इटहरी। झापाको दमकमा कार, साइकल र मोटरसाइकल एकापसमा ठोक्किँदा एक साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ भाइरल रोडस्थित सङ्गम चोकको भित्री सडकखण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ गइरहेको साइकललाई सामान्य ठक्कर दिएको थियो। कारको ठक्करपछि साइकल अनियन्त्रित भई लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले समेत साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते हुनुभएको थियो
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको छ । विद्यालयले निष्पक्ष छानबिनबाट दोषी ठहर हुनेलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र निर्दोषमाथि अनावश्यक आरोप नलगाउन पनि सबैसँग अपिल गरेको छ । प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका गुनासाप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा विद्यालयका शिक्षक तथा कर्मचारीबाट भएका कमी–कमजोरी औँल
इटहरी। सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ । स्थानीयको सहभागितामा सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टापुमा बस्ती र खेतीयोग्य जमिन जोगाउन स्थानीय तह तथा सुरक्षा निकायले संयुक्त रूपमा कटान नियन्त्रणको काम सुरु गरेका छन् । एक सातादेखि चिलैया, गरैया क्षेत्रमा नदीले तीव्र कटान गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । नदीले जमिन कटान गर्न थालेपछि स्थानीयले आफ्नै श्रमदानबाट बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्धन निर्माण गरेर नदीको बहाब मोड्ने प्रयास गरिरहेका हुन् ।&nb
इटहरी । सुनसरीको इटहरीमा ‘बाल अधिकार प्रवद्र्धन तथा अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भोइस अफ चिल्ड्रेनको आयोजनामा मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो समय सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगसँगै बालबालिकामाथि हुने अनलाइन यौन दुव्र्यवहार, साइबर बुलिङ र शोषणका घटनाहरू बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो। सडक बालबालिका तथा यौन हिंसापीडित बालबालिकाहरूको संरक्षण गर्दै आएको संस्थाले अधिकांश बालबालिकाहरू इन्टरनेटको दुनियाँमा रमाउन थालेको र यसले भविष्यमा निम्त्याउन सक्ने जोखिमबा
इटहरी । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले शपथ ग्रहणसँगै नियुक्तिपत्र लिएका छन्। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको कार्यक्रममा उनीहरुले सपथ सँगै नियुक्ति लिएका हुन् । उनीहरुलाई सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले शपथ खुवाउनुभएको हो । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लीलाराज भट्टराई नियुक्त हुनुभएको थियो । उहाँहरूले यसअघि नै शपथ र नियुक्ति लिइसक्नुभएको छ । सदस्यमा शान्ति दाहाल , धुर्व ढकाल , रमेश चन्द्र अधिकारी ,अर्जुन राजबंशी र विष्णुप्रसाद पोखरेल ,माला पालुङ्गवा र रेणु पराजुल
इटहरी । जीवनभर कमाएको धन, शक्ति, पद र प्रतिष्ठाले मृत्युको सीमारेखा पार गरेपछि कुनै अर्थ राख्दैन। मानिसले पृथ्वीमा गरेका कर्म भने मृत्युपछि पनि उसलाई पछ्याइरहन्छन्। यही गहिरो दार्शनिक सन्देशलाई केन्द्रमा राखेर मञ्चन गरिएको ‘पापसाला’ नाटकले मनोरञ्जनसँगै दर्शकलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।काठमाडौँको इस्लिङ्टन कलेजस्थित कुमारी हलमा पहिलोपटक मञ्चन गरिएको यो नाटकपछि इटहरीमा दैनिक दुई–दुई शोसहित चार प्रस्तुति गरिएको थियो। नाटकका लेखक तथा प्रमुख कलाकार सुगम दुलाल ९यशप्रताप निरौला० का अनुसार इटहरीमा पनि दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो। उनका अनुसार आजको डिजिटल युगमा मानिसहरू मोबाइलमै बढी
इटहरी । गत आर्थिक वर्ष ०८२र८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान मुद्दा फैसला गरेको छ ।अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सात हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा धेरै मुद्दा मिसिल जलेका कारण मुद्दा फैसला गर्न ढिलाइ भएको जानकारी दिए ।उच्च अदालत विराटनगरले फैसलाको विवरण, व्यवस्थापकीय सुधार र अन्य कार्यक्रमबारे जानकारी गराइएको थियो । चालु अवस्थामा रहेका मुद्दामध्ये ४७ मुद्दाका मिसिल प्राप्त गर्न
इटहरी । कोशी प्रदेशकै प्रतिष्ठित विद्यालय सुकुना माविमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सङ्गीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ।हेर्नुहोस् सार्वजनिक भएको स्क्रिनसट।मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटहरूका आधारमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छेदारलाई सोमबार बिहान पक्राउ गरेको थियो।घटना सार्वजनिक भएपछि फरार रहेका सङ्गीत प्रशिक्षक भीम नेपाललाई भने सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा डीएसपी मकेन्द्र मिश्र
इटहरी । कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ । बढ्दो सवारी चाप र बाढीका कारण यस पुलमाथि निरन्तर जोखिम बढिरहेको छ । पानीको बहाव बढेसँगै केही दिनयता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारीसाधन सञ्चालन गरिएको छ । निर्धारित आयुभन्दा डेढ दशकभन्दा बढी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौँ भारी सवारीसाधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढी दबाब पर्ने गरेको छ । वर्षायाममा पानीसँगै आउने बालुवा र ढुङ्गारमाटो ९गेग्रान० ले समेत नदीको सतह बढाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ । सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको
इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–फलाटे जोड्ने करिब साढे ६ किलोमिटर सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। तोकिएको समयभित्र सडक स्तरोन्नतिको काम सम्पन्न हुन नसक्दा स्थानीयवासी दैनिक आवतजावतमा समस्या भोग्न बाध्य भएका हुन्।सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि सङ्घीय सरकारको बजेटबाट १९ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो। काठमाडौंस्थित वल्ड वाइड कन्सल्टेन्सी कम्पनी प्रालिले निर्माणको जिम्मा लिएको उक्त सडकको ठेक्का आर्थिक वर्ष २०७९र८० को बजेटबाट २०७९ माघमा लागेको थियो। सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म निर्माणले गति लिन सकेको छै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.