समाज

    Showing ७,२८१-७,२९० of ११,२७९ items.
  • राजावादी समर्थन प्रदर्शनकारीले गरेको आगजनीमा परि सञ्चारकर्मी रजकको निधन

    काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको छ ।एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको छ । उनको शव नचिनिने अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीसँग झडपपछि प्रदर्शनकारीहरूले उक्त मार्बल हाउसमा आगजनी गरेका थिए ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ३४० पटक पढिएको
  • राजावादी प्रदर्शनमा घाइते भएका २९ वर्षीय महर्जनको मृत्यु

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गरेर तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी काठमाडौंको कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको हो । तीनकुनेमा कार्यक्रमको आयोजना गरेर बोलाइएका राजावादी समर्थकका साथमा ‘कमान्डर’ दुर्गा प्रसाईं निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोगका क्रममा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । राजावादीका तर्फबाट प्रहरीमाथि ढुंगामुढा भएको थियो । उनीहरूले निज

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ३६९ पटक पढिएको
  • राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते

    काठमाडौं । राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् । प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् । त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ४७५ पटक पढिएको
  • आकस्मिक मन्त्रिपरिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन्।राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएकाे  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशाेर शाहले बताए ।बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ३१५ पटक पढिएको
  • गृह मन्त्रालयमा आकस्मिक बैठक, प्रहरीलाई गोली चलाउनसम्म निर्देशन

    काठमाडौं । गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको हो । बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशालादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • १,१२५ पटक पढिएको
  • यत्रतत्र आगजनी र तोडफोड गर्दै राजावादी कार्यकर्ता ,यी तीन ठाउँमा कर्फ्यु आदेश जारी

    काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कति बजेदेखि कति बजेसम्म लाग्ने भन्ने जानकारी दिने बताइएको छ ।कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • २२३ पटक पढिएको
  • कुलमान घिसिङको रिटमा कारण देखाऊ आदेश

    काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज घिसिङको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि यही चैत १७ गतेका लागि बोलाएको छ । चार महिना कार्यकाल बाँकी रहँदा गएको सोमवारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्

    • प्रकाशित मितिः चैत १५, २०८१
    • १९० पटक पढिएको
  • शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको मन जित्दै

    इटहरी | पछिल्लो समय सहकारी संस्थाहरूप्रति विश्वास घट्दै गएको अवस्थामा, इटहरी–२० मा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको मन जित्दै उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उक्त सहकारीले २ करोड ३१ लाख ५१ हजार रुपैयाँ बढी नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८२.४५ प्रतिशत वृद्धि हो।विगतका केही वर्षहरूमा सहकारी क्षेत्रमा देखा परेका अनियमितता र अपचलनका घटनाहरूले बचतकर्ताहरूमा त्रास उत्पन्न गरेको छ। तर, शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले भने पारदर्शी व्यवस्थापन, प्रविधिमैत्री सेवा र उद्यमशीलतालाई प्राथमिकता दिँदै बचतकर्ताको विश्वा

    • प्रकाशित मितिः चैत १५, २०८१
    • ६६९ पटक पढिएको
  • गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू, तीनकुने–बानेश्वर सडकमा कडाइ

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू भएको छ । गणतन्त्रका पक्षमा समाजवादी मोर्चा नेपालको काठमाण्डौको प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूको नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएको छ । प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट र्‍याली र जुलुस निकालेका छन् । दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले विशेषगरी तीनकुने–बानेश्वर सडकमा कडाइ गरेको छ । यस्तै गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा गाडी चलाउन रोक लगाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एव

    • प्रकाशित मितिः चैत १५, २०८१
    • २८८ पटक पढिएको
  • ब्राह्मण समाज नेपालको सुनसरी अध्यक्षमा बासुदेव बराल सर्वसम्मत निर्वाचित

    इटहरी । ब्राह्मण समाज नेपालको सुनसरी अध्यक्षमा बासुदेव बराल सर्वसम्मत निर्वाचित भएका छन् । इटहरीको रिजाल्स भिजन पार्टी प्यालेसमा चैत्र १४ गते शुक्रवार सम्पन्न विशेष अधिवेशनबाट बराल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन । गत वर्ष २०८० चैत्रमा सम्पन्न भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका कमल काफ्ले जिम्मेवारी मुक्त भएपछि रिक्त रहेको अध्यक्ष पदको पदपूर्तिका लागी विशेष अधिवेशन आयोजना गरिएको सचिव कमल प्रसाद दाहालले जानकारी दिए । समितिको कार्यकाल ४ वर्षको हुने दाहालले जानकारी दिए । अध्यक्षमा निर्वाचित बराल सहितको २५ सदस्यीय जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । समितिको अन्य पदाधिका

    • प्रकाशित मितिः चैत १५, २०८१
    • २०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]