समाचार

    Showing ७१-८० of १३,३९८ items.
  • इटहरीमा सञ्चालनमा आयो ‘कवज कार रेण्ट सर्भिस’, २० भन्दा बढी कार भाडामा उपलब्ध

    इटहरी । सुनसरीको इटहरीमा ‘कवज कार रेण्ट सर्भिस’ सञ्चालनमा आएको छ । ग्राहकको सुविधालाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त सर्भिसबाट चालक सहित वा आफैँ चलाउन मिल्ने गरी विभिन्न प्रकारका कार भाडामा लिन सकिनेछ । कवज कार रेण्ट सर्भिसमा २० वटाभन्दा बढी कार उपलब्ध रहेका छन् । विद्युतीय (ईभी), पेट्रोल तथा डिजेलबाट चल्ने कार दैनिक ४ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा भाडामा लिन सकिनेछ । आवश्यक कागजात सहित उपलब्ध हुने कार मार्फत नेपालका विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने कम्पनीले जनाएको छ। अफरोड यात्राका लागि समेत उपयुक्त सवारीसाधन उपलब्ध गराउने लक्ष्य कम्पनीको छ । कम्पनीका निर्देशक रोशन भुजेलले ग

    • प्रकाशित मितिः असोज २८, २०८३
    • १२९ पटक पढिएको
  • अनुशासन, राष्ट्रप्रेम र नेतृत्व विकासमा जोड दिँदै क्याडेटहरूद्वारा दीक्षान्त कवाज, खुकुरी ड्रिल र तेक्वान्दो प्रदर्शन

     इटहरी । मोरङको याङ्शिलास्थित राष्ट्रिय सेवा दल (एनसीसी) पूर्वी तालिम शिक्षालयमा सञ्चालित जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक ‘क्लोज क्याम्प’ सम्पन्न भएको छ। गत असोज ८ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त क्याम्प पूरा गरेका एनसीसी क्याडेटहरूलाई मंगलबार आयोजित एक विशेष समारोहका बिच दीक्षित गर्दै बिदाइ गरिएको हो। पूर्वी पृतनाका पृतनापति शक्तिजंग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहमा श्री नम्बर २ बाहिनी अड्डाका सहायक रथी हरिश बहादुर बम, फिल्ड अस्पताल इटहरीका निमित्त कमान्डर, राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठ, अन

    • प्रकाशित मितिः असोज २८, २०८३
    • २५७ पटक पढिएको
  • इटहरीमा ‘मकालु अर्गानिक मार्केट’ सञ्चालनमा, पहाड र हिमालका उत्पादन एउटै छानामुनि

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय पछाडि कुबेर चोक नजिकै ‘मकालु अर्गानिक मार्केट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। चर्चित हास्यकलाकार ‘फुलन्देको आमा’ अर्थात् उमेश राईले एक कार्यक्रमबीच रिबन काटेर मार्केटको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै कलाकार उमेश राईले पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने अर्गानिक खाद्यवस्तु उपभोक्ता सम्म पु¥याउन सुरु गरिएको यस व्यवसायले स्वस्थकर खानपानको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मार्केटको उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभयो। मकालु अर्गानिक मार्केटका सञ्चालक भोगेन्द्र याम्फु राईले पहाडी तथ

    • प्रकाशित मितिः असोज २८, २०८३
    • २०५ पटक पढिएको
  • तेह्रथुममा चालकको लागूऔषध तथा मादक पदार्थ सेवन जाँच, सवारी साधनको यान्त्रिक परीक्षण

    इटहरी । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले तेह्रथुममा सवारी चालकको लागूऔषध तथा मादक पदार्थ सेवन जाँचसँगै सवारी साधनको यान्त्रिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरी, जिल्ला प्रहरी कार्यालय तेह्रथुम र जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरको संयुक्त समन्वयमा म्याङलुङ नगरपालिका–१ स्थित पेट्रोल पम्प नजिक सवारी चालकको मादक पदार्थ सेवन जाँच गरिएको हो । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार

    • प्रकाशित मितिः असोज २८, २०८३
    • १४५ पटक पढिएको
  • दसैँले बढायो ग्रामीण क्षेत्रमा आर्थिक कारोबार

    इटहरी। नेपालीहरूको महान चाड दसैँले पुर्वी नेपालको ग्रामीण क्षेत्रमा आर्थिक कारोबार बढाएको छ । दसैँमा मासुजन्य वस्तुको माग बढेसँगै गाउँघरमा उत्पादित खसी, बोकाको बिक्री बढेको छ । गाउँमा उत्पादित खसी, बोका सहरसम्म पुग्न थालेपछि गाउँको आर्थिक कारोबार बढेको बताइएको छ ।धरान कृषि उपज बजारस्थलमा असोज महिनाको अन्त्यसम्म २५ करोड रुपियाँभन्दा बढीको खसीबोकाको कारोबार हुने अनुमान गरिएको बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँका अनुसार दसैँलाई लक्षित गरी असोज महिनाभर करिब १० हजार खसीबोका बिक्री हुने उहाँ बताउनु हुन्छ । भट्टराईका अनुसार सुनसरीका ग्रामीण क्षेत्रका साथै भोजपुर, धनकुटा, तेह्रथुम, सङ्

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ७० पटक पढिएको
  • धनकुटाबाट ४० करोड बढीको काठ निकासी

    इटहरी। आर्थिक वर्ष २०८२र०८३ मा धनकुटामा निजी बनवाट ४० करोड रुपियाँ भन्दा बढीको काठ निकासी भएको छ । डिभिजन वन कार्यालय धनकुटाका अनुसार जिल्लाबाट कुल २४ लाख ८५ हजार क्युबिक फिट काठ निकासी भएको हो ।विभिन्न जातको काठको न्यूनतम मूल्यको आधारमा ४० करोड भन्दा बढीको रहेको डिभिजन वन प्रमुख सञ्जीवराज ढकालले जानकारी दिनुभयो ।  ढकालका अनुसार सो निकासीबाट मूल्य अभिवृद्धि करमार्फत नौ करोड राजस्व जम्मा भएको छ ।त्यस्तै, कोशी प्रदेश सरकारलाई सेवा शुल्कवापत एक लाख राजस्व जम्मा गरिएको छ । अन्य विभिन्न शीर्षकमा गरी दश करोड भन्दा बढी राजस्व जम्मा भएको जनाइएको छ । धनकुटामा निजी वनवाट सबैभन्दा बढी उत्तिस निकासी

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ५८ पटक पढिएको
  • सोलुका ५३ जना नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

    इटहरी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका सोलुखुम्बुका ५३ नागरिकको मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाइने भएको छ । लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था यकिन हुन नसकेपछि सरकारले कानुनी प्रक्रिया सहज बनाउने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आवश्यक प्रक्रिया अघि बढाउन स्थानीय तहसँग समन्वय थालेको हो । सरकारले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न यसअघि रहेको १२ वर्षको कानुनी अवधि घटाएर ४५ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि प्रचलित कानुनी व्यवस्थाका कारण बेपत्ता व्यक्तिको मृत्यु दर्ता, राहत तथा क्षतिपूर्तिको दाबी र अन्य कानुन

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ७१ पटक पढिएको
  • साँझपख गुलजार बन्छ धरान

    इटहरी स् चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्छ ।खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापालगायतका जिल्लातर्फ जाने आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ । ठुला सवारीसाधनको चाप घट्दै जाँदा सडकछेउमा ठेलागाडा राखेर मःम, चाउमिन र अण्डारोललगायत खाजा बेच्ने व्यापारीको चहलपहल बढ्छ । खाजा खान आउने र किनमेल गर्ने सर्वसाधारणको भीडले चोकको वातावरण थप रमाइलो बनाउँछ ।धरान–८ की अनिता राई विगत १० वर्षदेखि साँझपख भा

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ७० पटक पढिएको
  • भोजपुरमा भरुवा बन्दुक बरामद

    इटहरी स् भोजपुरको हतुवागढी गाउँपालिका–८ साप्टेनेटरमा एक नाल भरुवा बन्दुक फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा साप्टेनेटर मालबासे सामुदायिक वनको घोडेटार–साप्टेनेटर कच्ची सडकखण्डमा बन्दुक फेला पारेको हो ।चुहार जाने सडकखण्डमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ७६ पटक पढिएको
  • कोशी प्रदेश स् मातृभाषामा सेवा पाउने व्यवस्था गर्न पाँच दलको आग्रह

    इटहरी स् कोशी प्रदेशमा नेपाली भाषाबाहेक अन्य भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने विधेयक पारित भएपछि प्रमुख पाँच राजनीतिक दलले यसको प्रभावकारी कार्यान्वयनका लागि बजेट, जनशक्ति र संस्थागत संरचना तयार गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् ।प्रदेशसभाबाट असोज २४ गते सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएकोमा स्वागत गर्दै पाँच दलले संयुक्त विज्ञप्तिमार्फत मातृभाषामा सार्वजनिक सेवा प्राप्त गर्ने वातावरण बनाउन माग गरेका हुन् । नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामक

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]