इटहरी। जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा रहेका सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ ।प्रशासनले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं। ६ हेडक्वटार छिन्ताङ र श्री भीमदल गण सल्लेरी व्यारेक धनकुटालाई विपद् व्यवस्थान सामाग्री वितरण गरेको हो । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तीन वटै सुरक्षा निकायका प्रमुखहरूलाई विपद् व्यवस्थान सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले जिल्ला प्रहरी कार्यालयलाई रूख काटने मेसिन ९चेन–स० एक थान, फायर इस्टिनगुसर चार थान, क्लाम्बीड रोप ९डाइनामिक० दुई सय मिटर, क्याराविनर दुई थान र रिङ लाईफ बोयज दुई थान हस्तान्तर
इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख ४८ हजार ९ सय ५१ रुपियाँ संकलन गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी–२० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक तथा जातीय संस्था, टोल विकास संस्था, क्लब र सामाजिक व्यक्तित्वको सहयोगमा उक्त रकम संकलन गरिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी रेडक्रस हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिए । आफूहरूले व्यक्ति तथा संस्थाबाट प्राप्त गरेको सहयोग रकम स्पष्ट रूपमा राखिएको उनको भनाइ छ । संकलित रकम वडाध्यक्ष मणिर
इटहरी स् भोजपुरमा उत्पादित अकबरे ९डल्ले० खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ ।गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो । अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरै स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्ममा खुर
इटहरी स् महिलालाई वित्तीय पहुँचमा जोड्दै उद्यमशीलता र स्वरोजगारका अवसर विस्तार गर्ने योजनासहित राधिका चुडाल हुमागाईं सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको महिला सदस्य पदमा उम्मेदवार बनेकी छन्।नेपालकै उत्कृष्ट सहकारीमध्ये एकका रूपमा रहेको सहारा नेपालको आगामी असोज १० गते हुने निर्वाचनमा उम्मेदवारी दिएकी चुडालले सहकारीको साख जोगाउन सक्रिय, जुझारु र उद्यमशील नेतृत्व आवश्यक रहेको बताएकी छन्। महिला सशक्तीकरण, वित्तीय सेवामा महिलाको सहज पहुँच, महिला उद्यमशीलता, सहकारीमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना र सदस्यको बचत तथा कर्जाका रूपमा परिचालित पुँजीको सुरक्षालाई उनले आफ्नो प्रा
इटहरी स् कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेकी इलामकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको अटो दुर्घटनामा मृत्यु भएको छ।इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा बिहीबार साँझ अटो दुर्घटनापछि आगलागी हुँदा गम्भीर घाइते भएका आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम उदासका अनुसार इलाम नगरपालिका–७ तिल्केनी घर भएकी तथा फाकफोकथुम–६ हाङ्मासुली माइती भएकी २७ वर्षीया कविता श्रेष्ठको शुक्रबार बिहान ६ बजे बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो। उनकी ८ वर्षीया छोरी
इटहरी स् विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुलनजिकै शनिबार बिहान करिब १ः५५ बजेतिर को ५ प २१७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–९ बसपार्कका ४५ वर्षीय रविकुमार कामत गम्भीर घाइते भएका थिए ।घाइते कामतलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान करिब २ः३० बजे उनको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । दुर
इटहरी। विराटनगरमा परिवार बस्ने भन्दै घरको कोठा भाडामा लिएर तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गोदाम बनाएको पाइएको छ ।विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको रेडिमेड कपडा बरामद गरेपछि यस्तो तथ्य खुलेको हो । सशस्त्र प्रहरीका अनुसार घरको कोठाबाट ११ बोरा कपडा बरामद भएको छ । बरामद कपडामा कुर्ता, टप्सलगायतका रेडिमेड कपडा छन् । बरामद भएको कपडाको मूल्य ५ देखि ६ लाख रुपैयाँभन्दा बढी हुन सक्ने प्रारम्भिक अनुमान सशस्त्र प्रहरीले गरेको छ । कपडासँगै एउटा इन्भर्टरसमेत बरामद गरिएको छ । प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अन
इटहरी : आठ वर्षीया आस्वानालाई गोमन सर्पले डस्यो । परिवारले समय खेर नफाली उनलाई उपचारका लागि दौडायो ।इटहरी–५ का आश्विन चौहानकी छोरी आस्वानालाई बुधबार साँझ करिब ५ः३० बजे सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएको करिब १५ मिनेटमै परिवारले उनलाई सेनाको सर्पदंश उपचार केन्द्र इटहरी पु¥यायो । तर, त्यहाँ १२ वर्षमुनिका बालबालिकाको उपचार नहुने जानकारी पाएपछि परिवारले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥यायो । धरान पुगेपछि पनि उपचारका लागि आवश्यक पीआईसीयू खाली नभएको भन्दै उनलाई अन्यत्र लैजान भनियो । त्यसपछि परिवारले आस्वानालाई विराटनगरतर्फ दौडायो ।इटहरीबाट धरान र धरानबाट विराटनग
इटहरी। ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी अमिर राईलाई पर्यटन दूत घोषणा गरेको छ ।सिदिङवा गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गाउँपालिकाले राईलाई नगद ५५ हजार ५५५ रुपियाँसहित सम्मान गर्दै पर्यटन दूत घोषणा गरेको हो । तिम्बुङ पोखरी क्षेत्रमा आयोजित तिम्बुङ अन्तराष्ट्रिय ट्रेल रनका अवसरमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर राई र प्रमुख प्रशासकीय अधिकृत प्रमेश शिवासहितले संयुक्त रूपमा राईलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।सिदिङवा गाउँपालिकाका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र राष्ट्र
इटहरी। उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीका अनुसार गाउँको माथिबाट जमिन नै धसिएर आएको पहिरोले मेहेरमान राई, वीरसिंह राई र बमप्रसाद राईका घर बगाएको हो । पीडितमध्येका मेहेरमान राईलाई राति नै पहिरोले घरसँगै करिब चार सय मिटर तल बगाएर लगे पनि उहाँ शनिबार बिहान सकुशल सम्पर्कमा आउनुभएको नगरप्रमुख कार्कीले बताउनुभयो ।पहिरोमा तीनवटा घर बग्नुका साथै अन्य सातवटा घरसमेत जोखिममा रहेकाले ती घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.