समाज

    Showing ३,५९१-३,६०० of ९,३७० items.
  • विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा

    इटहरी। मोरङको विराटनगरमा आज भदौ १ ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदै छ । ०२५ सालदेखि खटयात्रा रथयात्रामा परिणत गरिएको हो । विराटनगरमा वि।सं। १९८८ देखि खटयात्रा थालिएको थियो । दिउँसो ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिनेछ । मुख्यमन्त्री हिक्मत कार्कीले पूजाअर्चना गरेपछि रथयात्रा थालिनेछ । भारतका विभिन्न स्थानबाट समेत भक्तजन सहभागी हुने यो रथयात्रालाई अझ भव्य र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग पुर्‍याउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । 

    • प्रकाशित मितिः भदौ १, २०८२
    • १९५ पटक पढिएको
  • इलामको माङसेबुङमा लिम्बू भाषा सरकारी कामकाजमा प्रयोग गरिने

    इटहरी। इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने तयारी गरिरहेको बेला गाउँपालिकाले पनि यसलाई अगाडि बढाएको हो।  गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार, माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषा किरात सिरिजङ्गा लिपिमा लेखिने० लाई आधिकारिक कामकाजी भाषाका रूपमा प्रयोग गर्न एक जना भाषिक सहजकर्ता सहायक पाँचौँ तह नियुक्त गर्ने तयारी भइरहेको छ। यसका लागि छ जनाले आवेदन दिएका छन् र आगामी भदौ ४ गते बुधबार छनोट परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाए

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ३०९ पटक पढिएको
  • इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

    इटहरी । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१र८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा ९मेची करिडोर० सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो । जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो

    • प्रकाशित मितिः भदौ १, २०८२
    • २८८ पटक पढिएको
  • विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै भोजपुरको यशोधरा माध्यमिक विद्यालय

    इटहरी।  भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो । विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्य

    • प्रकाशित मितिः भदौ १, २०८२
    • २३० पटक पढिएको
  • दुई करोड ३० लाखको लागतमा झापाको कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

    इटहरी  । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो । कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार

    • प्रकाशित मितिः भदौ १, २०८२
    • २५३ पटक पढिएको
  • नेपाल मानव धर्म सेवा समिती द्धारा महान् सत्संग समारोह

    सुनसरी | सुनसरी को बराहक्षेत्र नगरपालिका वडा -१० प्रकासपुर मा नेपाल मानव र्म सेवा समिती कोशी प्रदेश क्षेत्र आश्रम प्रकाशपुर द्धारा श्री कृष्ण अष्टमीकाे पावन अवसरमा महान् सत्संग समारोह सम्पन्न गरेकाे छ ।  महान् सत्संग समारोह मा सभापति पुजनीय सन्त माेदनी बाइ ज्यू रहनु भएको थियो भने प्रमुख अतिथि बराहक्षेत्र वडा नं १० वडाध्यक्ष तेज बहादुर गुरुङ लगाएत धार्मिक कलकार , स्थानिय कलकार ,  स्थानिय समाज सेवी ,  बुद्दिजिवि , सन्चारकर्मी , शैक्षिक एवम्  बौद्दिक ब्यक्ति साथै नेपाल मानव धर्म सेवा का सुभचिन्तक हरुको बाक्लो उपस्थिति मा प्रस्ताेता नेपाल मानवधर्म सेवा समिति काेशी क्ष

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • ६२४ पटक पढिएको
  • गढी गाउँपालिकाभित्र पारिवारिक निजी वनलाई प्रोत्साहन गर्न ऐन र कार्यविधि तयार गर्ने

    सुनसरी / गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीले गढी गाउँपालिकाभित्र पारिवारिक निजी वनलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धित ऐन र कार्यविधि तयार गरी छिट्टै लागू गर्ने बताउनुभएको छ।हिउँदे अधिवेशनमार्फत गाउँसभामा सर्वसम्मत ढङ्गले पारिवारिक निजी वन सम्बन्धी ऐन तथा कार्यविधि पारित गर्ने तयारी गरिएको अध्यक्ष चौधरीले एक अन्तरक्रिया कार्यक्रमका क्रममा जानकारी दिनुभयो। पारिवारिक निजी वनले भविष्यमा गढी गाउँपालिकाको आन्तरिक श्रोत वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।अध्यक्ष चौधरीका अनुसार गाउँपालिका भित्र रहेका खोला तटबन्ध, सार्वजनिक क्षेत्रह

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • १६१ पटक पढिएको
  • मोरङमा सामुदायिक वनको प्रशंसनीय कार्य: विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण

    इटहरी । सामुदायिक वन उपभोक्ता समूह केवल वन संरक्षणमै सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि उदाहरणीय कार्य गर्दै आएको छ । यसको ताजा उदाहरण मोरङको पथरीशनिश्चरेस्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले प्रस्तुत गरेको हो । समूहले आफ्नो क्षेत्रमा रहेका विपन्न उपभोक्तालाई आवास निर्माण गरी हस्तान्तरण गरेको हो । पथरीशनिश्चरे–८, सोमबारे निवासी रेणुका माझीलाई नयाँ घर निर्माण गरेर शुक्रबार एक भव्य समारोहका बीच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, वन समूहका अध्यक्ष तुलसा याख्खा र अन्य अतिथिहरुले संयुक्त रुपमा घरको चावी हस्तान्तरण

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • ३२७ पटक पढिएको
  • रवि लामिछानेलाई काठमाडौँ लगिँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ लगिँदैछ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ लैजान लागिएको हो । लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए ।  उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । लामिछानेलाई बुद्ध एयरको जहाजबाट ३ बजेर १० मिनेटमा लैजाने तयारी रहेको प्रहरीले श्रोतले जनाएको छ।  प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ । रुपन्देहीका प्रम

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • ३५० पटक पढिएको
  • विश्वकै दुर्लभ ‘हिमालयन वुड आउल’ चरा थुम्केरानीमा भेटीयो

    इटहरी । इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी भेटएको छ । अगस्ट ४ देखि सुरु भएको ध्वासे चितुवा दिवको अवसरमा एक साता लामो बर्खाका चरा अवलोकन गर्ने क्रममा झापाका वाइल्ड लाईफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाईटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी क्यामेरामा कैद गर्नु भएको हो । उल्लु परिवार भित्रको  बैज्ञानिक नाम ‘हिमालयन वुड आउल’ भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाईफ फोटोग्रफर खरेलले जानकारी दिनुभयो । भारत, पाकिस्था

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • ३१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]