विराटनगर । मोरङको मिक्लाजुङमा पोखरीमा डुबेर सोमबार दिउँसो ८ वर्षीय बालकको मृत्यु भएको छ । सामुदायिक वनभित्रको पोखरीमा डुबेर घाइते भएका मिक्लाजुङ गाउँपालिका–६ का पदम राईका छोरा ८ वर्षीय साङकेन राईको उपचारका क्रममा मृत्यु भएको हो ।मिक्लाजुङ–६ कालीदहस्थित वनभित्र रहेको पोखरीमा डुबेर घाइते भएको अवस्थामा दिउँसो १२ः३० बजेतिर बालकलाई उद्धार गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पौडी खेल्ने क्रममा डुबेका साङकेनलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा दिउँसो १ः४५ बजेतिर उनको मृत्यु भएको हो ।
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई हिंसा त्याग्न आग्रह गरेका छन् ।हिंसात्मक गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने भन्दै उनले आफ्ना गतिविधिलाई शान्तिपूर्ण बनाउन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।१६औँ गणतन्त्र दिवस अवसरमा सोमबार बिहान प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधर निरन्तर आन्दोलित छन् । उनीहरुले ऐत
सुन्पुदरहरैचा / पुर्वान्चल बिश्वबिधालयको उपकुलपति यादव प्रसाद कोईरालाको कार्यक्षमै लगायत केन्द्रीय कार्यलय आइतबार आज तोडफोड भएको छ। उक्त तोडफोड घटनामा संलग्न पुर्वान्चल बिश्वबिधालयका नेता पास्टर घिमिरे र शिवरत्न साह पक्राउ परेको प्रहरी चौकी गछियाले जनाएको छ ।पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालय बाहिर झ्याल सिसा , ढोका, गमला , टेबल कुर्सी , टेलिफोन लगायत तोडफोड गर्दै उपकुलपतिको कक्षमै प्रवेश गरि उपकुलपति बस्ने कुर्सी टेबलमा तोडफोड गरेका छन । बिद्यार्थी नेताहरु मोटरसाइकलमा बिराटनगर तिर जाँदै गरेको अवस्थामा प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई इलाका प्रहरी बेलबारीमा राखिएको जनाएको छ।अर्को त
विराटनगर । प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका पहिचान पक्षधर प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । झडपका कारण विराटनगर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रदर्शन सुरु गरेपछि प्रहरीले निषेधित क्षेत्रतिर जानबाट रोक्ने कोसिस गरेको थियो । जबर्जस्ती निषेधित क्षेत्र तोडेर प्रदर्शन चर्काएपछि प्रहरीले नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा प्रहार गरेका छन् ।आन्दोलनका क्रममा पक्राउ पर्ने प्रदर्शनकारीको संख्या ३७ पुगेको छ । पहिचान पक्षधरद्वारा सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहा
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।प्रतियोगितामा कुल द
इटहरी । सौन्दर्य कला व्यवसायी संघ सुनसरीले आफ्नो १६ वार्षिक उत्सवको अवसरमा इटहरीमा रहेको रामजानकी वृद्धाआश्रम परिसर क्षेत्र सरसफाई तथा खाद्यान्न वितरण गरेर वार्षिक उत्सव मनाएको छ । सौन्दर्य कला व्यवसायी संघ जिल्ला कमिटी सुनसरी र नगर कमिटी इटहरीले संयुक्त कार्यक्रम गरी रामजानकी वृद्धाश्रममा आश्रय लिरहेका १२ जना वृद्धाहरुको सरसफाई गराइदिनुका साथै आवस्यक खाद्यान्न उपलब्ध गराएको हो । संघले वृद्धा आमाहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु समेत उपलब्ध गराएको थियो । वृद्धाहरुलाई आफ्न
विराटनगर । तत्कालीन प्रदेश १ को नाम कोसी प्रदेश राखिएको विरोधमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।पहिचानवादीले आइतबारदेखि आह्वान गरिएको प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई लक्षित गरेर प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् ।त्यही आन्दोलनलाई बल पुग्ने गरी कोसी प्रदेशका विभिन्न स्थानीय तहले भने निर्णय गरिरहेका छन् । स्थानीय तहहरुले पहिचान पक्षधरको आन्दोलनलाई समर्थन मिल्ने गरी कोसी प्रदेशविरुद्ध निर्णय गर्न थालेका हुन् । पछिल्लो समय खोटाङको
काठमाडाै । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ । चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ ।राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर कैलालीको टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको र त्यो घटनाका मुख्य नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने उल्लेख गरेको छ । यसले देश
प्रेस चौतारी नेपाल सुनसरीले ७ बुँदे इटहरी घोषणापत्र जारी गरेको छ । शुक्रबार प्रेस चौतारी नेपाल सुनसरीले ७ बुँदे इटहरी घोषणापत्र जारी गर्दै वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै विभिन्न वक्ताहरुले प्रेस स्वतन्त्रता, पत्रकारको विकास र सदस्ता शुद्धिकरणमा पत्रकारसम्बद्ध संगठनहरु सक्रिय हुनुपर्ने जोड दिएका थिए ।प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारहरुको वास्तविक संगठन प्रेस चौतारी नेपाल मात्र भएकाले श्रमजीवी
इटहरी । नेपाल प्रेस चौतारी सुनसरीले पत्रकार महासंघको सदस्यता शुद्धिकरण कडाइका साथ अघि बढाउन माग गरेको छ । शुक्रबार आयोजित साधारणसभाले सात बुँदे घोषणापत्र जारी गर्दै शुद्धीकरणका मापदण्डलाई पूर्णरुपमा लागु गर्न माग गरेको हो । साथै उसले शुद्धीकरण अभियानलाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ ।यस्तै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, पत्रकारको विकास, सुरक्षा र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध हुनसमेत सञ्चार संस्था र सरोकारवालाहरुसँग माग गरेको छ ।प्रेस चौतारी सुनसरीले सुरक्षित कार्य वातावरण बनाउन सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.