इटहरी। जिल्ला प्रशासन कार्यालय धनकुटाले विद्यार्थीलाई लागुऔषध दुर्व्यसन, रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।शुक्रबार धनकुटा नगरपालिका–१०, उत्तरपानीस्थित उत्तरपानी बहुप्राविधिक शिक्षालयमा विद्यालय, क्याम्पस तथा युवा क्लब लक्षित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाका अधिकारीहरूले विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने हानी, यसको सामाजिक तथा स्वास्थ्य असर र दुर्व्यसनबाट बच्ने उपायबारे जानकारी गराएका थिए । धनकुटामा पछिल्लो समय लागुऔषधको सेवन तथा ओसारपसार बढ्दै गएको भन्दै विद्यार्थी तथा युवालाई कुलतबाट जोगाउन सच
इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाजले धार्मिक तथा सामाजिक सेवाको भावना सहित विभिन्न धार्मिक स्थलमा खानेपानी तथा तेल सहयोग गरेको छ । समाजले जन्माष्टमीका अवसरमा नयाँ वृन्दावन गौशालालाई २५ कार्टुन पिउने पानी र २ कार्टुन तेल, विराटचोकस्थित कृष्ण प्रणामी मन्दिरलाई २५ कार्टुन पिउने पानी तथा सुन्दरहरैँचा–३ लोचनीमा रहेको राधाकृष्ण मन्दिरलाई २० कार्टुन पिउने पानी सहयोग गरेको हो। धार्मिक पर्वलाई केवल पूजा–आराधनामा सीमित नराखी सेवा, सहयोग र मानवीय सद्भाव सँग जोड्ने उद्देश्यले सहयोग गरिएको गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो । उहाँल
इटहरी। विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच शुक्रबार अपराह्न कुटाकुट भएको छ ।कुटाकुट हुन थालेपछि कारागार प्रशासनले हस्तक्षेप गरी चौकीदार विशाल निरौलासहित १८ जना कैदीबन्दीलाई बाहिर निकालेको छ । उनीहरूलाई सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासक राजन घिमिरेका अनुसार कुटाकुटपछि नियन्त्रणमा लिइएका कैदीबन्दीलाई तत्काल कारागारभित्रै राख्न सकिने अवस्था नरहेकाले अन्यत्रका कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरूलाई कुन–कुन कारागारमा पठाउने भन्ने टुंगो भने लागिसकेको छैन ।कारागार स्रोतक
इटहरी। संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए । प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट हत्या भएको हो । गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ । कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किएपछि बरुवा बन्दक प्रहार भएको थियो । बन्दुकको आवाजसँगै उ
इटहरी। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उदयपुरबाट ४१ लाख ९६ हजार ३८२ रुपैयाँ सहयोग जुट्ने भएको छ। जिल्लाका विभिन्न स्थानीय तह तथा निजी क्षेत्रबाट घोषणा तथा विनियोजन भएको रकम उक्त परिमाण पुगेको हो।भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उदयपुरका स्थानीय तह तथा निजी क्षेत्रले सहयोग घोषणा गरेका हुन्। उदयपुरको ताप्ली गाउँपालिकाले सबैभन्दा बढी १९ लाख ४० हजार ८२७ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार पालिकाले वि
इटहरी स् बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान, गोपनीयता, सम्मान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्। बालअधिकारका सवाललाई समाचारमार्फत उजागर गर्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्दै थप संवेदनशील र जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्।उदयपुरको गाईघाटमा सञ्चालित बाल संवेदनशीलता तथा डिजिटल रिपोर्टिङसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ। तालिममा बालबालिकाका अधिकार तथा सवालमा पत्रकारको भूमिका, समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता र डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर
इटहरी स् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३७ लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ।प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा चिकित्सक, कर्मचारी, विद्यार्थी र पेन्सनरबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्रतिष्ठानका अनुसार संकलित रकममध्ये पदाधिकारी तथा शिक्षकरचिकित्सकबाट १० लाख ३४ हजार, कर्मचारीबाट १८ लाख १२ हजार, सुपर स्पेसियालिटी, स्नातकोत्तर तथा इन्टर्न विद्यार्थीबाट सात लाख १५ हजार र पेन्सनर तथा अन्यबाट एक लाख ४१ हजार रुपैयाँ रहेको छ।उक्त रकम दुई हजार
इटहरी। पाँचथरको फिदिम माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्च कटाएर भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतबाट रकम जुटाएर सहयोग गरेका हुन् । कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले स्वेच्छिक रूपमा संकलन गरेको ५१ हजार ८ सय ४० रुपियाँ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यायका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो । विपद्मा परेका नागरिकको पीडामा आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले विद्यार्थीले रकम संकलन गरेको बाल क्लवका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।विद्यार्थीले ‘साना हा
इटहरी : भोटेकोशी बाढी प्रभावितका लागि ‘रु. १ अभियान’ सञ्चालन गरेको पहिलो पाईला नेपालले संकलित ३७ हजार ९ सय ९५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।संस्थाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट प्रतिव्यक्ति सानो रकम संकलन गर्दै अभियान सञ्चालन गरेको थियो। पहिलो पाईला नेपालका अध्यक्ष कृष्णबहादुर राउतका अनुसार अभियानबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। उनका अनुसार थोरै–थोरै सहयोग संकलन गर्दा पनि विपद्का बेला प्रभावित परिवारलाई उल्लेख्य सहयोग गर्न सकिने सन्देश दिन अभियान सञ्चालन गरिएको थियो।राउतले ‘रु. १ अभियान’लाई दैनिक एक रु
इटहरी स् इलामका किसानले नेपालको मध्यपहाडी तथा उच्च भेगमा उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन् ।वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । यहाँका किसानले नगदेबालीका रूपमा व्यावसायिक स्कुस खेती गरिरहेको पाइएको छ । सूर्योदय नगरपालिका–८ का किसान दिनेश महतले ४० रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आएका छन् । चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएका महतको आम्दानीको मुख्य स्रोत नै स्कुस बनेको छ । उनले विसं २०७९ मा ‘बीएन्डएम कृषि तथा पशुपा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.