समाचार

    Showing ५१-६० of १२,७६४ items.
  • ब्राउन सुगरसहित उर्लाबारीबाट दुई युवा पक्राउ

    इटहरी स् मोरङको उर्लाबारीबाट प्रहरीले ब्राउन सुगर ९खैरो हेरोइन०सहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ बल्लु चोकका ३१ वर्षीय सुकराज दर्जी र २२ वर्षीय सुदीप धिमाल रहेका छन्।प्रहरीका अनुसार दर्जीको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले आइतबार घरमा छापा हानेको थियो। कोठा खानतलासी गर्दा सिरानीमुनि १९ वटा पोका बनाएर राखिएको अवस्थामा १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।ब्राउन सुगर बरामद भएपछि दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, धिमालको शरीर खानतलासी

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ५७ पटक पढिएको
  • जामुनखाडी सिमसारमा फिसिङको नयाँ आकर्षण

    इटहरी। झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमासर तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्नका लागि सिमसारमै फिसिङ कार्यक्रम सुरु गरिएको छ ।यसअघि जंगली जनावरको दृश्यअवलोकन तथा बोटिङको मज्जा लिदै आएकोमा थप पर्यटक लक्षित फिसिङ सेवाको समेत विस्तार गरेको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थानका अध्यक्ष परशुराम गिरीले बताउँनुभयो । पर्यटकहरुका लागि एक सय रुपैँयाको टिकट काटेपछि एउटा माछा मार्ने टागो र चारो उपलब्ध हुने र जति माछा मार्छन सो सबै खरिद गरेर समेत लैजान पाउने प्रबन्ध गरिएको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका सचिव द

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ८१ पटक पढिएको
  • भालुको आतङ्कले हैरान हिमाली भेगका किसान

    इटहरी। सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरी साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरुको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरुमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरुले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो । भालुले रातभरी मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका कृषक कृष्णबहादुर मगरले बताउनुभयो । भालु खेद्न रातभर बारीमानै बस्नुपर्छ, एकछिन निदायो भने मकै सबै भालुले खाइदिन्छ, उहाँले भन्नुभयो । रातभरी भालु धपाउन बारीमा बसेपछि विद्यालयम

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ६३ पटक पढिएको
  • सिंहदेवी दुर्गा मन्दिरको महायज्ञमा १२ लाख बढी बचत, आम्दानी–खर्च सार्वजनिक

    इटहरी । मोरङको पथरी शनिश्चरे–१०, जिरीखिम्तीस्थित सिंहदेवी दुर्गा मन्दिरमा भदौ ५ देखि १३ गतेसम्म सञ्चालन भएको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। आइतबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो बैंक मौज्दात ३८ हजार १ सय ५४ र महायज्ञको सहयोगबाट २४ लाख ९० हजार ८ सय २५ गरी कुल २५ लाख २८ हजार ९ सउ ७९ रुपैयाँ आम्दानी भएको जानकारी दिइएको हो । पूजा सामग्री, टेन्ट, साउन्ड, दक्षिणा लगायतका विभिन्न शीर्षकमा १२ लाख ८० हजार ८ सय ४२ रुपैयाँ खर्च भई १२ लाख ४८ हजार १ सय ३७ रुपैयाँ शुद्ध बचत भएको छ। मन्दिरको स्टोरमा विभिन्न जिन्सी सामान समेत मौज्दात रह

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ७५ पटक पढिएको
  • निर्माण व्यवसायीको गुनासो स् मूल्यवृद्धिले समस्या भयो

    इटहरी। निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार परेको व्यवसायीहरुले बताएका छन् । ठेक्का सम्झौता गर्दाको समयमा गरिएको लागत अनुमान र अहिलेको वास्तविक निर्माण लागतबीच ठूलो अन्तर देखिन थालेपछि व्यवसायी समस्यामा परेको बताएका हुन् ।नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औं साधारणसभा तथा ११औं अधिवेशनमा व्यवसायीहरुले मुल्यवृद्धिले समस्यामा परेको बताउँदै ठेक्कामा मुल्य समायोजन आवश्यक रहेको बताएका हुन् । निर्माण व्यवसायीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थको मल्यवृद्धिसँगै सिमेन्ट, छड, गिट्टी, बालुवा, इन्धन, ढुवानी तथा श्रमिकको ज्यालालगायतका क्षेत्रमा भएको म

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ६१ पटक पढिएको
  • रास्वपा सांसद न्यौपाने भन्छन्,– चिलिमेको सुरुङभित्र ६ जना फसेको सूचनापछि आएको छ, म त्यसतर्फ जाँदैछु

    इटहरी– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद तथा इञ्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि उद्धारका गतिविधिबारे फिल्डमै रहेर निरन्तर जानकारी दिँदै  आएका न्यौपानेले चिलिमे सुरुङमा फसेकाको उद्धारका लागि त्यसतर्फ जान लागेको बताएका हुन्।

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ५९ पटक पढिएको
  • किरात राई यायोक्खा झापाको ९औँ अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

    इटहरी । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन बिर्तामोडमा सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले जिल्ला समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको आगामी कार्यदिशासमेत तय गर्ने भएको छ।अधिवेशन उद्घाटनका क्रममा अग्रज पत्रकार दिपिन राई र चिकित्सक डा। सोफिया थुलुङ राई सम्मानित भएका छन्। किरात राई समुदायको भाषा, संस्कृति र सामाजिक विषयलाई पत्रकारितामार्फत उजागर गर्दै संस्थामा योगदान पुर्‍याएको भन्दै पत्रकार राईलाई तथा किरात समुदायबाट चिकित्सकको गरिमामय क्षेत्रमा पुग्न सफल भएको भन्दै डा। सोफियालाई सम्मान गरिएको हो। यसैगरी झापाका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा अधिकृत तहमा कार्यरत आठ

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ७५ पटक पढिएको
  • हत्या आरोपी कारागार, दुई बालक सुधारगृह चलान

    इटहरी । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको गञ्जेडाँडाका ४५ वर्षीय टोइबहादुर कटुवालको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई अदालतको आदेशपछि पूर्पक्षका लागि कारागार तथा बाल सुधार गृह पठाइएको छ । जिल्ला अदालत सोलुखुम्बुको आदेश बमोजिम मुख्य प्रतिवादी सोलुदुधकुण्ड–११ राम्पाका २१ वर्षीय विनोद खड्कालाई कारागार कार्यालय सल्लेरी र घटनामा संलग्न अन्य दुई बालकलाई बालसुधार गृह विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो । गत साउन २३ गते बिहान कटुवाल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला पर्नुभएको थियो । घटनाको प्रकृति शङ्कास्पद देखिएपछि जिल्

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ४९ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट सवा ३८ लाख रकम सङ्कलन

    इटहरी। लाखेजात्रा पर्वको अवसरमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट सवा ३८ लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । खेल हेर्ने दर्शकलाई टिकट बिक्री गरेर आयोजकले उक्त रकम सङ्कलन गरेको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यसवर्ष गोल्डकपको टिकट बिक्री गरेर कुल ३८ लाख २९ हजार ९०० रुपियाँ रकम सङ्कलन भएको छ । उक्त रकम खेल हेर्न मैदान प्रवेश शुल्कको टिकट बिक्रीबाट सङ्कलन भएको कोषाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार प्रतियोगिताको क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २०० रुपियाँ सङ्कलन भएको छ । त्यस्तै,

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३३ पटक पढिएको
  • नृत्यको लयमा झापाको बाह्रदशीदेखि ग्रीससम्म नेपालको पहिचान, राजु गिरीको दोस्रो अन्तर्राष्ट्रिय यात्रा

    इटहरी स्  कला सीमाना नाघेपछि त्यो केवल कलाकारको प्रस्तुति रहँदैन, देशको पहिचान बोल्ने माध्यम बन्छ। यही विश्वास बोकेर झापाको बाह्रदशी गाउँपालिकामा कार्यरत राजु गिरी दोस्रोपटक अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मञ्चमा पुगेका छन्। नृत्यलाई माध्यम बनाएर नेपाली मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने उनको यात्राले बाह्रदशीसँगै झापाको सांस्कृतिक पहिचानलाई समेत अन्तर्राष्ट्रिय मञ्चसँग जोडेको छ।ग्रीसको सलोनिकीमा आयोजित साताव्यापी ‘लोकसांस्कृतिक मेला तथा लोकसांस्कृतिक आदानप्रदान २०८३’ सम्पन्न भएको हो। अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलामा ग्रीस, भारत, सर्बिया, मोन्टेनेग्रो र नेपालल

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ४५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]