समाज

    Showing २,८७१-२,८८० of ९,३६० items.
  • जेनजी विद्रोहमा २२ प्रदर्शनकारीको मृत्यु भएको सेनाको रिपोर्ट

    काठमाडौँ । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा २२ जना प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको जनाएको छ। सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेका छन्।सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलन ४८४ स्थानमा फैलिएको जनाएको छ। आन्दोलनका क्रममा ६८८ वटा सरकारी कार्यालय, २५९ निजी घर, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको रिपोर्टमा उल्लेख छ।आन्दोलनकै बेला १५ हजार ५८८ जना कैदीबन्दी फरार भएकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लि

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३०२ पटक पढिएको
  • सिद्धिचरण राजमार्गमा यातायात सेवा पूर्णरूपमा ठप्प

    इटहरी । कालोपत्रेको माग गर्दै उदयपुरका स्थानीयवासीले सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मी(कटारी सडक खण्ड बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध गरेका छन् । कटारी नगरपालिका(८ भर्मीकाका स्थानीयले धुलो र हिलोयुक्त सडकको स्थायी समाधान माग गर्दै शुक्रबार बिहानदेखि सडक ठप्प पारेका हुन् । सडक अवरुद्धका कारण घुर्मी हुँदै तराईतर्फ जाने तथा कटारी हुँदै ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ आउँदै गरेका सवारीसाधन रोकिएका छन् । आन्दोलनका संयोजक लिलबहादुर खत्रीका अनुसार वर्षौँदेखि धुलाम्मे र हिलो सडकका कारण स्थानीयको दैनिकी कष्टकर बनेको छ । स्थानीयको भनाइ अनुसार धुलोका कारण विद्यालय जाने विद्यार्थी, व्यापारी तथा सर्वसाधारण स

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३५२ पटक पढिएको
  • झापामा सुतिरहेको अवस्थामा सर्पले टोकेर १० वर्षीय बालकको मृत्यु

    इटहरी । झापामा सुतिरहेको अवस्थामा सर्पले टोकेर १० वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको अर्जुनधारा नगरपालिका–११ चाम्लिङ डाँडामा सुतिरहेको अवस्थामा गएराति सर्पले टोकेर १० वर्षीय बालक अनिष राईको मृत्यु भएको हो । उनलाई ओछ्यानमै विषालु सर्पले डसेपछि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३२५ पटक पढिएको
  • ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि

    इटहरी ।  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ र ८२ देखि चालु आव २०८२र८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१र८२ मा ६५ पुरुष र ३०  महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो । चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३,

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ३०२ पटक पढिएको
  • समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका द्धारा तीन जना ज्येष्ठ नागरिक सम्मानित

    इटहरी। समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो । सम्मानित हुनेमा वडा नं १ की एक सय पाँच वर्षीया लमीकुमारी राई,  वडा नं ४ नागीका १०२ वर्षीय इन्द्रबहादुर राई र वडा नं ३ अन्नपूर्णका ९८ वर्षीय भीमप्रसाद राई रहनुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव र समाजका जीवन्त सम्पदा भएको बताउनुभयो । उपाध्यक्ष रमादेवी राईले ज्येष्ठ नागरिकको स्याहारसुसार र अधिकार संरक्षण गाउँप

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २३१ पटक पढिएको
  • निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै राष्ट्रिय परिचयपत्र दिन पुनः सुरु

    इटहरी । निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै ३५ दिनपछि राष्ट्रिय परिचयपत्र सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलेर पुरानो संरचना ध्वस्त भएको थियो । त्यसयता मोरङबाट राष्ट्रिय परिचयपत्र बनाउने काम बन्द थियो ।  सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ट्रस्ट संरचना निर्माण गरिदिएसँगै सेवा सूचारु गरिएको हो । बुधबार नै सङ्घले जिल्ला प्रशासन कार्यालयलाई भवन हस्तान्तरणसमेत गरेको थियो । निर्माण व्यवसायी सङ्घ मोरङका अध्यक्ष महेशकुमार मिश्रले २० लाख रुपियाँ लागतमा तत्कालका लागि भवन निर्माण गर

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २६९ पटक पढिएको
  • गौरीशङ्कर एग्रोका कारणले लौकही डुबानमा परेको गुनासो

    इटहरी। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका १, २ र ३ नम्बर वडाको राजमार्ग क्षेत्रमा स्थानीय गौरीशङ्कर एग्रो इन्डष्ट्रिज प्रालिको दाना उद्योगका कारणले डुबानमा परेको गुनासो बाहिर आएको छ । दुई हप्ता अघि आएको बाढीको पानी निकासको बन्द गर्ने गरी उद्योग सञ्चालन भएकाले उद्योगकै कारणले राजमार्ग उतरको भाग कोशी २ र ३ को पश्चिम कुुशाहा तथा कोशी १ र ३ को दक्षिणतर्फको भाग लौकही डुबानमा परेको गुनासो स्थानीयहरुले गरेका छन् । दाना उद्योगका कारणले सयौं बिघा धान र उखु खेत डुबानमा परेको स्थानीय शिवनारायण उरावँले गुनासो गर्नुभएको छ । झण्डै ११ विगा क्षेत्रफलमा फैलिएको उद्योगको क्षेत्रमा राजमार्गभन्दा अग्लो हुने गरी भ

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • २६२ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कप को चौथो खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लबको जित सेमिफाईनलमा प्रबेश

    सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा चौथो दिन को खेल मा प्रकाशपुरमा भेट्रान्स कप को चौथो खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुहवि भेट्रान्स फुटबल क्लब -० र प्रकासपुर भेट्रान्स फुटबल क्लब -३ गोल गरि  सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को तेश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको उपाध्यक्ष सागर सुब्बा रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बिस्व आदर्श कलेज का प्रध्यानध्यापक लेखनाथ घ

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ६२९ पटक पढिएको
  • कोशी सरकारद्वारा बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई राहत वितरण

    इटहरी । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरूप रु ३४ लाख ५० हजार वितरण गरेको छ । प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरूप इलाममा वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो । सरकारले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ४३३ पटक पढिएको
  • नेपाली सेनाद्वारा सञ्चारकर्मीका लागि अभिमुखीकरण तालिम सम्पन्न

    इटहरी । नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत असोज २७ गतेदेखि पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको अभिमुखीकरण तालिममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका २३ जना सञ्चारकर्मीको सहभागिता थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी गौरवकुमार केसीले नेपाली सेनाले खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनासम्मका विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए। उपरथी केसीले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे थप ज्ञान र सन्तु

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ३९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]