समाचार

    Showing ६१-७० of १२,७६४ items.
  • भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन

    इटहरी। भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए । विपद्का समयमा घाइते तथा बिरामीका लागि आवश्यक रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको कार्कीले बताए । कार्यक्रममा युवालगायत विभिन्न क्षेत्रका व्यक्तिले उत्साहपूर्वक रक्तदान गरेका थिए ।‘रक्तदान जीवनदान’ भन्ने भावनासहित आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । कार्कीका अनुसार विपद्का बेला मानवीय सेवामा

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३६ पटक पढिएको
  • लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    इटहरी धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।  धरान–५ का दीपक मगर भन्नुहुन्छ, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका बिद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने अवस्था छ ।पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ ल

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३३ पटक पढिएको
  • भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइउड उद्योग ९तस्बिरसहित०

    इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा सञ्चालित सुनौलो प्लाइउड उद्योग प्रालिले भेनियर उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आएको छ । उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायर फिटसम्म भेनियर उत्पादन गर्दै आएको छ ।जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा स्थापना भएको उद्योग २०८१ माघ ७ गते दर्ता भएको थियो । प्लाइउड उद्योगका लागि आवश्यक भेनियर उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक राना मगरले बताए । करिब डेढ करोड रुपैयाँ लगानीमा ७२ कट्ठा जग्गा लिजमा लिएर सञ्चालनमा आएको उद्योग

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३९ पटक पढिएको
  • ‘राम्रोसँग पढ्नु है’ भन्दै बराहक्षेत्रको घरबाट निस्किएका मोहन, अरूलाई बचाउँदा बचाउँदै भोटेकोशीको लेदोमा हराए

    इटहरी स् ‘राम्रोसँग पढ्नु है’—घरबाट टाढा हुँदा पनि ५३ वर्षीय मोहन माझीले छोरा मनिषलाई बारम्बार सम्झाउने गर्थे। परिवारसँग फोनमा कुरा गर्दा छोराको पढाइदेखि घरको अवस्थासम्म सोध्ने उनी आफ्नो काममा पनि उत्तिकै जिम्मेवार थिए।भारतीय सेनाको हवलदार पदबाट १२ वर्षअघि अवकाश लिएका मोहनका लागि अरूको सुरक्षा गर्नु जागिरको जिम्मेवारी मात्र थिएन, जीवनभर बोकेको संस्कार थियो। त्यसैले रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ‘सेफ्टी सुपरभाइजर’का रूपमा काम गर्दा पनि उनले आफ्नो सुरक्षाभन्दा पहिले अरूको सुरक्षालाई प्राथमिकता दिए। आज त्यही बानी उनका परिवारका लागि कहिल्यै नसकिने पर्खाइ बनेको छ।

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ५८ पटक पढिएको
  • सात वर्षदेखि अधुरै छ धरानको लेदुवा खोलाको पुल

    इटहरी स् धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी तथा विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।धरान–५ का दीपक मगरका अनुसार बर्खामा पानी परेपछि लेदुवा खोलामा बाढी आउने र विद्यालय हिँडेका विद्यार्थी खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँसम्म किनारमा बस्नुपर्ने अवस्था छ । ‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २५ पटक पढिएको
  • राधाकृष्ण रथयात्रामा एक सय १३ जना प्रहरीको नियन्त्रणमा

    इटहरी । विराटनगरमा शनिबार ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले चोरी, पाकेटमारी तथा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा एक सय १३ जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक सय १२ जना पुरुष र एक जना महिला छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । रथयात्रामा ठुलो संख्यामा श्रद्धालुको सहभागिता हुने भएकाले भिडमा हुनसक्ने चोरी, पाकेटमारी, झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले यसपटक सुरक्षा निगरानी बढाएको थियो । भिडको अवस्था र शंकास्पद गतिविधिको निगर

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २४ पटक पढिएको
  • आयोजनामा ढिलाइले खानेपानीबाट वञ्चित

    इटहरी । बर्सौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरको दुर्गम स्थानमा अवस्थित तीन वटा पालिकाका आमउपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुनकोशी खानेपानी आयोजनामा ढिलाइ भएको छ । उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारामा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनाको काममा ढिलासुस्ती भएपछि उपभोक्ता स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुँदै आएका छन् । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले उक्त आयोजनामा सञ्चालन गरेको हो । त्यस क्षेत्रका स्थानीयमा सुनकोशी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने समय कहिले आउ

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २० पटक पढिएको
  • बाढीपीडितको सहयोगमा जुट्यो धनकुटा

    इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि धनकुटाबाट सहयोग जुटाउन थालिएको छ । धनकुटाका स्थानीय तह, स्थानीयवासी तथा विभिन्न संघसंस्थाले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न थालेका हुन् ।हालसम्म धनकुटाका पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठकमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६ सय १४ रुपियाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख ज्ञान

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २७ पटक पढिएको
  • काजकिरिया चल्दै गर्दा जीवितै उद्धार

    इटहरी । परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए । भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए । तर, ११ औँ दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डङ्गोलले चण्डिका र उनका श्रीमान् आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले शङ्का लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जान

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • ३५ पटक पढिएको
  • इटहरीमा रथयात्राका भक्तजनलाई १८डी पाथिभरा इन्टरटेनमेन्टको निःशुल्क पानी

    इटहरी | कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा आयोजित राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ।केही समयअघि इटहरीको सेन्टर प्लाजाको दोस्रो तलामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टको सहयोग तथा लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजनामा रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरिएको हो ।सामाजिक तथा धार्मिक कार्यमा सहयोग गर्ने उद्देश्यले पानी वितरण कार्यक्रममा सहकार्य गरिएको १८डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीका मार्केटिङ म्यानेजर विकास घिमिरेले जानकारी दिनुभयो।१८डी पाथिभरा इन्टरटेनमेन्टले दृश्यसँगै वास्तविक गतिशीलता, हावाको प्रभाव

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]