समाज

    Showing ९१-१०० of २,२६६ items.
  • झापा गाउँपालिकाले ६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    झापा / झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिए।यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताए। गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।कक्षा ११ र १२ अध्यापन ह

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • १२२ पटक पढिएको
  • नेपाल खेलकुद महासङ्घद्वारा बेलबारीमा खेल सामाग्री वितरण साथै खेलाडी सम्मान

     बेलबारीमा  "नयाँ वर्षको शुभकामना आदानप्रदान, खेल सामाग्री वितरण तथा खेलाडी सम्मान कार्यक्रम" सम्पन्न भएको छ ।नेपाल खेलकुद महासङ्घको बेलबारी नगर कमिटीको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको हो। नेपाल खेलकुद महासंघ केन्द्रिय स्थायी कमिटि सदस्य तथा प्रदेश स-इन्चार्ज रोहित कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपाल खेलकुद महासङ्घको बेलबारी नगर अध्यक्ष डम्बर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा बेलबारी नगरपालिका क्षेत्रको प्रतिनिधित्व गर्दै शहीद स्मारक ए डिभिजन लिग विजेता बनेर नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बेलबारी

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • १७० पटक पढिएको
  • सुन्दरहरैँचामा कराहीले हानेर छोरीको दाँत भाँचिदिएपछी बाबु प्रहरी नियन्त्रणमा

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा तरकारी पकाउने कराहीले हानेर बाबुले आफ्नै छोरीको दाँत भाँचिदिएका छन् ।सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरका ४० वर्षीय तेजबहादुर झाँगडले आइतबार राति ९ बजेतिर कराहीले प्रहार गर्दा छोरी १८ वर्षीया नम्रता झाँगडको दाँत भाँचिएको हो । खाना पकाउनभन्दा नमानेपछि तेजबहादुरले कराहीले छोरीको मुखमा हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कराहीले लागेर नम्रताको अगाडिको दाँत भाँचिएको छ र गालासमेत सुन्निएको छ । घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । छोरीलाई कराहीले हान्ने बाबुलाई प्रहरीले नियन्त्रण

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ८५ पटक पढिएको
  • मंगलबार सार्बजनिक बिदा

    काठमाडौँ / सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ७९ पटक पढिएको
  • तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

    तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । गए राति साढे ७ बजेतिर स्थानीय कालुबहादुर लिम्बूको ८ वर्षीय छोरा सुदिप लिम्बूलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते बालकको उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ९२ पटक पढिएको
  • सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री ए

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ९७ पटक पढिएको
  • इटहरीका विद्यालयहरूमा एकै प्रकारको पोशाक लागु नहुने : कावा नगर प्रमुख चौधरी

    इटहरी । इटहरी उपमहानगरपालिकाको इटहरी भरिका सबै विद्यालयहरूमा एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यान्वयन नगर्न  इटहरी उपमहानगरपालिका कार्यवाहक मेयर सहित, कार्यपालिका सदस्यहरू,  नागरिक समाज इटहरी, उद्योग वाणिज्य संघ इटहरी लगायतले अपिल गरेका छन् ।लायन्स भवनमा भएको अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख संगिता चौधरीले  एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यपालिकाको निर्णय नभएर एक व्यक्तिको निर्णय भएकोले नागरिकको भावना बिपरित यस्तो निर्णय लागु हुन नदिनेमा बहुमत कार्यपालिका सदस्यहरू साथमा रहेको बताइन्।इटहरीका निजी विद्यालयका छाता सङ्गठन हिसान, प्या

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • २९४ पटक पढिएको
  • टेम्केमैयुङको नागिमा अवस्थित महभिर झरना संरक्षण गर्न स्थानीय सरकार लाग्दै

    भोजपुर / भोजपुरको टेम्कमैयुङ गाउँपालिका वडा नम्बर ४ मा अवस्थित महभिर झरना पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागि गरेको छ  ।भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ । झरना आउने पर्यटककलाई नुहाउन साथै शौचालय जानका लागि टेम्केमैयुङ गाउँपालिका र वडा कार्यालय मिलेर शौचालय र कपडा बनाउने भएको टेम्केम

    • प्रकाशित मितिः बैशाख ९, २०८१
    • १०३ पटक पढिएको
  • काठमाडौं धनकुटा सम्पर्क समाजको ७ औ साधारण सभा सम्पन्न अध्यक्षमा बस्नेत

    काठमाडौं / काठमाडौं धनकुटा सम्पर्क समाजको ७ औ साधारण सभा सम्पन्न भएको छ । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा ८ गते भएको साधारण सभा बाट प्रेम बहादुर बस्नेतको नेतृत्वमा १३ सदस्य कार्यसमिती चयन भएको छ।। कोशी प्रदेशको धनकुटा जिल्ला बाट काठमाडौं मा बसोबास गर्दै आएका व्यक्तिहरुले धनकुटा को बिकास कसरी गर्न सकिन्छ र धनकुटा जिल्ला लाई समृद्धि बनाउन पार्टी जुनसुकै भए पनि आफ्नो जिल्ला को बिकासको लागि एकजुट हुनु पर्ने भन्ने भावनाका साथ काठमाडौं धनकुटा सम्पर्क समाज लाक्पा तामाङले बताउनुभयो।साधारण सभाले कार्यसमिती

    • प्रकाशित मितिः बैशाख ९, २०८१
    • १८९ पटक पढिएको
  • प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ : मन्त्री चौधरी

     काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्‍याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने बताउनुभएको छ । नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको उल्लेख गर्नुभयो ।लैङ्गिक समानता नीति २०७७ मै लागू

    • प्रकाशित मितिः बैशाख ८, २०८१
    • ८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]