इटहरी। दसैँको बिदाको समयमा पनि ताप्लेजुङको मैवाखोला र मेरिङ्देन गाउँपालिकाले स्वास्थ्यसम्बन्धी आकस्मिक तथा प्रसूति सेवा प्रवाह नरोक्ने जनाएको छ । स्वास्थ्य संवेदनशीलतालाई दृष्टिगत गर्दै दुई गाउँपालिकाले आकस्मिक तथा प्रसूति सेवालाई निरन्तरता दिने जनाएका हुन् । असोज ३१ गते शनिबारदेखि सुरु हुने दसैँ बिदामा स्वास्थ्यसम्बन्धी आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई जिम्मेवारी नै तोकिएको छ । मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाले आउँदो कात्तिक ७ सम्म हुने दसैँ बिदाको समयमा आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्न ११ जना स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकिएको ज
इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका दुई हजार दुई सय सेवाग्राहीलाई गाउँमै सामाजिक सुरक्षा भत्ता दिइएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैङ्कसम्म पुग्न कठिनाइ पर्ने भएकाले गाउँपालिकाले बैङ्क र सुरक्षा निकायलाई सम्बन्धित वडा कार्यालयमा खटाएर भत्ता वितरण गरेको हो । उहाँहरूलाई तीन महिनाको प्रतिव्यक्ति १२ हजार रुपियाँका दरले रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।रकम बुझेका नागरिकले औषधी उपचार गर्ने, मिठोमसिनो खानेकुरा किन्ने, नातिनातिनाका लागि लत्ताकपडा जुटाउने र दसैँमा घर आउने आफन्तलाई दक्षिणा दिन रकम खर्च गर्ने योजना सुनाएका छन् । भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैङ्कसम
इटहरी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ताप्लेजुङ शाखाले चालु आर्थिक वर्षको तीन महिनामै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ। चालु आर्थिक वर्ष २०८३र०८४ को साउनदेखि असोजसम्म एक करोड दुई लाख ७५० रुपियाँको खाद्यान्न बिक्री भएको हो।गत आर्थिक वर्ष २०८२र०८३ मा एक करोड छ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आवको साउन, भदौ र असोजमा मात्रै एक करोड दुई लाख रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार यस अवधिमा एक हजार १८२ क्विन्टलभन्दा बढी खाद्यान्न बिक्री भएको छ।कार्यालयका अनुसार सबैभन्दा बढी जिरा म
इटहरी । युवा समाजसेवी तथा किप इटहरी क्लिन (KIC) का अभियन्ता पुष्कर थापाको पहिलो साहित्यिक कृति ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ।संगीत साधना प्रतिष्ठान नेपालको सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सृष्टि भट्टराईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षतामा कृति लोकार्पण गरिएको हो। वरिष्ठ कवि मनु मञ्जिल र रेग्मीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए।संगीत साधना प्रतिष्ठान नेपालको आयोजना तथा किप इटहरी क्लिन (KIC) को सहआयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जिल, कवि तथा लेखक टीका आत्रेय र समीक्षक राम खरेलले कृतिबारे चर्चा गरेका थिए। उनीह
धरान, २९ असोज। धरानस्थित धरान मन्टेस्वरी बोर्डिङ स्कुलले बडादसैँको अवसरमा कक्षा १ का विद्यार्थीलाई टीका र जमरा लगाइदिँदै दक्षिणासहित दसैँको शुभकामना तथा आशीर्वाद प्रदान गरेको छ।दसैँको पाँचौँ दिन बिहीबार विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालसहित शिक्षिकाहरूले विद्यार्थीलाई टीका र जमरा लगाइदिएका हुन्। सो अवसरमा विद्यार्थीहरूको सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दै दसैँको शुभकामना व्यक्त गरिएको थियो।नेपाली मौलिक संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालले बताउनुभयो।धरान मन
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप–२०८३ आमन्त्रित ९-ए साइड महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय मझिया मानबहादुर जिमीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ८ गतेदेखि १३ गतेसम्म मूलखर्क खेल मैदानमा सञ्चालन हुनेछ ।मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा तथा हाङ्थुम क्लबको सह-आयोजनामा हुने प्रतियोगितामा विभिन्न जिल्लाका आठ महिला फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगितामार्फत महिला फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन तथा खेलकुदका माध्यमबाट मादी क्षेत्रको पहिचान स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ । प्रतिष्ठानका अध्यक
इटहरी। रोङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिक जीवनशैली र इतिहासलाई चित्रकलामार्फत राष्ट्रियस्तरमा चिनाउन ‘रोङनेसन्स–रोङदेखि रङसम्म’ चित्रकला योजना अघि सारिएको छ।रोङ गाउँपालिका–६ ले देही आर्ट ग्यालरी एन्ड एल्मामेटरसँगको सहकार्यमा रोङको मौलिकता चित्रमा उतार्न लागेको हो। रोङको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई अनुसन्धान, स्थलगत अध्ययन र समकालीन चित्रकलामार्फत अभिलेखीकरण गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको वडाध्यक्ष सत्यम राई चौरासेले बताए। रोङका प्राकृतिक दृश्य मात्रै नभई त्यहाँका मानिस, संस्कृति, स्मृति, मिथक, परम्परा, स्थानीय ज्ञान र बदलिँदो ग्रामीण जीवनलाई समेत चित्रमार्फ
इटहरी स् मोरङको विराटनगरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।विराटनगर महानगरपालिका–७ स्थित शनिमन्दिर अगाडि कोशी राजमार्गमा बुधबार राति करिब ११स्३० बजे दुर्घटना भएको हो। बरगाछीबाट रोडशेषतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ६८४४ नम्बरको मोटरसाइकल र जलजला चोकबाट शनिमन्दिरतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०२–०५६ प ५७१९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा पहिलो मोटरसाइकलका चालक सुनसरीको बर्जु गाउँपालिका–५ का २१ वर्षीय सुजित नारायण मेहता घाइते भएका छन्। उनको घाँटी र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। पारस अस्पताल विराटनगरमा सामान्य उपचारपछ
इटहरी स् मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्रा खोला बगरमा गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गर्नुका साथै दुई चरणमा गरी ३६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, जोगबनी निवासी अन्दाजी ३९ वर्षीय प्रमोद चौधरी र अररिया जिल्लाकै महगामा ग्राम पञ्चायत, थाना नम्बर ४ निवासी अन्दाजी ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १२ गते राति करिब ११ः३० बजे रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्रा खोला बगरमा सेत
इटहरी स् झापाली साहित्य समाज र ऊर्जाशील साहित्य कला प्रतिष्ठान, चारपानेको संयुक्त आयोजनामा कथा संग्रह ‘मञ्जरी’ विहिवार लोकार्पण गरिएको छ।बिर्तामोडस्थित सरगम सङ्गीतालयको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो। कार्यक्रममा सहभागी साहित्यकारहरूले ‘मञ्जरी’लाई नेपाली साहित्यको महत्वपूर्ण दस्तावेजका रूपमा चर्चा गरेका थिए। ऊर्जाशील साहित्य कला प्रतिष्ठानका अध्यक्ष साहित्यकार डिपी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले सञ्चालन गरेका थिए। लोकार्पित कृतिमाथि डा। गोपीकृष्ण खतिवडाले समीक्षा गर्दै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.