समाचार

    Showing ८१-९० of ४,४०३ items.
  • इलाम क्षेत्र २ मा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी

    इलाम– इलाम क्षेत्र २ मा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् ।उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । नेम्बाङ ५ हजार ८३० मतान्तरसहित विजयी भए ।निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् । मतगणना अहिले बिहान भर्खरै सकिएको छ । ६९ हजार ३७४ मत गणना भएको थियो । ९०२ मत बदर भएको छ । 

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • २७९ पटक पढिएको
  • अबको बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ: मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वमा परेका महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई समेट्ने बताउनुभएको छ । अस्ट्रेलियन एडको सहयोग तथा युएन वुमनको सहकार्यमा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सामूहिक भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । सञ्जालका अध्यक्ष सृजना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै मन्त्री चौध

    • प्रकाशित मितिः बैशाख १७, २०८१
    • १२६ पटक पढिएको
  • मोडल हन्ट 'फेस अफ नेपाल २०२४'को आवेदन खुल्ला, सातै प्रदेशमा अडिसन हुने

    इटहरी/ सन् २०१६ देखि आयोजना हुँदै आएको 'फेस अफ नेपाल'को नयाँ संस्करण घोषणा गरिएको छ । काठमाडौको होटल शंखरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था एमएस प्रोडक्सन नेपालले २०२४ का लागी नयाँ संस्करणको घोषणा गरेको हो । यो संस्करणबाट आयोजक संस्था परिवर्तन भएको छ । फेस अफ नेपालको अबका संस्करणहरुलाई एमएस प्रोडक्सन नेपालले आयोजना गर्नेछ । मोडल हन्टको रुपमा डिजाईन गरिएको यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागीता जनाउन पाउनेछन् । यसका लागी बैशाख १७ गते आइतबारदेखी नै आवेदन समेत खुल्ला गरिएको छ । आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रवन्ध निर्देशक मेनुका माझीका अनुसार यो प्रतियोगि

    • प्रकाशित मितिः बैशाख १७, २०८१
    • २६२ पटक पढिएको
  • ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्नुपर्छ: मन्त्री चौधरी

    काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुन

    • प्रकाशित मितिः बैशाख १७, २०८१
    • १३७ पटक पढिएको
  • बझाङ उपनिर्वाचनमा एमालेका भण्डारी विजयी

    बझाङ / बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत पाए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरे । 

    • प्रकाशित मितिः बैशाख १७, २०८१
    • १०९ पटक पढिएको
  • इटहरीमा कवि उपेन्द्र सुब्बाको ‘कविता कन्सर्ट’ सम्पन्न

    इटहरी / इटहरीमा कवि उपेन्द्र सुब्बाको ‘कविता कन्सर्ट’ सम्पन्न भएको छ ।लियो काउन्सिल डिस्ट्रिक २३५ सि नेपालको आयोजनामा भएको कार्यक्रममा कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको कविता कन्सर्ट सम्पन्न भएको छ । शनिबार साँझ लायन्स क्लबको सभाहलमा आयोजना गरिएको कविता कन्सर्ट कार्यक्रममा कवि सुब्बाले आफ्ना एक दर्जन कविता सुनाएका थिए ।पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर समापन भएको हो । कार्यक्रममा अभिनेत्री मिरुना मगर र अभिनेता प्रविण खतिवडा लगाएत कलाकारहरूले यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’का चलचित्र हेर्न अनुरोध गरे ।कार्यक्रमका प्रमुख अतिथि रहेका

    • प्रकाशित मितिः बैशाख १७, २०८१
    • १९४ पटक पढिएको
  • भोजपुरको आमचोकमा बुलेरो दुर्घटना हुँदा एकको मृत्यू, अन्य विवरण आउन बाकि

    भोजपुर / भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालंखाबाट मैयुटार जाँदै गरेको वुलेरो दुर्घटना भएको छ ।आमचोकको बालांखा बजार देखि मैयुटार जादै गरेको को १ ज २६१७ नम्बरको बुलेरो दुधकोशी नदिमा खस्दा घटना स्थलमै एक जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष सुदिपराज पाठकले बताए ।घाइतेहरुलाई उपचारको लागि पानीबोटबाट धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ । गाडीमा चालक सहित ९ जना सवार थिए । घाईतेहरुको नाम ठेगाना भने खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः बैशाख १७, २०८१
    • ९३ पटक पढिएको
  • इटहरीका विद्यार्थीको पोशाक परिवर्तन गर्न हुदैन: नागरिक समाज र अभिभावक संघ

    इटहरी / विगत केही समय देखि विद्यालय पोशाकमा एक रुपता कायम गर्ने भन्दै इटहरी उपमहानगरपालिकाले जारी गरेको सूचनाले अभिभावक, विद्यार्थी, विद्यालय र समग्र समाजलाई नै दुविधामा पुर्याएको भन्दै इटहरी नागरिक समाज र  अभिभावक संघ सुनसरीले उपप्रमुख संगिता कुमारी चौधरीका कार्य कक्षमा  ध्यानकषर्ण पत्र बुझाएको छ ।शिक्षाको गुणस्तर बढाउन विद्यालय पोशाकमा एकरुपताले भूमिका खेल्छ भन्ने कुरा स्वीकार्न नसकिने  अभिभावक संघ र नागरिक समाजको ठहर छ । आर्थिक मन्दिले अक्रान्त समाजलाई विद्यार्थीको पोशाक परिवर्तनले आर्थिक बोझ मात्र बढाउने स्पष्ट छ ।  विद्यार्थीको पोशाकमा एक रुपताले केही फरक देखिएला

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • ३२१ पटक पढिएको
  • महाकुम्भ मेलामा नेपाल खेलकुद महासंघद्वारा निशुल्क फलफूल र पानी वितरण

    सुनसरी / सुनसरीको वराहक्षेत्र चतराधाममा जारि वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेलामा नेपाल खेलकुद महासंघ सुनसरीले नेपाल खेलकुद महासंघ इनरूवा नगरकमिटिको सहकार्यमा शनिबार निशुल्क फलफूल वितरण गरेको छ ।गत चैत २७ गते सुरु भएको वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेलामा नेपाल खेलकुद महासंघले मेलामा आउने निशुल्क ११०० जना भन्दाबढी श्रद्धालु भक्तजनहरूलाइ फलफूल, पानी वितरण गरेको छ ।मेलामा आउने भक्तजनलाई निशुल्क फलफुल वितरण गर्नु भनेको सेवा तथा पुण्यको काम भएकोले नेपाल खेलकुद महासंघ खेलकुद क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय सस्था भएकोले नेपाल खेलकुद महासंघ केन्द्र, प्रदेश जिल्ला सथै न

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • २२० पटक पढिएको
  • प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ मेलामा शनिवार : केपी शर्मा ओली

    सुनसरी / प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ मेलामा शनिवार अरू दिन भन्दा धेरै भीड भएको थियो । कुम्भमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरूको आगमनले पनि आकर्षण बढेको छ ।कुम्भ स्नानका लागि आउनेहरूका लागि शनिबार अर्को आकर्षण पनि थिए नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।चतराधाम आइपुगेका अध्यक्ष ओली पहिलो दृष्टिमा जगतगुरु बालसन्त मोहन शरण देवाचार्यका लागि आकर्षणको केन्द्र बनेका थिए ।अध्यक्ष ओलीले कुम्भस्नान गरेको हेर्न चाहने र उनीसँगै कुम्भस्नान गरेको फोटो खिच्न चाहनेहरूको चाहाना भने पुरा हुन सकेन । उनी महाकुम्भ स्थल आए पनि कुम्भ स्थान गरेनन् ।बालशन्त महाराजको प्रवचन पण्डालम

    • प्रकाशित मितिः बैशाख १६, २०८१
    • ७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]