समाज

    Showing ७,०४१-७,०५० of ११,२७९ items.
  • झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु

    इटहरी। झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो । लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उहाँ बताउनुहुन्छ ।  थोरै बजेटबाट केही सडकखण्ड कालोपत्र गरिएको बताउनु

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • २०७ पटक पढिएको
  • ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका पर्यटकको उद्दार

    इटहरी। ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार गरिएको छ । प्रहरीका अनुसार लेक लागेर घाइते हुनुभएका दुई जना पर्यटक फ्रान्सेली नागरिकको उद्दार गरिएको हो ।ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार लेक लागेर घाइते हुने पर्यटकमा फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीय एन्जल मिसेल रहनुभएको छ । लेक लागेर घाइते हुनुभएका उहाँहरूलाई मनाङ एयरको हेलिकोप्टरमार्फत सोमबार उपचारका लागि काठमाडौं लगिएको प्रनाउ रावलले जानकारी दिनुभयो । रावलका अनुसार उहाँहरू गएको बुधबार कञ्चनजङ्घा आधार शिविर जानुभएको हो । कञ्चनजङ्घा भ्रमणका क्र

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ४३७ पटक पढिएको
  • पाँचथरको फिदिममा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

    इटहरी। पाँचथरको फिदिममा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिको कबर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले सोमबार गर्नुभयो । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । प्रतियोगितामा खुला भेट्रान्स, सुपर भेट्रान्स, जनप्रतिनिधि तथा कर्मचारीको जोडीबिच पनि प्रतिस्पर्धा भइरहेको आयोजक समिति अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलाडीको सहभागिता रहेको छ । मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ४२० पटक पढिएको
  • नेपाल तरुण दल, इटहरी उप-महानगरको पाँचौं अधिवेशनबाट अनीश (सुवेदी) गोरे अध्यक्षमा सर्वसम्मत चयन

    इटहरी | नेपाल तरुण दल, इटहरी उप–महानगर कार्यसमितिको पाँचौं अधिवेशनबाट अनीश (सुवेदी) गोरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ ।सो अधिवेशनबाट उपाध्यक्षमा मनिष चौधरी र बसन्त राई, कोषाध्यक्षमा स्मारिका सुबेदी, सचिवमा एबिन निरौला तथा अन्य सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष अनीशले युवा नेतृत्वलाई सशक्त बनाउँदै संगठनलाई अझ सबल र सक्रिय बनाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल सुनसरीका संस्थापक अध्यक्ष जीवन विष्टले नयाँ नेतृत्वलाई बधाई दिँदै संगठनको सुदृढीकरणमा ध्यान दिन आग्रह गर्नु भयो । कार्यक्रम संयोजक तथा नेपाल तरुण दल सुनसरीका उपाध्यक्ष

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • १,७६३ पटक पढिएको
  • पाँचथर जिल्लाका तीन फरक स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जना घाइते

    इटहरी । पाँचथर जिल्लाका तीन फरक स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । सबै घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मेची राजमार्ग अन्तर्गत नगरपालिका–३ को कोइचोकस्थित दिउँसो १२ः३० बजे बिर्तामोडबाट फिदिमतर्फ आइरहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा अटो अनियन्त्रित भई ठोक्किँदा पाँच जना घाइते भएका थिए । दिउँसो ३ बजे भएको दोस्रो दुर्घटनामा दुई जना घाइते भएका छन् । फिदिम–प्राङबुङ सडकखण्ड अन्तर्गत फिदिम फालौट मार्गमा बोलेरो दुर्घटना भएको थियो । ब्रेक फेल भई दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ३८५ पटक पढिएको
  • कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्रमा अनलाइन भुक्तानी सेवा सुरू

    इटहरी – कोशी प्रदेशका सातवटै यातायात व्यवस्था कार्यालयहरूमा अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने कार्यमा अनलाइन भुक्तानी सेवा सुरु गरिएको छ। यो सेवा २०७८ सालदेखि सरकारले अघि सारेको "स्मार्ट सरकार, डिजिटल नेपाल" अभियानअनुसार नागरिक सेवा प्रणालीलाई प्रविधिमैत्री बनाउन गरिएको एक महत्वपूर्ण कदम हो।सोमबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममार्फत सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका सचिव रामप्रसाद आचार्यको अध्यक्षता रहेको थियो भने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथ

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ५७७ पटक पढिएको
  • झापाको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटकको आवागमन बढ्यो

    इटहरी । झापाको कनकाई नगरपालिका–१ र २ मा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । वि।सं। २०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा यही वैशाख १ गते नयाँ वर्षका अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनुभयो । सात, आठ वर्ष चर्चित एवम् आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको जामुनखाडी पछिल्लो समय ओझेलमा परे पनि अहिले पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • २७७ पटक पढिएको
  • कडा रोगीको बैंक खातामा रकम पठाउँदै कोसी सरकार ः २५ सय २६ जना प्रतीक्षा सूचीमा ,१३ करोड ६० लाख वितरण गरिने, अधिकतम एक लाख

    इटहरी । कोसी प्रदेश सरकारले कडा रोग लागेर उपचाररत बिरामीको बैंक खातामा रकम पठाउन थालेको छ । विभिन्न ११ प्रकारका कडा रोगीलाई सरकारले यस्तो सहयोग दिँदै आएको छ । सरकारसँग उपचार खर्च माग गरेका र ‘प्रक्रिया पुगेका’ बिरामीको बैंक खातामै रकम पठाउन थालिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकानुसार, २५ सय २६ जना रकम पाउने प्रतीक्षा सूचीमा छन् । उपचार खर्च लिन भने आन्तरिक मामिला र स्वास्थ्य मन्त्रालयमा समेत गरी ३२ सयजनाभन्दा बढीले निवेदन दर्ता गराएका थिए । आर्थिक अवस्था कमजोर भएका व्यक्तिले आफ्नो उपचार गराउँदा लागेको खर्चको सक्कल बिल विवरण राखेर स्थानीय तहको सिफारिससहित प्रदेश

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ४८२ पटक पढिएको
  • सवारीसाधन आगलागी घटनामा चारजनाको निधनप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की द्धारा दुःख व्यक्त

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा सवारी साधनमा भएको आगलागीमा परी चारजनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले निधन भएकोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । सोमबार बिहान ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका– १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु भएको थियो । मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारका लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिए

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • २७३ पटक पढिएको
  • कोशी उच्च बाँध पीडित संघर्ष समितिमा असीम राई सर्वसम्मत चयन

    इटहरी । कोशी उच्च बाँध पीडितहरूको भेलाले धनकुटाको सहिदभूमि गाउँपालिका २ का असीम राई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ । राईको नेतृत्वमा ७१ सदस्यीय कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको हो । नवनिर्वाचत अध्यक्ष राईले आगामी दिनमा अन्य जिल्लाका कोशी उच्च बाँध पीडितहरूलाई निरन्तर समेट्दै लैजाने र संघर्षका थप कार्यक्रमहरू आयोजना गर्दै जाने बताए । समितिको उपाध्यक्षमा उदयपुरका लोकेन्द्र राई, सचिवमा सहिदभूमि १ छत्रप्रसाद राई, सह–सचिवमा साँगुरीगढी गाउँपालिका धनकुटाका अजित राई र कोषाध्यक्षमा सहिदभूमि १ का चन्द्रकला राई सर्वसम्मत चयन भएका छन् । सहिदभूमि गाउँपालिकाको वडा नं। १ सिम्लेमा वयोवृद्ध गणेश

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]