इटहरी। दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले धनकुटामा बजार अनुगमनालाई प्रभावकारी बनाएको छ ।जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले अनुगमनलाई प्रभावकारी बनाएको हो । जिल्लाका विभिन्न स्थानमा सञ्चालित होटल, मासु पसल, किराना तथा खुद्रा पसलहरूका छड्के बजार अनुगमन गरिएको थियो । यस्तै धनकुटाको पाख्रीबास बजार, धनकुटा बजार, साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटार र छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा होटल तथा पसलहरूबाट विभिन्न म्याद गुज्रिएका अखाद्य सामग्र
इटहरी। नेपालीहरूको महान् पर्व दसैँ र दीपावली नजिकिएसँगै सुनसरीको इनरुवा नगरपालिकासहित विभिन्न स्थानका कुम्हार ९पण्डित० समुदायलाई माटोको दियो र भाँडाकुँडा बनाउन चटारो भएको छ ।दीपावलीका बेला बजारमा आधुनिक विद्युतीय सामग्रीहरूको प्रयोग बढे तापनि मधेसमा माटोको दियोको धार्मिक तथा सांस्कृतिक महत्त्व उत्तिकै रहेकाले यसको माग उच्च हुने गरेकाले माटोको दियो र भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको हो । इनरुवा नगरपालिका–२ का ५० भन्दा बढी परिवारले अहिले दिनरात नभनी माटोको दियो र भाँडाकुँडा बनाउन व्यस्त भएको स्थानीय ज्ञानदेव पण्डितले बताउनुभयो । मधेसी समुदायमा दीपावलीका समयमा माटोको दियो नै बाल्ने परम्परा
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२, बसन्तपुर बजारमा ५ करोड रुपैयाँभन्दा बढीको लागतमा शीतभण्डार भवन निर्माण सुरु भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेको भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रथम सचिव देवले नेपाल–भारत विकास सहकार्य अन्तर्गतका परियोजनाले स्थानीय समुदायको आवश्यकता सम्बोधन गर्दै विकासमा योगदान पु¥याउने बताउनुभयो । कृषि क्षेत्रको विकास र स्थानीय नागरिकको आर्थिक अवस्था सुधारमा यस्ता पूर्वाधार उपयोगी हुने उहाँको भनाइ थियो । नग
इटहरी। धनकुटा नगरपालिका –९, स्थित छिम्सुवाका कृषक किशोर भण्डारीले ड्रागनफ्रुट खेतीसँगै कृषि पेशाबाट बार्षिक १५ लाख रुपियाँभन्दा बढीको अम्दानी गर्दै आउनुभएको छ । ड्रागनफ्रुट खेतीसँगै अन्य नगदेबालीको विस्तार गरेपछि भण्डारीले कृषि पेशाबाट राम्रो आम्दानी गर्दै आउनुभएको हो । छिम्सुवामा पर्ने तमोर नदीको बगरमा बालुवा नै बालुवा भएको जमिनमा कुनै बेला खेती गर्न मुस्किल थियो । अहिले यही बगरमा ड्रागनफ्रुट खेती विस्तार लहरै देखिन्छन् । सुख्खा र बलौटे जमिनमा पनि राम्रो उत्पादन लिन सकिने भएपछि धनकुटामा ड्रागनफ्रुट खेती विस्तार हुँदैगएको छ । त्यसो त धनकुटामा तमोर नदीको बगरदेखि घरका छतसम्म किसानले ड्रागन
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा सञ्चालन भइरहेको बजाजको ‘दशैं धमाका गेम अफ पावर’ एक्सचेन्ज मेलाको अवधि शुक्रबार सम्म थप गरिएको छ। पुरानो मोटरसाइकलको उचित मूल्यांकन गराएर नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर पाएपछि मेलामा ग्राहकको आकर्षण बढ्दै गएको छ। इटहरीको पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडि सञ्चालन भइरहेको मेलामा सुनसरी सँगै उदयपुर लगायत विभिन्न स्थानबाट ग्राहकहरू पुराना मोटरसाइकल लिएर पुगिरहेका छन्। पुरानो मोटरसाइकलको मूल्यांकन गराउने, एक्सचेन्ज सुविधा लिने र नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकको सहभागिता बढ्दै गएको आयोजकले जनाएको छ। दशैंमा नयाँ मोटरसाइकल चढ्ने चाहना राखेका ग्राहक
इटहरी। विराटनगर महानगरपालिका–१० तिनटोलियास्थित माटस बोर्डिङ स्कुलमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।बिहीबार बिहान करिब ४ बजे विद्युत् तार सर्ट भएर विद्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । विद्यालयका सञ्चालक सीएम श्रेष्ठका अनुसार आगलागीबाट कार्यालय र विज्ञान प्रयोगशालामा रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन् ।आगलागीको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आगलागीबाट विद्यालयको कार्यालयमा रहेका दुई थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान स्टेप्लाइजर र दुई थान कुर्
इटहरी स् झापाको बिर्तामोड नगरपालिकाले करारमा कार्यरत नौ जना सवारी चालकको करार सम्झौता नवीकरण नगरेपछि उनीहरूले पुनर्बहालीको माग गरेका छन्। चाडपर्वको मुखमा आफूहरूलाई मात्रै सेवाबाट हटाइएको भन्दै चालकहरूले नगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।नगरपालिकाले मदन आचार्य, महेन्द्र घिमिरे, विमल न्यौपाने, कुलप्रसाद राना मगर, शेरबहादुर मेचे, गणेश तिम्सिना, गंगा उप्रेती, शशिविक्रम भट्टराई र कमल सार्कीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको हो। नगरपालिकाको दोस्रो नगरसभाको नवौँ अधिवेशनअन्तर्गत गत असार २८ गते सम्पन्न बैठकले करारमा कार्यरत सवारी चालकको अवधि असोज मसान्तसम्म कायम रहने
इटहरी स् प्रहरी र स्थानीय तहले लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आए पनि सुनसरीको धरानमा यसको प्रयोग तथा कारोबार चुनौतीका रूपमा देखिएको छ। इलाका प्रहरी कार्यालय धरानमा पछिल्ला तीन आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी छन्।प्रहरीका अनुसार आर्थिक वर्ष २०८१र८२ देखि चालु आर्थिक वर्ष २०८३र८४ को असोजसम्म विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन्। तीमध्ये लागूऔषधसम्बन्धी मात्रै ४०६ मुद्दा छन्। इलाका प्रहरी कार्यालय धरानका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१र८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए। उक्त अवधिमा ५८१ पुरुष र ६८ महिलाला
इटहरी स् झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।बुधबार राति करिब ९ः३० बजे तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे ८ प १३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मेचीनगर नगरपालिका–१२, सरेडाँगीका करिब २७ वर्षीय तीलकुमार पुरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचारकै क्रममा राति करिब १०ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्ध
इटहरी स् मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइन ९ब्राउन सुगर० सहित दुई युवकलाई पक्राउ गरेको छ।विराटनगर महानगरपालिका–७ स्थित मातृका मार्गबाट बुधबार साँझ ३४ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार प्रदेश १–०२–०५१ प १९०१ नम्बरको मोटरसाइकलमा अडेस लागेर बसिरहेका विराटनगर महानगरपालिका–१७, रानीका १९ वर्षीय बासु मण्डलको साथबाट खैरो हेरोइन बरामद भएको थियो। उनीसँगै रहेका सोही स्थानका १८ वर्षी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.