रामधुनी– सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. ६ मैनि मा एक अत्यन्तै दुखद र मार्मिक घटना घटेको छ। आर्थिक अभावको कारण आफ्नै नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेको एक गरीब परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले ठूलो सहयोग गर्नुभएको छ।निरज रिसिदेब र उनकी श्रीमती मन्जल रिसिदेबको कोखबाट जन्मिएको नवजात बच्चाको बिराटनगर स्थित बिराट नरसिंह होस्पिटलमा उपचारक्रममै मृत्यु भएको थियो। बच्चाको जन्म र उपचारको क्रममा नै परिवारको आर्थिक स्थिति नाजुक भएपछि मृतक शिशुलाई घर ल्याउन असमर्थ थिए।यस्तो विषम परिस्थितिमा समाजसेवी दिनेश श्रेष्ठले रिसिदेब परिवारलाई सहयोग गर्ने ठूलो पहल गर्नुभयो। उनको पहलमा न
इटहरी । संघीय सरकारको निर्देशनअनुसार खाँदबारी नगरपालिकाले करार र दैनिक ज्यालादारी सेवामा कार्यरत २९ जना कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ।नगरपालिकाले २०८२ कात्तिक १ गतेदेखि लागू हुने गरी सो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ। नगरपालिकाको कार्यालयबाट बुधबार जारी सूचनामा भनिएको छ,‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ भन्ने मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट प्राप्त पत्रका आधारमा निर्णय गरिएको हो। कार्यालयअन्तर्गत स्वीकृत दरबन्दी बाहेकका १
इटहरी। मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामा पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूका लागि हेल्थ डेक्स स्थापना गरिएको छ । झापाबाट इलाम हुँदै पाँचथर ताप्लेजुङसम्म आउ–जाउ गर्ने यात्रुहरूका लागि हेल्थ डेक्स राखिएको हो । माईखोलादेखि माथि करिब एक किलोमिटर पैदल यात्रा गर्दा मात्र यात्रुुहरूले सवारी साधन भेट्ने अवस्था छ । यस्तै झापातर्फ हिँडेका यात्रुुले पनि सोही बाटो र दूरी पार गरेर माईखोला राजदुवालीबाट झापातर्फको यात्रा तय गरिरहेका छन् । बिचमा पैदल हिँडिरहेका यात्रुहरूलाई स्वास्थ्य समस्या हुनसक्छ भनेर इलाम नगरपालिकाले हेल्थ डेक्स राखेको नगर प्रमुख केदार थापाले बताउनुभयो । डेक्समा रक्तचाप जाँच,
इटहरी। गएको असोज १८ गते रातीको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गत इलामको माइखोला माथिको सडक सुुचारु गराउन अहिले सडक डिभिजन कार्यालय इलामले काम सुरु गरेको छ । डिभिजन कार्यालयका प्रमुखसहित इन्जिनियरहरुको टोली अहिले माइखोलामै छन् । माथिबाट पुनः पहिरो खस्छ कि भन्ने त्रासका बीच पनि कार्यालयले स्काभेटर सञ्चालन गरेको छ । राजमार्गको राजदुवालीस्थित माइखोलामाथि पहिरो खरेपछि यो क्षेत्रमा भने यात्रुुहरु पैदल नै हिंडिरहेका छन् । इलाम सदरमुकामतर्फ आउने यात्रुुहरु माइखोलादेखि पहिरो खसेको क्षेत्रलाई पैदल पार गरेर पहिरोभन्दा माथिको भागबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् । यस्तै इलाम सदर
इटहरी। कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्काल बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद बैठकले निर्णय गरेको छ। त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सात वटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नका लागि सङ्घीय सरकारलाई स
इटहरी । २४ भदौमा झुम्का कारागारबाट फरार भएका एक कैदी मृत फेला परेका छन् । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उदयपुरको त्रियुगा नगरपालिका ८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार मृत फेला परेको प्रहरीले जनाएको छ । सुनसरी जिल्ला अदालतले १३ चैत २०७७ मा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका दनुवार जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर घर पुगेका थिए । मंगलबार दिउँसो घर नजिकै रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले पुष्टि गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
इटहरी । कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप आजदेखि चिकित्सको टोली परिचालन गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। केनीन राईले बताउनुभयो । आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर प्रस्थान गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिन सुझाउने तथा पीडितका स्वास्थ्य समस्याबारे टोलीले जानकारी लिने र
इटहरी। वीरगञ्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको शाह पाराडाइज होटलमा बास बसेका बाबु र छोरा होटलको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार छिमेकी राष्ट्र भारतको वेस्ट बङ्गाल भुवनेश्वरका नागरिक रहेका ६७ वर्षीया सजल आचार्य र २४ वर्षीया सागर आचार्य भानुचोकमा रहेको होटलको कोठामा मृत फेला परेका हुन् । होटलले दिएको जानकारी अनुसार ती बाबु छोराले उपचारको लागि नेपाल आएको उल्लेख गर्दै असोज १९ गते आइतबार दुई दिनको लागि भनेर कोठा बुक गरेका थिए । आइतबार साँझ र सोमबार बिहान होटलमा खाना खाएका तर सोमबार साँझ र मङ्गलबार बिहान खाना
काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२(८३ मा नेपालको आर्थिक वृद्धिदर २।१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो । गत आर्थिक वर्ष २०८१(८२ मा नेपालको आर्थिक वृद्धि दर ४।६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १।५ देखि २।६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ
इटहरी । भोजपुरका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो । परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख स्रोत बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः सबै स्थानीय तहका किसानले मौरीपालन गर्दै आएका छन् । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ । यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.