समाज

    Showing ६,०३१-६,०४० of ११,२७४ items.
  • विराटनगरबाट ब्राउन सुगरसहित २ युवा पक्राउ

     इटहरी । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइनं) सहित पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको पोखरेलले बताए । उनका अनुसार भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर आउँदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो । परेकाको साथबाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । भण्डारी र बस्नेतविरुद्ध लागुऔषध

    • प्रकाशित मितिः असार २२, २०८२
    • २६१ पटक पढिएको
  • निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

    इटहरी । एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो । हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ । गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुन

    • प्रकाशित मितिः असार २२, २०८२
    • २८८ पटक पढिएको
  • ताप्लेजुङको सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ । अबको बढीमा चार दिनभित्रमा निर्माणकार्य पूरा हुने गरी बेलिब्रिज जडान कार्य सुरु भएको हो । दुई सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिस्नेखोलामाथि बेलिब्रिज जडान थालेको आयोजना संयोजक सम्झना क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अबको तीनदेखि चार दिन भित्रमा बेलिब्रिज निर्माणकार्य पूरा भई बेलिब्रिजमार्फत नै सवारी आवागमन सुरु हुनेछ । बेलिब्रिज करिब २७।५ मिटर लामो छ । सिस्नेखोलामा बर्खायामको समयमा सवारी आवागमन गर्न निकै कठिन हुने गरे

    • प्रकाशित मितिः असार २२, २०८२
    • ३२० पटक पढिएको
  • ओखलढुङ्गामा सम्बन्धविच्छेदका १४४ मुद्दा

    इटहरी । ओखलढुङ्गामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १४४ वटा सम्बन्धविच्छेदका मुद्दा ओखलढुङ्गा जिल्ला अदालतमा दर्ता भएका छन् । गत वर्षभन्दा २६ बढी मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ११८ वटा मात्र सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस वर्ष ११ महिनाको अवधिमा १४४ वटा मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालका अनुसार सम्बन् विच्छेद माग्नेको सङ्ख्या पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । सूचना अधिकारी रिजालका अनुसार महिला वादी १०८ र पुरुष वादी ३६ छन् । वैदेशिक रोजगार

    • प्रकाशित मितिः असार २२, २०८२
    • २५८ पटक पढिएको
  • इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो १२स्३० बजेतिर खोलामा पौडी खेलिरहेका बालकहरू डुबेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय पकलीमा खबर गरेपछि प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धार गरिएका बालकहरूलाई उपचारका लागि इटहरीस्थित सान्वी सिटी अस्पताल ल्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई दिउँसो ४ः२० बजेतिर  मृत घोषित गरेका छन्। मृत्यु हुनेमा इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परिया

    • प्रकाशित मितिः असार २२, २०८२
    • ३९६ पटक पढिएको
  • उदयपुरमा जेसीबीले किचेर चालकको मृत्यु

    इटहरी । उदयपुरमा शनिबार साँझ दुर्घटनामा परेको जेसीबीले किचेर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ दमारमा को १ क २७९५ नम्बरको जेसीबी साँझ ७ः५५ बजेतिर दुर्घटनामा परेको हो । काम गर्ने क्रममा ‘ब्याक’ गर्न खोज्दा जेसीबी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी प्रहरीले दिएको छ । जेसीबी सडकबाट करिब ६० मिटर तल खस्दा चालक कटारी–१० का २२ वर्षीय नवीन श्रेष्ठको मृत्यु भएको छ । प्रहरीका अनुसार सडकबाट खसेको जेसीबीको चक्काले ढाडमा किच्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल ट्राफिक प्रहरी पोस्ट कटारीबाट करिब १९ किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाग्र

    • प्रकाशित मितिः असार २२, २०८२
    • ३१३ पटक पढिएको
  • कोशीको चिया संकटमा: न नीति छ, न प्रवर्धन निकाय

    इटहरी । कोशी प्रदेशको प्रमुख नगदे बाली तथा प्रमुख निकासीजन्य उत्पादन चिया क्षेत्रको विकासका लागि बेग्लै चिया नीति र ऐन नबनेको गुनासो सरोकारवालाले गरेका छन् । कोशी प्रदेशबाट वार्षिक ५० हजार मेट्रिक टनभन्दा बढी चियाको हरियो पात उत्पादन हुँदै आएको छ । यो भारत, युरोप, अमेरिका, जर्मनी, जापानलगायतका देशमा वार्षिक १० अर्बभन्दा बढीको चिया निर्यात हुने गरेको छ । चिया खेतीले कोशी प्रदेशको कृषि अर्थतन्त्रमा ठुलो योगदान दिँदै आए पनि किसानले उचित मूल्य पाउन नसकेको बताउँदै आएका छन् । प्रदेशको झापा, इलाम, पाँचथर, धनकुटालगायतका जिल्लामा व्यावसायिक रूपमा चिया उत्पादन हुँदै आएको छ । कोशी प्रदेशका ७० देखि ७५ हजा

    • प्रकाशित मितिः असार २२, २०८२
    • २२० पटक पढिएको
  • विद्यार्थी रोक्दै कोशी प्रदेश

    इटहरी । कोशी प्रदेशमा उच्च माध्यमिक तहको शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार भइरहँदा विराटनगर, इटहरी, धरान, बिर्तामोडलगायतका सहर शैक्षिक केन्द्रका रूपमा तीव्र गतिमा विकास हुँदै गएका छन् । विशेष गरी एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणसँगै यी सहरले शिक्षाको ‘हब’ बन्ने सङ्केत देखाएका छन् । एसइई २०८१ मा कोशी प्रदेशका ७५ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४७ हजार ८३५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कले देखाउँछ । उत्तीर्णमध्ये करिब छ हजार २५८ विद्यार्थीले ३।६ देखि ४।० जिपिए हासिल गरेका छन् । यसले कोशीका विद्यार्थीमा अब स्थानीय तहमै ग

    • प्रकाशित मितिः असार २२, २०८२
    • ३०९ पटक पढिएको
  • सुनसरी–मोरङ सिँचाइ आयोजना अतिक्रमणमा, संरचना जीर्ण बन्दै

    इटहरी। सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सुनसरी–मोरङ सिँचाइ आयोजना बढ्दो सहरीकरणसँगै अतिक्रमित हुँदै आएको छ । नहरको सरसफाइ र रेखदेखका लागि निर्माण गरिएको सर्भिस रोडमा स्थानीयवासीले जथभाबीमा संरचना निर्माण गर्दा आयोजना नै अतिक्रमणमा परेको आयोजना प्रमुख मनोहरकुमार साहले बताउनुभयो ।  नहरको दुवैतर्फको सर्भिस रोड मिचेर कालोपत्रे गर्ने, नहर किनारमा वृक्षरोपण गर्ने, बिजुलीका पोल गाड्ने, ठाउँ ठाउँमा स्थानीयको आवश्यकता अनुसार पुल निर्माण गर्ने जस्ता कार्यले आयोजना बिस्तारै अतिक्रमण हुँदै गएको प्रमुख साहको भनाइ छ । आयोजनाको विराटनगर शाखाको निमुवादेखि रानी आँखा अस्पतालसम्म

    • प्रकाशित मितिः असार २२, २०८२
    • २३३ पटक पढिएको
  • एकै घरका चार जनाको सामूहिक हत्या

    इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको निर्मम हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरि हत्या गरेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपर ल्याउने तयारी भएको छ भने घटनाका कारण घरायसी द्वन्द्व हुन सक्ने प्रहरीको आँकलन छ ।

    • प्रकाशित मितिः असार २२, २०८२
    • १४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]