पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कुम्मायक गाउँपालिकाले जितेको छ । विहिवार सम्पन्न फाईनल खेलमा हिलिहाङ गाउँपालिकालाई हराउँदै उपाधी जितेको हो ।१–० गोलको झिनो अन्तरले कुम्मायकले उपाधी जितेको हो । दोश्रो हाफको अन्तिम समयमा सुदिप लावतीले गरेको गोलनै जितका लागि पर्याप्त भयो ।विजेता टिमले १ लाख १ सय ७३ रुपैँया नगद र ट्रफि पाएको छ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा कुम्मायक गाउँ पालिकाका वेष्ट किपर रोचक लावती,वेष्ट डिफ
भोजपुर | सगरमाथा माध्यमिक विद्यालयको आयोजनामा र अरुण गाउँपालिका–७ सिक्रेटारको प्रायोजनमा कार्तिक १५ गते तय गरिएको “बृहत देउसी भैलो सांस्कृतिक कार्यक्रम–२०८२” प्रतिकूल मौसमका कारण स्थगित भएको छ। लगातारको वर्षा र हावाहुरीका कारण सुरक्षा जोखिम बढेपछि कार्यक्रमलाई कार्तिक २२ गते शनिबारका दिन सारिएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । वडाध्यक्ष थापाका अनुसार तयारी पूरा भइसकेको भए पनि जिल्ला प्रशासन, गाउँपालिका र प्रहरी कार्यालयको सिफारिसका आधारमा मिति परिवर्तन गरिएको हो। राष्ट्रिय र स्थानीय कलाकारहरूको सुझावअनुसार पनि कार्यक्रम सारिएको बताइएको छ। अब सोही स्थानमा कार्तिक २२ गते कार्यक्र
इटहरी । जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मुत्यु भएको छ । जिल्ला कारागार मोरङका अनुसार बिहीबार बिहान एक जना कैदीको मृत्यु भएको हो । गत शुक्रबार राति एक जना बन्दीको मृत्यु भएको थियो । दुवै कैदीबन्दीको स्वास्थ्य समस्या भने एउटै छ । कारागार प्रशासनका अनुसार दुवैको शरीर सुन्निने र शाश फेर्न गाह्रो हुने समस्या थियो। मोरङको उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए । उनलाई बुधबार कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको
इटहरी। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदेश सभा भवन र प्रदेश सभा सचिवालय ध्वस्त भएपछि कोशी प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको छ । आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालयमा आगजनी, तोडफोड र लुटपाट भएपछि प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको हो । कोशी प्रदेश सरकारले मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारको भवनमा प्रदेश सभा राख्ने तयारी गरेको हो । सङ्घीय कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका(१ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण गरिएको थियो । विराटनगर महानगरपालिका
इटहरी । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो । प्रतिकूल मौसमका कारण मङ्गलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उहाँले सबैमा अनुरोध गर्नुभयो । उत्तर
इटहरी। इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमबाट झापा जाँदै गरेको बोलेरो मे १ ज ३१३७० र इलामबाट पाँचथरतर्फ जाँदै गरेको मोटरसाइकल ९प्र १–०१–०१६ प १३६७० एकआपसमा ठोक्किँदा बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका ३६ वर्षीय लक्ष्मीप्रसाद मैनालीसहित १० जना घाइते हुनुभएको हो । इतेको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख ९एसपी० एकनारायण कोइरालाले जानकारी दिनुभयो । बोलेरो सडकबाट करिब १० मिटर तल खसेको छ ।
इटहरी । ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो । बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सूचना जारी गर्दै कात्तिक १४ गतेबाट लागू हुने गरि हरेक साताको एक दिन शुक्रबार बजार पसल बन्द हुने जनाएको छ । सङ्घले चाडपर्वमा उपभोक्ताको चापलाई मध्यनजर गर्दै करिब एक महिना सम्मका लागि बजार पसल शुक्रबार समेत खुला गरेको थियो । नेपालीहरूको महान पर्व दशैँ, तिहार तथा छठ जस्ता चाडमा उपभोक्ताको चाप बढी हुने भएकाले गत भदौ २७ गते शुक्रबार देखि कात्तिक ७ गतेसम्म खुलाउने निर्णय गरेको थियो । पर्वहरू सम्पन्न भएसँग
इटहरी। मेचीनगर नगरपालिका(१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । मेची राजमार्ग अन्तर्गतको चारआली(चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । कार आगजनीबारेमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताउनुभयो । चालकले नै वन
इटहरी। पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो । महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको का उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सीप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएका उहाँले उल्ल
इटहरी । मेची राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधार मोन्था चक्रवातका कारण वर्षा हुने र बाढीपहिरोको प्रकोप हुन सक्ने भएपछि मेची राजमार्गमा जोखिम कम गर्नका लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो । मेची राजमार्गको माइखोला (राजदुवाली) सडक खण्डसहित विभिन्न स्थानमा गत असोज १८ गतेको बाढीपहि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.