समाज

    Showing १०१-११० of १०,२३६ items.
  • हाइब्रिड बीउको बढ्दो प्रयोगले संकटमा रैथाने बीउ, संरक्षणमा जुट्यो ‘जिन बैंक’

    इटहरी : धनकुटामा हाइब्रिड तथा उन्नत बीउको प्रयोग बढ्दै गएपछि परम्परागत रैथाने बीउ खेतीबाट हराउने क्रम बढेको छ। स्थानीय जातका बीउसँगै तिनमा निहित कृषि ज्ञान र आनुवंशिक विविधता जोगाउन धनकुटा नगरपालिकाले ‘जिन बैंक’मार्फत संरक्षण अभियान थालेको छ।धनकुटा, छथरजोरपाटी–४ मार्सेका बुद्धिकान्त घिमिरेले बाल्यकालदेखि नै परिवारमा खेतीका लागि आफैँले बीउ छनोट गरेर सुरक्षित राख्ने चलन देख्दै आएका थिए। मकै, कोदो, गहुँ, फापर, सिमी, गहत, बोडी, फर्सी र तिललगायत बालीको उत्पादनबाट राम्रो र स्वस्थ देखिएका बोटका बीउ छुट्याएर अर्को वर्षका लागि राखिन्थ्यो। घिमिरेलाई आमा र हजुरआमाले ठूलो रातो कोदोका राम्रा कपना, धानका रा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ४६ पटक पढिएको
  • सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान

    इटहरी : भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ ।बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत रु १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरेको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिए ।उनका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्मा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८१ पटक पढिएको
  • सुनसान बने इलामका होटेल

    इटहरी। इलामका साना तथा ठुला होटेल चार महिनादेखि सुनसान बनेका छन् । पर्यटकको चलपहलसँगै खचाखच हुने इलामका होटेल अहिले सुनसान बनेका हुन् । इलाम सदरमुकाम हुँदै पाँचथर, ताप्लेजुुङसम्म जाने भरपर्दो सडक नहुँदा यस्तो अवस्था भएको हो । मेची राजमार्गको माईखोलास्थित राजदुवाली सडकखण्ड ४० दिनयता पूर्ण अवरुद्ध भएपछि इलाममा पर्यटक आउन छोडेका हुन् । सदरमुकामकै न्यु पोख्रेली होटेलको अवस्था पनि उस्तै छ । दैनिक दुुई सय मान्छेको आवागमन हुने पोख्रेलीमा अहिले स्थानीय एक÷दुुई वटा कार्यव्रmमबाहेक केही पनि हुन सकेको छैन । होटेल सुनसान हुँदा होटेलसँग जोडिएका यातायात व्यवसायी, सागसब्जी, दुधलगायतका वस्तुु उत्पादक सान

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ४२ पटक पढिएको
  • प्रेसर कुकर पड्किएर वृद्धा घाइते

    इटहरी । ताप्लेजुङमा खाना पकाउने प्रेसर कुकर पड्किएर एक वृद्धा घाइते हुनुभएको छ । यहाँको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको सेसम्बुकी ७९ वर्षीया मनमाया सुनुवार घाइते हुनुभएको हो ।नाङ्खोल्याङका वडाध्यक्ष दिलकुमार सुनुवारका अनुसार बुधबार बिहान घरमा खाना तयार गर्ने क्रममा प्रेसर कुकर पड्किएर वृद्धा घाइते हुनुभएको हो । घाइते वृद्धा वडाध्यक्ष सुनुवारका आफ्नै आमा हुनुहुन्छ । दाल पकाएको कुकरको सिट्ठी बन्द भएको र सिट्ठी मिलाउन खोज्दा एक्कासी कुकर पड्किएर आमा घाइते हुनुभएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धा आमाको दायाँ आँखाको डिल र दायाँ हातमा चोट लागेको छ ।घाइते आम

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ५२ पटक पढिएको
  • ‘सिक्दै कमाउँदै कार्यक्रम’

    इटहरी।  सोलुखुम्बुको सोलुदुधकुण्ड नागरपालिका–७ को गार्मा माध्यमिक विद्यालयमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ सुरु भएको छ । कोशी प्रदेश सरकारको विनियोजित बजेटमार्फत कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सहयोग र समन्वयमा सुरु भएको कार्यक्रममा विभिन्न जातका मौसमी तरकारी खेती लगाइएको छ । कक्षा ११ र १२ मा अध्ययन गरिरहेका प्राविधिक धार कृषितर्फका विद्यार्थी यस कार्यक्रममा सहभागी भएका विद्यालयका प्रधानाध्यापक विनोदसिङ तामाङले जानकारी दिनुभयो । कार्यक्रमबाट प्राविधिक धारतर्फका विद्यार्थीको सिप अभिवृद्धि हुनका साथै आर्थिक रूपमा समेत लाभान्वित हुने उहाँले बताउनुभयो ।  २०७० सालबाट कृषि धारको पठनपाठन

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ३९ पटक पढिएको
  • कोशी प्रदेशसभा बैठक, दलित अधिकार विधेयक पेश हुने सम्भावना

    इटहरी।  कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ । गत असार २४ गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा सरकारले ‘दलित अधिकारसम्बन्धी विधेयक’ प्रदेशसभामा पेश गर्ने सम्भावना रहेको छ । यद्यपि, कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी छ ।सत्ता समीकरणमा आएको फेरबदलसँगै आजको बैठकबाट नेपाली कांग्रेस विपक्षी बेञ्चमा बस्नेछ भने विगत दुई वर्षभन्दा बढी समयदेखि प्रतिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता पक्षको बेञ्चमा आसिन हुनेछ । नयाँ सत्ता गठबन्धन निर्माणका क्रममा नेकपाले उक्त विधेयक सभामा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ३४ पटक पढिएको
  • पाथीभराबाट तीन लाख १८ हजार भेटी सङ्कलन

    इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराबाट साउन महिनामा तीन लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात् साउनमा पाथीभराबाट उक्त भेटी रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन महिनामा कुल तीन लाख १८ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा उक्त भेटी रकम सङ्कलन भएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार गत आवको साउन महिनामा भन्दा यसवर्ष करिव ६० प्रतिशत कम मात्र भेटी सङ्कलन भएको छ । गत आवमो साउनमा १० लाल ३९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको थियो । पा

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ३३ पटक पढिएको
  • गुम्बाटोलवासीलाई कुहिरोको पानी

    इटहरी। खिजिदेम्बा गाउँपालिका–५, मेले गुम्बाटोलमा कुहिरोबाट खानेपानी सङ्कलन गरी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पिक प्रविधिमार्फत पानी उपलब्ध गराउने उद्देश्यले ‘फग हार्भेस्टिङ’ प्रविधि जडान गरी पानी सङ्कलन सुरु गरिएको हो । खिजिदेम्बा गाउँपालिकाको समन्वयमा जर्मन संस्था डिआइजेड र आइकिआई ग्रान्टको आर्थिक सहयोग तथा स्मार्ट अर्थ नेपालको प्राविधिक सहयोगमा एक करोड रुपियाँभन्दा बढीको लागतमा योजना सम्पन्न भएको हो । समुद्री सतहदेखि करिब दुई हजार ३३० मिटर उचाइमा रहेको मेले गुम्बाटोलमा कुहिरोबाट पानी सङ्कलन गर्ने १० वटा फग हार्भेस्टिङ युनिट जडान गरिएको छ । जालीमा क

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ६० पटक पढिएको
  • ताप्लेजुङमा साढे १३ प्रतिशत बढी धान रोपाइँ

    इटहरी। ताप्लेजुङमा यसवर्ष साढे तेह्र प्रतिशत बढी धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा यसवर्ष पर्याप्त वर्षा भएकाले धान रोपाइँ बढी क्षेत्रमा भएको हो ।कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार धान खेती हुने क्षेत्रको ९८।५ प्रतिशतमा रोपाइँ भएको छ । धान खेती हुने पाँच हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ५८१ हेक्टर क्षेत्रफल बराबरको जग्गामा रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख एवम् कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभयो । कार्यालय प्रमुख श्रेष्ठका अनुसार गत वर्ष ८५ प्रतिशत क्षेत्र अर्थात चार हजार ७९८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । यस वर्ष धान खेतीका लागि पर्याप्

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ९५ पटक पढिएको
  • पाँचथरको फिदिममा रेबिज संक्रमणको उच्च जोखिम: १४ वटै वडामा छाडा तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन तीव्र अभियान

    इटहरी ।  नागरिकलाई आतङ्कित पार्नेगरी कुकुरमा रेबिज संक्रमण देखिएपछि फिदिम नगरपालिकाले खोप अभियान तीव्र पारेको छ। नगरपालिकाले हालसम्म ६२६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको जनाएको छ।कुकुरको चाप बढी रहेको बजार क्षेत्र तथा वडा नं २ र ४ लाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको थियो । अहिले नगरपालिकाका १४ वटै वडामा शिविरमार्फत खोप दिने काम भइरहेको पशु सेवा प्राविधिक नारायणकुमार थापाले बताउनुभयो । मंगलबार वडा ११ मा आठवटा केन्द्रबाट खोप लगाइएको र बुधबार वडा १२ मा पाँचवटा केन्द्र तोकिएको नगरपालिकाले जनाएको छ।नगरप्रमुख मित्रप्रसाद काफ्लेले नगर क्षेत्रका सबै कुकुरलाई खोपको पहुँचमा ल्य

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]