भोजपुर — पछिल्ला वर्षहरूमा बाँदरको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यहाँका किसानहरू समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिपिने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानहरूले बताएका छन् ।बाँदरको हुलले बगैँचामा आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने मात्र होइन, कतिपय बोट भाँचेर समेत नोक्सान पुर्याउने गरेको स्थानीयहरूको गुनासो छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार, “बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ । तर्साउन ढुंगा हाने पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप पारिदिन्छ,” उनले भने ।ज
इटहरी । बराहक्षेत्र १० प्रकाशपुरमा आयोजना गरिएको प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिताको उपाधी आयोजक प्रकासपुर भेट्रान्स फुटबल क्लबले हात पार्न सफल भएको छ । फाइनल खेल “ जनता भेट्रान्स फुटबललाई २–० गोल अन्तरले हराउदै प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेको हो । दुबै टिम जितको अभिलाषा लिएर मौदानमा उत्रेकाले खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । खेलमा जनता भेट्रान्स फुटबल क्लबले पटक पटक पाएको अवसर गुमाउन पुगेपछि उपबिजेतामा चित्त बुझाउनु परेको हो । प्रतियोगिताको विजेता प्रकासपुर भेट्रान्स फुटबल क्लबले नगद ५० हजार १ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । उपवि
इटहरी – तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले ‘TVS Tihar Exchange Mela’ सुरु गरेको छ। असोज २८ देखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिनेछ।मेलामा ग्राहकका लागि रु. ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु. १ लाखसम्मको क्यास डिस्काउन्ट, रु. १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ८, गोगनेमा आयोजित खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन भएको छ । असोज ३० गते दखि सुरू भएको प्रतियोगिता कात्तिक १ गते समापन भएको थियो । प्रतियोगितामा रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्ज्याङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । मानेभञ्ज्याङले उपाधिसँगै ४१ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी प्राप्त गरेको हो । त्यसैगरी, रामप्रसाद राई गाउँपालिका वडा नं ७ बासिखोराले दोस्रो स्थान प्राप्त गर्दै २५ हजार ५ सय ५५ रुपैयाँ, र वडा नं ४ दलगाउँले तेस्रो स्थान प्राप्त गर्दै १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन
इटहरी । धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले देउसी–भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले बेलुका १० बजे सम्म गर्न आग्रह गरेको हो । देउसी–भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडकमार्गमा अवरोध हुने गरी नखेल्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भएको छ । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वादीपावली उत्सव स्थल बनाउन समेत नपाइने भएको छ । यस्तै आपसी सद्भाव कायम गर्न, जुवातास नखेल्न,
इटहरी । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर अन्तरगत सैनीक अस्पताललाइ सेनाकै मातहतमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रका पदाधिकारीहरूले सुविधा सम्पन्न बिद्युतीय इ रिक्सा ( सिटि सफारी ) हस्तान्तरण गरेका छन् । केन्द्रको प्रांगणमा एक कार्यक्रम गरि पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापती उपरथी गौरव कुमार केसिलाइ उक्त इ रिक्सा हस्तान्तरण गरिएको हो । इटहरीको बिभिन्न क्षेत्रबाट बिरामीहरूलाइ छिटो भन्दा छिटो सैनिक अस्पताल सम्म पुर्याउन र छरितो सेवा प्रदान गर्न यातायातको साधन स्वरूप सिटि सफारी हस्तान्तरण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका अध्यक्ष दिवश पोख्रेलले बतउ
इटहरी । गृहमन्त्री ओमप्रकाश अर्यालले कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको छ । सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको हो । उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभइ छानविन आयोगको भएको उहाको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफुले नभनेको उल्लेख गर्दै हातहतियार संग्रह गर्ने चाहना राख्ने केहि दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पार्नुभयो । मुलुक हिंसाको नभइ अह
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताउनुभएको छ । काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम सिफारिस गरेको तर सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस भने नगरेको बताउनुभएको हो । आफुले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भन्दै प्रचण्डले गरेको टिप्पणी झुठ बाहेक केहि नभएको उहाले बताउनुभयो । उहाले सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेको प्रमाण देखाउन प्रचण्डलाई चूनौति दिनुभयो । अध्यक्ष ओलीले भदौ २३ को घटनामा गोली चल
इटहरी । इजरायलमा हमासद्धारा मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइएको छ । सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोशीको पार्थिव शरीर आइपुगेको हो । विपिनको पार्थिव शरिरलाई नेपाल ल्याएपछि त्रिभुवन विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस्तै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, मुख्य सचिव एक नारायण अर्याल, नेपालका लागि इजरायली राजदूत लगाएतले बिपिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका थिए । सो
इटहरी । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङ लगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगन देखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठा सम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.