इटहरी । खोटाङमा भएको हेलिकोप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकोप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकोप्टरमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । हेलिकोप्टरमा लास राखिएको बाकस नअटेपछि लास गाडीबाट पठाएर मृतकका आफन्त हेलिकोप्टरमा गाउँ आएको पाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । शवको दाहसंस्कार गर्न गाउँ आएका स्थानीय चढेको हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा बुधबार दिउँसो १२ बजे दुर्घटना भएको हो । काठमाडौँबाट बालाबेँसी पुगेर ल्यान्ड गर्ने क्रममा एयर डाइनेस्टिको हे
इटहरी । काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो दुर्घटना भएको हो । बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ । चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो । घाइते राईलाई अर्को हेलिकप्टरमार्
इटहरी । गत शुक्रवार वाट बन्द रहेको भेडेटार राजारानी रविराके सडक बुधवारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।सुख्खा पहिराको निरन्तर झरेका कारण भेडोटार थुम्की खण्डमा पर्ने लभडाँडामा सडक अवरुद्ध भएको थियो ।यो स्थान भेडेटारवाट करिब अढाइ किलो मिटरको दूरीमा रहेको छ । करिब एक सय मिटर क्षेत्रमा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । पाँच दिनको निरन्तर प्रयास पछि पहिरो हटाएर सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो । उहाँको अनुसार नेपाल प्रहरी र सडक निर्माण गरीरहेको एप्को इन्फाटेक कम्पनीले सडक खुलाएको हो । निर्माणधीन सडक
इटहरी । झापाको भद्रपुर नगरपालिकामा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष चेकजाँच अभियानको क्रममा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको जनाएको छ । मङ्गलबार राति गरिएको दुई छुट्टाछुट्टै जाँचमा ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर–६ स्थित श्रवण यादवको घरमा लागुऔषध रहेको गोप्य सूचनाका आधारमा छापा मारेर घर खानतलासी गर्दा प्लास्टिकसहित ५४ ग्राम ४३० मिलिग्राम र प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जनाउनु भयो । प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आङ्शका
इटहरी । गत वैशाखमा म्याद सकिएको इटहरीको जनता माध्यमिक विद्यालय ९मावि० व्यवस्थापन समितिले अझै कायममुकायमको भरमा चलिरहेको छ । नेकपा एमाले भित्रको आन्तरिक कलह र नेपाली काँग्रेस सँगको भागबन्डा नमिल्दा १० महिना देखि नयाँ व्यवस्थापन समिति गठन हुन नसकेको हो ।समितिको पदावधि समाप्त हुनु भन्दा एक महिना अगावै अभिभावक भेला बोलाउनुपर्ने कानुनी व्यवस्था भएपनि जनता मावि आन्तरिक कलहमा डुब्दै गएको छ । निवर्तमान अध्यक्ष काशीनाथ दंगालले पुनः अध्यक्ष बन्नेगरि सदस्यमा मनोनयन दर्ता गराएपछि विवाद चुलिएको छ । अभिभावक बिचमा सहमतिको प्रयास भइरहेको अवस्थामा दंगालको उम्मेदवारीले थप तरङ्ग ल्याएको हो ।पालिकाको शिक्षा शाखा
इटहरी । हावाहुरीले खोटाङको सामुदायिक रेडियो हलेसी एफमए १०२।४ मेगाहर्जको रिपिटर टावर भाँचिदा प्रसारण बन्द भएको छ । चैत २ गते साँझ चलेको हावाहुरीले रेडियोको टावर भाँचिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । टावर भाँचिएपछि रेडियोको प्रशारण बन्द भएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताउनुभयो । टावरको बीच भागमा भाँचिएर भुइमा थुप्रिएको छ । टावर भाँचिएपछि एन्टेनामासमेत क्षति पुगेको छ । कामै नलाग्ने गरी एन्टेनामा क्षति भएको अध्यक्ष राईको भनाइ छ । यस्तै एफएमको टावरसँगै रहेको दुई भवनमध्ये एक भवनको जस्
इटहरी। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ ।प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो । मानिसको घर गोठ र वडा कार्यालयसहितका सार्वजनिक संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा ७५ लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रनाउ गौतमले जानकारी दिन
सुनसरी । जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला अस्पताल सुधारको माग गर्दै सोमबार ध्यानाकर्षण पत्र बुझाइएको छ ।जिल्ला अस्पताल इनरुवा सुधार सङ्घर्ष समितिले ३४ बुँदे मागसहित अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको समितिका संयोजक दिलीपचन साहुले जानकारी दिए । मेसु, प्रशासन र अस्पताल विकास समितिका अध्यक्ष राजन मेहतासँग छलफल र अन्तरक्रिया गर्दै ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए । एन्टिरेबिज भ्याक्सिन ९एआरभी० को अभावमा बिरामी विराटनगर वा अन्य निजी क्लिनिकमा जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, बिरामी, कुरुवा र नागरिक समाजमैत्री सेवा हुनुपर्ने, ल्याब नियमित सञ्चालन, ब्लड बैंक, सघन उपचार कक्ष ९आइसियू०
इटहरी । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ बस्ने ३२ वर्षीय जयकृष्ण यादव गम्भीर घाइते भएका थिए।उनको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति १२ः१५ बजेतिर उनलाई मृत घोषणा गर
इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ यसपटक अझ भव्य र आकर्षक रूपमा हुने भएको छ।आगामी चैत ७ गते ९मार्च २१, २०२६० मा इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने अतिथिलाई आयोजकको हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटेलले ‘सोल्टी हेरिटेज क्लब’को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको छ। यो सदस्यता कार्डमार्फत होटेलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ।नयन मिडिया फाउन्डेसनक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.