इटहरी। झापा जिल्लामा पछिल्लो एक वर्षको अवधिमा हराएका ६६७ जनामध्ये ६५३ जना फेला परेका छन् भने १४ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार हराएका व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको छ।प्रहरीको वार्षिक तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानबाट एक वर्षको अवधिमा ६६७ जना मानिस हराएको भन्दै प्रहरीमा हुलिया दर्ता भएको थियो। प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकारवाला निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो।यसैगरी, झापामा गत वर्ष दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलङ्का टापुमा सप्तकोशी नदीले एक साता यता तीव्र कटान गरिरहेको छ । चिलैया, गरैया क्षेत्रमा नदीले दैनिक जमिन कटान गर्न थालेपछि करिब छ सय घरपरिवार जोखिममा परेका छन् । टापु संरक्षणका लागि गत हिउँदमा निर्माण गरिएका १८ वटा तारजालीसहितका ढुङ्गाको स्परसमेत नदीको कटानमा परेर डुब्न थालेका छन् । स्थानीय बद्री राईका अनुसार असारदेखि नै सामान्य कटान सुरु हँुदै आएको थियो । नदीले बलौटे माटो बढी बगाउने भएकाले कटान झन् तीव्र हुँदा चिलैया क्षेत्रमा लगाइएका ढुङ्गासहितको तारजालीसमेत नदीमा डुब्दै गएको छ । स्थानीय सन्तोष चन्द्रवंशीका अनुसार चिलैया र गरैया
इटहरी। साउनको पहिलो सोमबार देशभरका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। यसैक्रममा धनकुटाका विभिन्न धार्मिकस्थल तथा शिवालय मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।साउने सोमबार भगवान् शिवको पूजा–आराधना गर्न भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन्। धनकुटाका विश्रान्ति मन्दिर, पाख्रीबासस्थित शिव मन्दिर र लेगुवास्थित नागेश्वर शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार विश्रान्ति मन्दिरमा धनकुटासहित छिमेकी जिल्लाबाट समेत हरेक वर्ष ठुलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्। साउनको पहिलो सोमबार धनकुटा सदरमुक
इटहरी। धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर डाँडामा रहेको प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा बोलबम सुरु भएको छ। साउन महिनाको पहिलो सोमबारसँगै पिण्डेश्वर बाबाधाममा दर्शन तथा जलाभिषेक गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। पिण्डेश्वर बाबाधाममा राति १२ बजेदेखि नै भक्तजनको लाइन लागेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो। साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको पहिलो दिन आज यो समाचार तयार पर्दा सम्म करिब ७ हजार भक्तजनले दर्शन गरिसकेको र दिनभरमा १५ हजारभन्दा बढी श्रद्धालुले जल चढाउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो। भक्तजनको
इटहरी। पाँचथरमा यसै आर्थिक वर्षदेखि किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनको तयारी गरिएको छ । यो सेवा पाँचथर अस्पतालबाट सञ्चालन हुनेछ ।कार्यक्रम सञ्चालनका लागि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य संस्थाहरूमा आवश्यक तयारी थालिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । यस कार्यक्रमले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, कुलत नियन्त्रण तथा सुरक्षित जीवनशैली प्रवर्धनमा ठूलो टेवा पुग्ने जनस्वास्थ्य अधिकृत लवरेन्ज साहले बताउनुभयो । स्वास्थ्य कार्यालयद्वारा आयोजित ुकिशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरणु कार्यक्रममा सहज, गोपनीय, भेदभावरहित र गुणस्तरीय स्वास
इटहरी। हिन्दु धर्ममा मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुँदै गएपछि धनकुटाका स्थानीयहरु संरक्षणमा जुटेका छन् ।पछिल्लो समय बढ्दो युवापुस्ताको ध्यान आधुनिकतामा र गीत सङ्गीततर्फ आकर्षण भएसँगैै संस्कृतिलाई जोगाउन धनकुटाका स्थानीयहरु खैजेडी भजन संरक्षणमा जुट्दै आएका छन् । प्रायजसो धार्मिक कार्यमा गाइने खैजेडी भजन निकै प्रचलित भए पनि पछिल्लो समय संरक्षणको अभावमा लोप हँुदैगएको पाइएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन पछिल्लो केही समय यता गाउँघरमा अपवादको रुपमा मात्र देख्न वा सुन्न पाइन्छ । युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा ध्या
इटहरी। पाँचथरको फिदिम नगरपालिका –७ का जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल ९बाँस्कोटा० ले आफ्नो जन्मदिनको अवसरमा पञ्चकन्या आधारभूत विद्यालय, माक्लुम्वाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।आइतबार आयोजित कार्यक्रममा उहाँले २५ जना विद्यार्थीलाई टाइ, बेल्ट तथा स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभयो । शिक्षा क्षेत्रमा बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा सदस्य दुलालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका –७ का वडा सदस्य बलबहादुर राई वडा सदस्य प्रदीप बाँस्कोटासहित शिक्षक अ
इटहरी। मेची राजमार्गको माइखोलास्थित राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि १२ दिन यता इलामका किसानहरुले दैनिक उत्पादन भएको दुध बिक्री गर्न पाएका छैनन् । इलामको विल्याँटेमा रहेको दुुग्ध विकास संस्थानको दुुग्ध चिस्यान केन्द्रमा संकलन भएको दुध गएको असार २३ गतेदेखि विराटनगर जान सकेको छैन । दैनिक एक हजार लिटर दुध संकलन हुने केन्द्रमा अहिलेसम्म तीन हजार छसय लिटर दुध थन्किएको छ । चिस्यान केन्द्रमा रहेको दुध धेरै दिन बितिसक्दा विराटनगरबाट दुध बोक्ने ट्याङ्कर आउने अवस्था नभएपछि समस्या भएको चिस्यान केन्द्रका प्रमुख मन्टुुकुुमार ठाकुुरले बताउनुुभयो । चिस्यान केन्द्रमा रहेको दुधलाई इलाम उद्योग वाणिज्य सं
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व संघीय सांसद डा. सुनिलकुमार शर्माले स्थानीय जनप्रतिनिधिहरू सँगै रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो। कार्की बन्धु कन्ट्रक्सन प्रालिले करिब ५ करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण गरेको ३० मिटर लामो सो पुलको शिलान्यास गत वर्ष २०८२ जेठमा गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सांसद डा. शर्माले आफ्नो बाल्यकालको स्मरण गर्दै जनताको आवश्यकता अनुसार विकास निर्माणमा निरन्तर लागिरहने प्रतिबद्ध
इटहरी । अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिम बढेपछि पाँचथर र इलाम जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएका छन्।जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मानेर दुवै जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै रातिको यात्राबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका हुन्। पाँचथर जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म जिल्लाभित्रका मुख्य तथा भित्री सडकमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल ले जारी गरे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.