्यान गएका ४ वटा घटनाको अभिलेख रहेको प्रहरील

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १९४ पटक पढिएको
  • धनकुटामा १ सय ६६ जनालाई घरमै राहदानी वितरण

    इटहरी । धनकुटाका ७ वटै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो। सेवाग्राहीलाई कार्यालय सम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। हुलाक सेवा विभाग मार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत सबै स्थानीय तहमा सेवा पुगेको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार हालसम्म ८ पटकमा १ सय ६६ जनाले घरमै राहदानी सेवा लिएको छन्। जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ५१ पटक पढिएको
  • तरहरा कोरा २०२६ ः स्वास्थ्य, वातावरण र पर्यटन प्रवद्र्धनमा ६ सय भन्दा बढी साइकलप्रेमी सहभागी हुँदै

    इटहरी । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि च्यारिटी साइकल यात्रा’ भन्ने मूल नाराका साथ तरहरा साइकलिङ क्लबले ‘तरहरा कोरा २०२६’ आयोजना गर्ने भएको छ । सामाजिक उत्तरदायित्व र परोपकारी उद्देश्यलाई केन्द्रमा राखेर सञ्चालन गरिने कार्यक्रम आगामी २०८३ साल साउन ९ गते शनिबार आयोजना हुने बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो। आयोजकका अनुसार सहभागीहरू बिहान ५ः३० बजे उपस्थित हुनेछन् भने ६ः३० बजे औपचारिक उद्घाटनपछि ६ः४५ बजे साइकल यात्रा सुरु हुनेछ। तरहरा चोकबाट सुरु हुने यात्रा २६.१ किलोमिटर दूरी पार गर्दै बिहान १०ः३० बजे श्री जनसहयोग माध्यमिक विद्यालयमा पुगेर समापन हुनेछ। कार्यक्रममा ५५० भन्दा

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९८ पटक पढिएको
  • झापाको अर्जुनधारामा १७ जना अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

    इटहरी । झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी दर्ता प्रमाण पुर्जा ९लालपुर्जा० प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई प्रमाण पुर्जा वितरण गरे । पुर्जा वितरण गर्दै उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत टेव

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १३५ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङमा १० करोडको लागतमा आधुनिक कृषि उपज संकलन केन्द्र निर्माण हुने

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा  ९ करोड ८८ लाख ६७ हजारभन्दा बढीको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । कृषकलाई बजारसँग प्रत्यक्ष जोड्ने, कृषि उत्पादनको उचित व्यवस्थापन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो। भारतीय दूतावासको ९५ प्रतिशत अनुदान सहयोग र गाउँपालिकाको ५ प्रतिशत लागत तथा भ्याट रकममा निर्माण हुन लागेको यस केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान प्रणाली, वर्गीकरण तथा प्राथमिक प्रशोधन सुविधा रहनेछन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्र सञ्चालनमा आएपछि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ३१ पटक पढिएको
  • विराटचौकमा खुल्यो ‘नेपाली जुत्ता घर’, ७ वटा नेपाली ब्रान्डका जुत्ता चप्पलहरु पाइने

    इटहरी । मोरङको विराटचौकस्थित बुधबारे बजारमा नेपाली उत्पादनका जुत्ता चप्पल मात्र बिक्री गर्ने उदेश्यले ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । इटहरीमा शाखा सञ्चालनमा आएको चार महिना नपुग्दै व्यवसाय विस्तार गर्दै विराटचौकमा दोस्रो शाखा सञ्चालनमा ल्याइएको हो। जुत्ता घरका म्यानेजर सुमन भण्डारीका अनुसार नेपाली जुत्ता घरले गत असार २२ गतेदेखि प्रवद्र्धनात्मक रूपमा सेवा सुरु गरेको थियो भने साउन १ गतेदेखि औपचारिक रूपमा विक्री सुरु गरेको हो। उहाँका अनुसार विराटचौक शाखामा नेपालमै उत्पादन भएका ७ वटा ब्रान्डका जुत्ता चप्पल मात्र उपलब्ध छन्। यहाँ रन सुज, फस्ट वाक सुज, बीएफ डियर हिल सुज, स्मार्ट सुज, सुल्याण्ड,

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९६ पटक पढिएको
  • सुनसरीमा पुस्पलाल स्मृति दिवसका अवसरमा फलफूल बितरण

    इटहरी ।  नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, ईनरुवा नगर कमिटीले  ४८ औँ  पुस्पलाल स्मृति दिवसका अवसरमा सुनसरीको जिल्ला  अस्पताल ईनरुवामा फलफूल बितरण कार्यक्रम गरेको छ।नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव पुस्पलाल श्रेष्ठको स्मृतिमा अस्पतालमा वेड भर्ना भएर बसेका सम्पूर्ण बिरामीहरुलाई  विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवीहरुको उपस्थितिमा फलफूल बितरण कार्यक्रम  गरेको आयोजकले जनाएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, ईनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, जि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ६५ पटक पढिएको
  • पुष्पलालको ४८औँ स्मृति दिवसमा इटहरीमा माल्यार्पण, जनताको पक्षमा उहाँको विचार अझै सान्दर्भिक: बस्नेत

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पुष्पलालको सालिक रहेको स्थानमा माल्यार्पण तथा स्मृति कार्यक्रम सम्पन्न गरिएको छ।पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको थियो। जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड गरिएको सालिक रहेको सोही स्थानमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेशसभा प्रमुख सचेतक रमेश कुमार बस्नेतले पुष्पलाल

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]